सिंहदरबारको मुख ताक्दैनौं, आठबीसमै गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौंः प्रमुख तिमिल्सेना – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सिंहदरबारको मुख ताक्दैनौं, आठबीसमै गुणस्तरीय स्वास्थ्य सेवा दिन्छौंः प्रमुख तिमिल्सेना

राकम । जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई मध्यनजर गरी आठबीस नगरपालिकाले स्वास्थ्य सेवा दिइरहेको नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताएका छन् ।

सहरी स्वास्थ्य केन्द्र स्थापना गरी जनताको घर दैलोमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै भौगोलिक विकटतालाई हेरेर सेवा विस्तार गरेको बताए ।

३३ हजार २०२ जना जनसंख्यालाई हेरेर विशषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्ने उदेश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संग सम्झौता गरी सेवा विस्तार गरेको बताए । नगरमा ७५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको भन्दै नगरमा कति जनशक्तिको आवाश्यक्ता पर्छ त्यही अनुसार आवश्यक जनशक्तिको लेखाजोखा गरेर नगरले परिपूर्ती गर्ने धारणा व्यक्त गरे ।

गुणस्तरीय स्वास्थ्य सेवालाई मध्यनजर गरी राकम कर्णालीमा आधारभूत नगर अस्पतालको स्थापना गरिएको भन्दै उनले जटिल खालका गर्भवतीको लागि यसै अस्पतालमा शल्यक्रिया सेवा सञ्चालनमा ल्याइने बताए । रेडक्रससंगको सहकार्यमा ब्लड बैंक समेत स्थापना गरेर विरामीलाई सहज सेवा दिने बताए ।

स्वास्थ्य क्षेत्रको विकासका लागि सरोकारवालासंग थप सेवा विस्तारको पहल भइरहेको र चौविसै घण्टा इमरजेन्सी सेवा सञ्चालन भएको जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ असार २४, १४: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ असार २४, १४: ५१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ असार २४, १४: ५१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...