
काठमाडौं । मंगलबार थप २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोरोना कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् ।
हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...