नेपालमा खोप कोल्ड चेन क्षमता विस्तारका लागि जापान र युनिसेफको हातेमालो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपालमा खोप कोल्ड चेन क्षमता विस्तारका लागि जापान र युनिसेफको हातेमालो

नयाँ विकल्प,

काठमाडौं – जापान सरकारले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपाललाई खोप कोल्ड चेनप्रणालीको सवलीकरणका लागि अनुदानसहायता उपलब्ध गराएको छ । जापान सरकारले कोरोना विरुद्धको खोप विस्तारकोलागि गत्त वर्षदेखि जनवरीसम्म ३० सम्म उपकरण नेपाललाई सहयोग गर्दै आएको थियो ।

जापान सरकारले कोरोनाविरुद्धको खोप विस्तारका लागि ९ वटा वाक इनकुलर्स, ३८ वटासोलार ड्रिभन भ्याक्सीनरेफ्रिजेरेटर, ११०९ वटालंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्डवक्सहरु सहयोग गरेको छ । यी उपकरणहरु गत वर्ष देखि नै देश भरी नै क्रमवद्धरुपमा आपूर्ति गर्दै आएको थियो । जनवरी ३० देखि सबै उपकरणहरु उपलब्ध गराउने कार्य सम्पन्न गरेको छ ।

यस्तै जापान सरकारले कोल्ड चेनकोमर्मत तथा नियमित खोपको प्रभावकारी व्यवस्थापनकोलागि आवश्यक मानवसंसाधन विकास गर्नमा पनि यस अनुदान सहायताले सहयोग पुर्याउदैँ आएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो हुनुका साथै कम खर्चमा स्थापित गर्न सकिने खालको भएको बताएका छन् ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले भने, “नेपालले हाल ओमीक्रोन भेरियन्ट सहितको कोभिड १९ को तेस्रो लहरको सामना गरिरहेको छ । जसले गर्दा नेपाल सरकारको लागि खोप अभियान सबै भन्दा प्राथमिकताको विषय बन्न पुगेको छ । खोप अभियानको समयमा खोपको उपयुक्त भण्डारण महत्वपूर्ण हुन्छ र यो सहायताको उद्देश्य भण्डारण र देश भरी खोपको वितरण को क्षमता उल्लेख्यमात्रामा वृद्धि गर्नु हो ।”
उनले नेपाललाई उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो, तुलनात्मक रुपमा छिटो र कम खर्चमा स्थापित गर्न सकिने खालको छ भने सौर्य उर्जाबाट सञ्चालित रेफ्रिजरेटररुले विद्यूतको आपूर्तिको अनियमितताबाट उत्पन्न समस्या समाधान गर्न उपयोगी हुने बताए । ”क्यारियर्स र बक्सहरु यातायातको सुविधा नभएका ठाउँमा खोप वितरणमा सहयोगी हुन्छन् । मलाई आशा छ यो सहायताले खोपको पर्खाइमा रहेका हरेक व्यक्तिसम्म खोप पुर्याउने कार्यलाई गति दिनेछ । र म साँच्चै आशा गर्दछु की कोभिड–१९ महामारीका चुनौतीहरू सामना गरिरहेका नेपाली जनताले छिटो भन्दा छिटो सामान्य र सुरक्षित जीवन जिउन पाउने छन् ,” राजदुत किकुताले भने,
यस्तै, युनिसेफले नेपाललाई सिरिञ्जहरु उपलब्ध गराएर, कोभिड १९ खोप विस्तार निर्देशिका विकास गर्न सहयोग समेत गरेको थियो ।कोभिड १९ विरुद्धका कार्यहरूलाई बल पु¥याउन जापानले हाल सम्म खोप, एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल र कोल्ड चेन उपकरणहरु उपलब्ध गराएको छ । यसका अतिरिक्त, हालै आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उत्थानशिलताको लागि नेपाल सरकारलाई दश विलियन जापानिज येन (करिव १०.४ अरब नेपाली रुपैया) सम्म उपलब्ध गराउने जापान सरकारले निर्णय गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ १७, २२: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ माघ १७, २२: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७८ माघ १७, २२: २५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...