
नयाँ विकल्प,
काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।
उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।...
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...
काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...