काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
अनुसार एक हजार ७८६ कोरोना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
७२५ पीसीआर परीक्षण गर्दा ४५ जना र एक हजार ६१ एन्टीजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा २१ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, हाल मुलुकमा ६२२ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा ७३ हजार ८८० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान...