डा. शेखर कोइराला, नेता, नेपाली काँग्रेस
संविधान लागु गर्नेदेखि लिएर स्थानीय र संघीय निर्वाचन समेत सम्पन्न गरेको नेपाली कांग्रेस अहिले आफैँ नराम्ररी पछि परेको छ । पार्टी नेतृत्वको असक्षमताका कारण पार्टीले नराम्रो पराजय भोग्नुपरेको आरोप पार्टीभित्रैबाट सभापति शेरबहादुर देउवामाथि लागेको छ भने “अर्ली महाधिवेशन” बोलाउनुपर्ने आवाजदेखि संसदीय दलको नेता युवा पुस्ता हुनुपर्ने लगायतसम्मका आवाज व्यापक रुपमा उठ्न थालेको छ ।
पार्टीलाई बलियो र सक्षम बनाउन संगठन बलियो हुनुपर्ने एक पक्षको अडान छ । यिनै विषयमा काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अशंः
भर्खरै सम्पन्न चुनावहरुको नतिजा हेर्दा नेपालको इतिहासमा नै काँग्रेस सबैभन्दा कमजोर देखियो नि, के भन्नुहुन्छ ?
केही हदसम्म म मान्छु । पक्कै पनि नेपाली काँग्रेस अहिले एकदमै कमजोर अवस्थामा देखिन्छ । स्थानीय तहमा पनि ७५३ मा ५०० सय भन्दा बढी हामी छैनौं । प्रदेशमा पनि हामी छैनौं, केन्द्रमा पनि हामी छैनौं । तर कुरा के छ भने हामीहरुले तीनवटा निर्वाचन सफलता पूर्वक सम्पन्न गरेका छौं । संघीयता र गणतन्त्रको निम्ति नेपाली काँग्रेस लडेको छ ।
हामीलाई जनताले नरुचाएको होइन, हाम्रो नेतृत्व संगठनात्मक रुपमा बलियो हुन नसकेको हो । नेपाली काँग्रेसको संगठन कमजोर भएको अवस्था छ । नेपाली काँग्रेस यति कहिले कमजोर कहिले पनि भएको थिएन । वास्तवमा यो कुरा सहि हो र त्यसलाई हामी सुधारेर लगेनौं भने हामी अप्ठ्यारोमा पर्नेछौं ।
सुधारको लागि नेतृत्वले के गर्दै छ त ?
सुधारको आवश्यकता पक्कै छ । तर सुधार्नको लागि नेतृत्वले के सोच्नु भएको छ, कसरी सोचिरहनु भएको छ त्यो चाँही थाहा छैन । हामीसँग सरसल्लाह हुँदैन । केन्द्रीय समितिमा मात्रै हुने गरेको छ । केन्द्रीय समितिको बैठक छिट्टै बस्दैछ । त्यो बैठक संसदीय दलको विधान पास गर्नको लागि हो जस्तो लाग्छ मलाई तर विडम्बना के छ भने अहिलेसम्म सभापतिले कार्य सम्पादन समितिबाट पार्टी चलाइरहनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिले गर्ने अधिकार कार्य सम्पादन समितिले गरिरहेको छ ।
केन्द्रीय समितिमा नै एउटा कुरा के उठ्यो भने पार्लियामेन्ट बोर्ड र कार्य सम्पादन दुईवटै अवैधानिक छ भनिसकेपछि नेतृत्वले फेरि पनि दुई चोटी कार्य सम्पादनको बैठक बसाल्न खोज्नुभयो । नेताहरुले त्यसलाई अस्वीकार गरेको देखिन्छ । त्यसकारण केन्द्रीय समिति बैठक बस्नै पर्ने आवश्यकता भएको छ ।
त्यसो भए केन्द्रीय समितिको बैठकले मात्र काँग्रेस बलियो हुन्छ ?
होइन हुँदैन । त्यसैले त म भन्दै छु त नेतृत्वहरुले के बुझ्नु भएको छैन भने नेपाली जनताले हामीलाई भोट दिएका छन् । अझ पनि माया गरीराखेका छन् । तर हाम्रो क्रियाकलापले गर्दा हामी पराजीत भएका हांै । सभापतिज्यूको एउटा सभामा कसरी र किन भन्नुभयो, कसको आडमा लागेर भन्नुभयो कि ‘व्यक्ति हारेको हो, पार्टी हारेको होइन’ भनेर, त्यस्तो सभापतिको नेतृत्वबाट हाक्न सकिन्न । संगठन कमजोर भएको पार्टीले कसरी जित्छ ? जतिसुकै व्यक्ति राम्रो भएपनि संगठन कमजोर भए पार्टीले हार्छनै ।
व्यक्ति हारेको छ पार्टी हारेको छैन भन्ने कुरा उहाँले बोल्न हुँदैनथ्यो । उहाँले व्यक्ति हारेको छैन पार्टी हारेको छ भन्ने कुरा स्वीकार्न प¥र्यो, मेरो नेतृत्वमा नेपाली काँग्रेस कमजोर भएको छ भन्ने कुरा स्वीकार्नु पर्छ । हामी हारेका छौ भन्ने कुरा स्वीकारेर अगाडी बढ्नुभयो भने ठिक ठाउँमा पुग्नु हुन्छ, हैन भने हामीले जुन कुराहरु उठाइरहेका छौं छिटो भन्दा छिटो आमुल विधानमा संशोधन गरेर अर्ली अधिवेशनमा जाउँ । तर सभापतिज्यू पदाधिकारीहरु थपिदिने केही केन्द्रीय समितिहरु थप्ने तथा विभागहरु थपेर टालटुले नीति गरेर जान खोजीरहनु भएको छ । त्यसले नेपाली काँग्रेसलाई झन कमजोर बनाउँछ ।
एउटा कुरा सभापतिले पनि सुन्नुप¥यो, महासमितिले जुन निर्णय गर्छ, यो अब्बल हुने महाअधिवेशनले त्यसलाई इन्डोर्स गरेपछि मात्र हुन्छ । त्यसै हुँदैन, उहाँहरुले जथाभावी गर्न पाउनुहुन्न नेपाली काँग्रेस उहाँहरुको पेवा होइन ।
आफु शक्तिशाली बन्नको लागि सभापतिले मनपरी गर्न पाउनुहुन्न भन्न खोज्नु भएको हो ?
सभापतिज्यू अहिले पनि शक्तिशाली हुनुहुन्छ । व्यक्ति शक्तिशाली हो । उहाँका हृदयगृत शक्तिशाली भए । ने.वि संघ शक्तिशाली भयो उहाँकै छ । तरुण दल उहाँको नै छ, महिला संघ पनि उहाँको नै छ, दलित संघ उहाँको नै छ ।
सबै संघ संस्थाहरु उहाँको नै छ तर पार्टी त कमजोर रैछ नि त । तर त्यसप्रति त्यति उहाँलाई चिन्ता छैन, उहाँ आफु बनेर के गर्नुहुन्छ, पार्टी नै नबनेपछि ? पार्टी जबसम्म बलियो हुँदैन हामी जनतामा जान सक्दैनौं । जबसम्म संगठन हाम्रो मजबुत गर्दैनौं तबसम्म हामी अगाडी बढ्न सक्दैनौं ।
२०६४ सालमा नेपाली काँग्रेस हारेपछि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी नेतृत्व नछोड्नु भएकोले अहिले पनि शेरबहादुरले छोड्नु पर्दैन भन्ने पनि छन् नि ?
सभापति छोड्न कसले भनेको छ उहाँलाई ? मैले त भनेको छैन तर छिटो भन्दा छिटो महासमितिबैठक बसेर “अर्ली अधिवेशन” गरेर जित्नुहोस् न ।देखाइदिनुस् जितेर कसरी जित्नु हुँदो रहेछ हामी पनि हेर्छौ ।
अर्ली महाधिवेशन गराउनुपर्छ भन्ने भनाई हो तपाईको ?
