परराष्ट्र मन्त्री खड्काद्वारा बालमन्दिर माध्यामिक विद्यालय भवनकाे शिलान्यास – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

परराष्ट्र मन्त्री खड्काद्वारा बालमन्दिर माध्यामिक विद्यालय भवनकाे शिलान्यास

काठमाडौं । भारत सरकारको आर्थिक सहायतमा उदयपुर जिल्ला, गाईघाट, त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेका छन् ।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत रु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा उक्त विद्यालयको भवन निर्माण गर्न लागिएको हो ।

बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो भने नयाँ भवनको निर्माण कार्य सम्पन्न भइसकेपछि उक्त विद्यालयलाई नयाँ परिसरमा सारिने बताइएको छ । हाल यस विद्यालयमा करिब ११०० विद्यार्थीहरु अध्ययनरत छन् । जसमा करिब ७०५ छात्राहरु रहेको बताइएको छ ।

शिक्षा, स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको दूतावासले जनाएको छ भने उक्त कुरा यस शिलान्यास कार्यले पनि पष्टि गरेको छ ।

भारत सरकारले नेपालका सातैवटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सहयोग गर्दै आएको छ । सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

भारतीय दूतावासका अनुसार उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित प्रदेश १ मा मात्रै ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्यले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७८ चैत्र २२, १४: ०४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७८ चैत्र २२, १४: ०४

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७८ चैत्र २२, १४: ०४

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...