
नयाँ विकल्प,
काठमाडौं – सरकारले नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स)परीक्षा लिने भएको छ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा मिडवाइफका लागि दर्ता परीक्षा लिने भएको हो । लाइसेन्स परीक्षाका फारम आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम भर्न सकिन्छ ।
यस परीक्षामा सहभागी हुनका लागि न्युनतम पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने नेपाल नर्सिङ परिषद्ले जनाएको छ ।
त्यस्तै, मिडवाइफका लागि व्याचलर इन मिडवाईफ साइन्स (बीएमएस) पास गरेको हुनुपर्नेछ ।
यस्तै, परिषद्का अनुसार सो अवधीमा फारम भर्ना छुट भए १२ असार देखि १८ असारसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने परिषदले जनाएको छ ।
काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...