
काठमाडौं । बुधबार देशभर २८० जनामा कोरोना संक्रमित देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणमा २८० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बुधबार थप ३०० जना संक्रमित निको भएका छन् । देशभर हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ८ लाख ७ हजार ८१६ रहेको छ ।
कोरोना संक्रमणबाट उपचाररत थप ६ जनाको निधन भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म ११ हजार ५६५ पुगेको मन्त्रालयको तथ्थाङकमा उल्लेख छ ।
त्यस्तै कोरोना संक्रमितको संख्या कुल ९ लाख २० हजार ८८९ जना पुगेको छ भने ५ हजार ६३५ सक्रिय संक्रमित छन् ।
हाल कोरोनाका विरामीमध्यबाट ९६५ जना क्वारेन्टाइनमा, ११२ जना आइसीयू र २५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...