
नयाँ विकल्प,
काठमाडौं – काठमाडौं उपत्यकाका १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट र नैकपमा हैजा देखिएको हो । उपत्यकामा हैजा फैलने प्रमुख कारण खानेपानी भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । काठमाडौं उपत्यकामा जार र बोतलको पानी शत प्रतिशत प्रशोधित शुद्ध ठानेर ढुक्कसँग पिउने गरिन्छ । तर एकाध कम्पनीद्वारा उत्पादन गरिएका जार र बोतलका पानी मात्र पिउन योग्य छन् । तीबाहेक धारामा आउने, ट्याङ्करमा ल्याइने, सिल्बन्दी गरेर बिक्री वितरणका लागि ल्याइका जार र बोतलका पानी ढुक्क भएर पिउने अवस्था नरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यद्यपि उपत्यकावासीले प्रशोधित र शुद्ध ठानेर पिउने पानी ८२ प्रतिशत प्रदूषित तथा हानिकारक रहेको अध्यानहरूले देखाएको छ ।
सरकारले जनताको स्वास्थ्यसँग प्रत्यक्षसम्बन्ध राख्ने पिउने पानीको नियमित गुणस्तर परीक्षण तथा अनुगमन नगरेकाले ठाउँठाउँमा हैजाजन्य सङ्क्रामक रोग फैलिएको उपभोक्ताहरू बताउँछन् ।
उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...