स्वास्थ्य संस्था जादाँ अब पीसीआर परिक्षण गर्न नपर्नेः स्वास्थ्य मन्त्रालय – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

स्वास्थ्य संस्था जादाँ अब पीसीआर परिक्षण गर्न नपर्नेः स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोनाभाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाएका र कोभिड–१९ संक्रमणको लक्षण नदेखिएका व्यक्तिहरु स्वास्थ्य संस्था जादा अब पीसीआर परिक्षण गर्न नपर्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्थास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले यसअघि कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको र अहिले सबै जसोले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेको र कोभिड–१९ को लक्षण नदिएकाहरुले उपचारका लागि अस्पताल जादाँ पिसिआर परीक्षण गर्नु नपर्ने जानकारी दिए ।

यता, कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला मन्त्रालयले यसअघि उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान राखेको थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोेकेको छ ।

कोभिडको लक्षण नभएका खोप लगाएका व्यक्तिहरु अस्पतालमा उपचारको लागि जादाँ खोप कार्ड अनिवार्यरुपमा लिएर जानुपर्ने बताइएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७८ चैत्र ४, १४: ५६

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र ४, १४: ५६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र ४, १४: ५६

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...