
नयाँ विकल्प,
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफलाई हराएको छ । शुक्रवार भएको दोस्रो खेलमा सातदोबाटोले एपीएफलाई चार–एक गोल अन्तरले हराएको हो ।
सातदोबाटोको जितमा मार्टीन्स कायोदी अजयीले ह्याट्रिक गरे । मार्टिन्सले खेलको ४२ औँ, पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
त्यस्तै सुशील राईले खेलको ५० औँ मिनेटमा गोल गरे । यसैबीच मार्टिन्स यो संस्करणको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
एपीएफका लागि खेलको ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गोल गरे ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...