काठमाडौं । सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । छुटेका सबैलाई खोप लगाउन थाले जनाएको छ।

लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाउको छ । खोप नियमित आउन थालेकाले सबैलाई नियमित खोप लगाउन थालिएको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।
खोप केन्द्रमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्ममा लक्षित सबैलाई खोप लगाउने लक्ष्य लिएको उनको भनाइ छ ।
अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ भने सरकारले दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...