हो, “अर्ली अधिवेशन” एकदमै महत्वपूर्ण छ र त्यो जरुरी पनि छ । किनभने नेपाली काँग्रेसको विधान एकात्मक राज्यमा छ । संघीयतात्मक राज्यमा गइसक्यो । उहाँहरुले के गर्न खोजीरहनु भएको छ भने अहिलेकै सिस्टम पूर्ण बनाइदिन खोजीरहनु भएको छ । १३औं महाअधिवेशन देखि त्यो चलिरहेको छ । अब त हामी दिँदै दिँदैनौं यो गर्नलाई । एक इन्च पनि बढ्न दिँदैनौं उहाँहरुलाई । कार्यसम्पादन बसाउन नसक्ने सभापति ज्यूले उहाँहरुले भनेको कुरा हामी किन स्वीकार्ने ?
पदको लागि सँधै सम्झौता गर्ने नेताहरु नि छन् नि काँग्रेसमा होइन ?
छन् त देखिसक्नु भयो त प्रवक्ता नै जानुभयो । त्यसमा मलाई चिन्ता छैन तर जो जादैनन् उनीहरु लडेर बस्छन्, उठेर बस्छन् र नेपाली काँग्रेस काठमाडौंमा बस्ने हामी जस्ता मात्रै होइनन्, गाउँ गाउँका कार्यकर्ताहरुले नेपाली काँग्रेसलाई हामी भन्दा धेरै चिनेका छन् । नेतृत्व परिवर्तन भनेको के हो भने महासमितिको बैठक हुनुप¥यो । महासमितिले व्यापक विधान संशोधन गर्नुप¥यो र अर्ली अधिवेशन गरेर जो आउनु हुन्छ त्यसलाई स्वीकार्नु प¥यो । त्यो भन्न खोजेको हो मैले ।
अब १४औं महाअधिवेशनको लागि तपाईहरु तयार हुनुभएको हो ?
म मात्रै होइन धेरै तयार होलान् । शेरबहादुरज्यूमा के चाँही सक्षमता छ र उहाँलाई सभापति मानिराख्नु पर्ने । उहाँपनि चार चोटी हारेर जित्नु भएको हो । गिरिजाप्रसाद कोइरालासँग १०औं होकी ११ आंै अधिवेशन देखि लडिरहनु भएको हो । उहाँले संसदीय दलमा एक चोटी त जित्नुभयो नि । सभापतिमा एक चोटी त जित्नुभयो । गिरिजाप्रसाद कोइरालाज्यूसँग २÷३ चोटी हार्नुभयो ।
सुशील कोइरालासँग हार्नुभयो । एकचोटी मात्रै जित्नु भएको त होनी । अहिले संसदीय दलको नेताको लागि उहाँ कोसिस गर्दै हुनुहुन्छ भन्ने सुने । म त छैन संसदीय दलमा तर २०५१ सालको सम्झिनु प¥यो उहाँले । २०५१ सालमा जब नेपाली काँग्रेस पराजय भयो एमालेसित, दोस्रो पार्टी बन्यो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले पार्टी हारेर के भयो । संसदीय दलको नेता म आँफै बन्छु त भन्नु भएन । २०५१ सालमा शेरबहादुर ज्यूलाई कसले नेता बनायो ? बिर्सिने ? त्यतिसम्मको त ज्ञान छैन्, उहाँलाई अनि बी.पी को अनुयायी भन्न सुहाउँछ उहाँलाई ?
त्यसोभए संसदीय दलको नेतामा अब शेरबहादुर देउवालाई तपाईहरुले स्वीकार्नु हुन्न ?
होइन म त संसदमा नै छैन । अब समानुपातिक उहाँले भएभरका आफ्नै गुटका मान्छेलाई हाल्नु भएको छ । शेरबहादुर देउवाज्यू नै बलियो हुनुहुन्छ तर पनि लड्नुपर्छ, भिड्नुपर्छ । कोही न कोही आउनुपर्छ लड्नलाई तयार हुनुपर्छ । हामी त छैनौं तर कोही न कोही अगाडी आउनुपर्छ, च्यालेन्ज गर्नुपर्छ ।
सभापतिलाई च्यालेन्ज गर्ने नेता हुनुहुन्छ काँग्रेसमा ?
