उपत्यकाका करिब २ लाख ७० हजार बालबालिकालाई खाेप लगाइने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

उपत्यकाका करिब २ लाख ७० हजार बालबालिकालाई खाेप लगाइने

काठमाडौं । सरकारले उपत्यकाका तीन जिल्लाहरुमा १२ देखि १७ वर्ष उम्मेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले ५७ जिल्लामा मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेसंगै उपत्यकामा खोप अभियान सुरु भएको स्रोतले बताएको छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले आइतबार भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई मोर्डना खोप दिन सुरु गरिएको जानकारी दिएका थिए । भण्डारीले भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने बताए ।

त्यस्तै उपत्यको अर्को जिल्ला ललितपुरमा २७ पुस (मंगलबार)बाट बालबालिकालाई फाइजर खोप दिइने बताइएको छ भने काठमाडौंमा पनि मंगबार नै बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए ।

उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइने बताइएको छ । स्थानीय निकायहरुसंगको समन्वयमा उपत्यकाका करिव २ लाख ७० हजार बालबालिकालाई खोप दिइने बताइएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २५, १६: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष २५, १६: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ पुष २५, १६: १२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...