काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार एक हजार ७६१ जनाको कोरोना परीक्षण गर्दा २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमध्ये १३ सय पीसीआर परीक्षण गर्दा २० र ४६१ एन्टीजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमण मुक्त भएका छन् भने मृत्यु दर शून्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ५७० सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ४६१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले बताएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...