ललितपुरमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ललितपुरमा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित

नयाँ विकल्प,

काठमाडौं – ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित गरेको छ । सोमबार आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण सूचना जारी गर्दै २०७९ असार १४ गते देखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको महानगरले जानकारी दिएको हो ।

सरकारबाट खोपको सुनिश्चितता हुनासाथ सूचना प्रकाशित गरी कार्यकम यथाशिघ्र संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

यसबाट सम्बन्धित व्यक्तिहरुमा पर्न गएको असुविधा प्रति महानगरपालिका क्षमा मागेको छ । ललितपुर महानगरमा असार १० गतेदेखि असार १५ गते सम्म ५ वर्ष पुरा भई १२ वर्ष मुनिका बालवालिकाहरुलाई पहिलो मात्रा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार १४, १२: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार १४, १२: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार १४, १२: २८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...