
काठमाडौं । नेपालमा कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गएको देखिएको छ ।
देशका विभिन्न स्वास्थ्य संस्थामा गरिएको १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २३९ जना निको भएका छन् भने कसैको मृत्यु भने भएको छैन ।
त्यस्तै मंगलबार ९ हजार ३ सय २१ जनाको परिक्षणमा ३९३ जना संक्रमित भएका थिए भने ३ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित को संख्या ५ हजार २२५ जना रहेका छन् । यस्तै ३ हजार ७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
यसअघि सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी हप्ता दिनको तथ्याकं हेर्ने हो भने नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिन्छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने बताएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...