थप २५ जनामा काेराेना संक्रमण पुष्टि – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

थप २५ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सून्य रहेको छ भने कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या पनि निकै कम रहेको छ । गत २४ घण्टाको तथ्यांकअनुसार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर जम्मा ४ हजार ९५१ जनाको नमूना परिक्षण मध्ये ३ हजार ६ सय २३ जनाको पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय २८ जनाको एन्टीेजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

बुधबार जस्तै बिहीबार पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । सोही अवधिका थप ८९ जना भाइरस संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ३ सय ९४ रहेको छ । देशभर हाल १ हजार ८१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा करिब ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०७८ चैत्र १७, १६: ५०

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...

नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
  • २०७८ चैत्र १७, १६: ५०

काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...

गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०७८ चैत्र १७, १६: ५०

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...