
काठमाडौ । सोमबार थप ६ हजार ७ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल १७ हजार ४ सय ६५ वटा नमुना परीक्षणका क्रममा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको हो ।
मन्त्रालयका अनुसार १४ हजार १४ जनाको पीसीआर र ३ हजार ४ सय ५१ जनाको एन्टीजेन विधिबाट परीक्षणको क्रममा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४७ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् भने थप तीन जनाको निधन भएको छ । सोमबार थपिएसंगै हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ५९ हजार ८४५ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २ हजार ४ सय ५५ जना पुगेको मन्त्रालयको तथ्याकंमा उल्लेख रहेको छ ।
त्यस्तै देशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ जना पुगेको छ भने मृतकको कुल संख्या ११ हजार ६ सय २३ रहेको छ ।
मन्त्रालयका अनुसार देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् । यस मध्यमा २९ हजार ७ सय ५ जना होम आईसोलेसनमा, १ हजार १ सय ७२ जना संस्थागत आईसोलेसनमा, १३९ जना आई.सी.युमा र २६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
उपत्यकामा कोरोनाको अवस्था
सोमबार थपिएका कूल संक्रमित मध्य काठमाडौं जिल्लामा २ हजार ९ सय ४३ जनामा कोरोना संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा २ सय १ जना, ललितपुरमा ७ सय ९५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
बालबालिकाहरुमा संक्रमण
पछिल्लो साताहरुमा बालबालिकाहरुमा पनि कोरोना संक्रमण वृद्धि भइरहेको छ । त्यस्तै १० वर्ष भन्दा कम उमेर समूहमा ८७ जनामा संक्रमण भएको छ भने ११–२० उमेर समूहमा ३७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याकं रहेको छ ।
यस्ताे छ मन्त्रालयकाे विवरण

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...