
नयाँ विकल्प ,
काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ ।
सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा रुप फेरिरहेको यो भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।
सो भेरियन्ट हाल देशका विभिन्न ठाउँमा फैलिएको र कोरोना संक्रमण बढेको मन्त्रालयको भनाइ छ । दिपावली, छठजस्ता पर्वमा संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका...