
नयाँ विकल्प,
काठमाडौं– राष्ट्र संघका अनुसार यस वर्ष विश्वभर दादुराका घटनाहरू ८० प्रतिशतले बढेको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप बढ्न सक्ने सम्भावना तर्फ संकेत गर्दै राष्ट्र संघले चेतावनी समेत दिएको छ ।
कोरोना महामारीले विश्वभर कोभिड बाहेक अन्य रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध भएकाले यसले लाखौं बालबालिकाको ज्यान जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनको सार्वजनिक तथ्यांक अनुसार जनवरी र फेब्रुअरीमा विश्वभर १७ हजार ३ सय ३८ जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय ६५ जनामा यो रोग देखिएको थियो ।
पछिल्लो १२ महिना यता दादुराका २१ वटा ठूला प्रकोप देखिएको पनि बताइएको छ । जुन अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएको जनाइएको छ ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...
काठमाडौँ : सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ को कामकारबाही तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ...