
काठमाडौ । गत २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५९ जनाको नमूनामा २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ भने थप ८९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर रहेका ८४२ जना सक्रिय संक्रमित मध्ये ८०६ जना होम आइसोलेसनमा, ३६ जना संस्थागत आइसोलेसनमा, १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले बताएको छ । सोमबार थपिएसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार पुगेको भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
त्यस्तै हालसम्म ९ लाख ६५ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ धण्टाको अवधिमा थप ६० हजार ७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...
काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...