
नयाँ विकल्प,
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका छन् ।
बिहीवार काठमाडौं आइपुगेका डा। गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटेका हुन् । भेटवार्ताको क्रममा नेपालमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।
भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुशी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताए ।
भेटवार्ताको क्रममा उनले कोभिड– १९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...