
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर करिब ५ हजार ५८७ नमुना परिक्षणमध्ये ३ हजार २७८ जनाको आरटि पीसीआर परिक्षणका क्रममा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परिक्षणका क्रममा ३ जनामा गरी कूल २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा थप ५१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ भने कोरोनाका कारण मृत्यु संख्या सुन्य रहेको छ । मंगलबार थपिएसंगै हालसम्म कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ५२८ जना पुगेको छ भने हालसम्म ११ हजार ९५१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या हालसम्म ९ लाख ६५ हजार ७६५ रहेको छ । अहिलेसम्म पीसीआर परिक्षणबाट संक्रमण पुष्टि हुनेको संख्या कूल ५५ लाख ६३ हजार ५६ रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ८१२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७७१ जना होम आईसोलेसनमा, ४१ जना संस्थागत आईसोलेसनमा, १५ जना आई.सी.युमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै गत २४ घण्टामा १० वर्ष मुनिको १ जनामा संक्रमण देखिएको छ भने क्रमशः २० भन्दा माथि २० जनामा कोरोना देखिएको हो । त्यस्तै गत २४ घण्टामा १७ हजार ७५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...
काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...