८४ लाख डोज फाइजर खोप खरिद गर्ने सरकारको तयारी – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

८४ लाख डोज फाइजर खोप खरिद गर्ने सरकारको तयारी


नयाँ विकल्प,

काठमाडौं – सरकारले बालबालिकाका लागि ८४ लाख मात्रा खोप खरिद गर्ने भएको छ । ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूका लागि खोप खरिद गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयकाअनुसार यो समुहका बालबालिकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्नेछ ।

स्वास्थ्य मन्त्रालयले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएको छ । ८४ लाख मात्रा फाइजर खरिद गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । खोप आयत प्रक्रिया अगाडि बढिसकेको छ ।

शखाकाअनुसार साताभित्र कोरोना भाइरस विरुद्धको ४५ लाख मात्रा खोप आइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप ल्याइन लागेको हो । यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदै छ ।

सरकारले हालसम्म कोरोनाविरुद्धको खोप खरिद र अनुदान सहयोगमा विभिन्न कम्पनीका ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोभिसिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन लगायत खोप प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय: आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना
  • २०७८ चैत्र ८, २१: २९

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७८ चैत्र ८, २१: २९

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७८ चैत्र ८, २१: २९

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...