
काठमाडौ । मंगलबार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयले पछिल्लोक्रममा नेपालमा कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको जानकारी दिएको छ । त्यस्तै गत २४ घण्टामा १ हजार ८३५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयकाअनुसार देशभर सक्रिय संक्रमित १९ हजार ४०० जना रहेका छन् ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...