बालबालिकालाई दिइने फाइजर खोपको प्रभावकारिता ९१ प्रतिशत – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

बालबालिकालाई दिइने फाइजर खोपको प्रभावकारिता ९१ प्रतिशत

नयाँ विकल्प,

काठमाडौं – पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ ।
स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धि अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए ।

सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्ष मुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ । उनले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिए ।

सत्ताइस जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ । यस्तै दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

पाँच वर्षदेखि १२ वर्षमूनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ । यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।

खोप केन्द्रमा कम्तिमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिने छ ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश–१ को झापा, इलाम, सुनसरी, मोरङ, मधेश प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलानचोक, काठमाडौँ, भक्तपुर, र ललितपुरका विद्यालयका बालबालिकालाई खोप लगाइनेछ ।

गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कन्चनपुर र डडेलधुरामा खोप लगाइनेछ ।

सम्बन्धित समाचार

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा वरिष्ठ नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा वरिष्ठ नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
  • २०७९ असार ३, २१: ०५

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री...

नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित
नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित
  • २०७९ असार ३, २१: ०५

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही...

एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७९ असार ३, २१: ०५

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...