इन्टर्नसिप गर्न आएकी युवतीलाई यौन दुर्व्यवहार, स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत झा निलम्बित – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

इन्टर्नसिप गर्न आएकी युवतीलाई यौन दुर्व्यवहार, स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत झा निलम्बित

काठमाडौं । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

युवतीले आफूमाथि दुर्व्यवहार भएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो । यस बिषयमा छानबिन समिति गठन गरिएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ, यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’ २०७६ सालमा पनि झाले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेका थिए । त्यसबेला दुई महिना निलम्बन निलम्बन गरिएको थियो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ जेष्ठ १२, १४: २८

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ जेष्ठ १२, १४: २८

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७९ जेष्ठ १२, १४: २८

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...