चितवनमा मुटु र फोक्सो रोग विशेषज्ञ सम्मेलन – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

चितवनमा मुटु र फोक्सो रोग विशेषज्ञ सम्मेलन


नयाँ विकल्प,

चितवन, चितवनमा नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै विभिन्न नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ ।

सम्मेलनमा २६ वैज्ञानिक कार्यपत्र प्रस्तुतीकरण र छलफल हुने भएको छ । समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले नेपालमा एक सय हाराहारी विज्ञ चिकित्सक रहेको जनाउँदै अधिकतमको उपस्थितिमा यही शनिबार सम्मेलन हुने जानकारी दिनुभयो । उहाँले कार्यक्रममा मुटु शल्य चिकित्सक, फोक्सो रोग विशेषज्ञ, भास्कुलर सर्जन र फिजिसियनसमेत सहभागी हुने बताउनुभयो।

पहिलो पटक गर्न लागिएको सम्मेलनले मुटु रोगको उपचारमा प्रविधि भित्र्याउँदै नयाँ आयाम दिने र यसले आम नागरिकहरुमा सकारात्मक उर्जा दिने समाजका महासचिव डा शंकर लौडारीले बताउनुभयो । उहाँले अब नेपाली मुटु र फोक्सो उपचारका लागि विदेश जानु नपर्ने गरी विशेषज्ञ र प्रविधि आएको पनि बताउनुभयो ।

सम्बन्धित समाचार

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७९ बैशाख २१, ११: ३२

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७९ बैशाख २१, ११: ३२

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...

यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
यस्ता छन् बागमती प्रदेश सरकारका निर्णय
  • २०७९ बैशाख २१, ११: ३२

काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...