
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब ६ हजार ८ सय १ पिसिआर परिक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टीजेन परिक्षणका क्रममा ३५ जना गरी ११२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही समयमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन् । यो संगै नेपालमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट कूल ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट थप ४ सय २९ निको भएसंगै नेपालमा हालसम्म ९ लाख ६० हजार ४ सय ९७ जना कोरोना संक्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।
हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...