सुशिल कोइरालाले च्यालेन्ज गर्नुभएको होइन । शेरबहादुर देउवाज्यूलाई रामचन्द्रज्यूले च्यालेन्ज गरेको होइन हराएको होइन संसदीय दलमा ? कति चाडै बिर्सनु हुन्छ ? शेरबहादुरज्यूको पावर भनेको समानुपातिकमा उहाँले ६० प्रतिशत आफ्नो गुटका मानिसहरुलाई हाल्नुभयो । त्यही न हो पावर भनेको, त्यतिकै हुन्छ, उहाँले सोच्नु पर्दैन ? नेपाली कांगे्रसलाई उहाँले समाप्त पार्न खोज्ने, उहाँले अहिले संसदीय दलको नेतामा नउठे के पहाड फुट्छ उहाँको निम्ति ?
संसदीय दलको नेतामा उहाँले उम्मेदवारी दिनुहुन्छ ?
होइन, एकदम गिरिजाप्रसाद कोइरालाले पनि दिनुभएको थिएन र अब शेरबहादुर देउवाले पनि दिनुहुँदैन भन्ने पक्षमा हामी छौं ।
को हुन्छ त संसदीय दलको नेता त्यसो भए ?
जोसुकै बन्नुहोस् । जो संसदमा हुनुहुन्छ उहाँहरु लड्नु हुन्छ, जित्नुहुन्छ । तर शेरबहादुर देउवाज्यू लड्नु हुँदैन । शशांक कोइरालाले भन्नुभएको छ की म सर्वसम्मतको भए मात्रै हुन्छु भनेर । अब त्यो त पहल उहाँले गर्नुप¥यो तर सर्वसम्मतीको होइन लड्नुप¥यो । प्रकाशज्यू लड्छु भनेर आइरहनु भएको छ । हामी त हैनौं भोट दिने तर शेरबहादुरज्यूले सोच्नुप¥यो । २०५१ साल सम्झिनु प¥यो । नेपाली काँग्रेसको निम्ति पनि उहाँले सोच्नु प¥यो । नेपाली काँग्रेसलाई वास्ता गर्दिन म आफु बलियो हुन्छु भनेर आफ्ना नजिकियाहरु बलियो हुन्छन् भनेर सोच्नुहुन्छ भने चाँही नेपाली काँग्रेस कमजोर हुन्छ ।
तर उहाँको टिमले त उहाँ नै फरी दलको नेता हुनुपर्छ भनेको छ नि ?
भन्छन् त सन्नु न त । त्यो टिमका सबै कमजोर हुनुहुन्छ । तर शेरबहादुर देउवाज्यू बलियो हुनुहुन्छ । अनि शेरबहादुरज्यूको आड लिएर चल्न खोज्नुहुन्छ, उहाँहरु । शेरबहादुरज्यूले बी.पीको अनुयायी भएर राजनीति सुुरु गर्नुभएको हो । अगाडि आउनु भएको होनी त । विद्यार्थीकाल देखि राजनीति सुरु गर्नु भएको हो । नेपाली काँग्रेसको अवस्था अघि तपाईले भन्नुभयो यति कमजोर कहिल्यै भएको थिएन र दुर्भाग्यवस शेरबहादुरज्यूकै पालमा कमजोरी देखियो किनभने उहाँको संगठन कमजोर भएर हो । त्यसकारण उहाँले संसदीय दलको नेतामा उठ्न हुँदैन भन्ने मान्यता हो ।
उहाँले महासमितिमा विधान संशोधन गर्ने प्रस्ताव ल्याउनुभयो भने चाँही असफल हुनु हुन्न ?
होइन होइन, तपाईले बुझ्नु भएन । विधान संशोधन त कमिटीले गर्छ, छलफल हुन्छ । उहाँले राम्रै कुरा ल्याउनु भएको छ नि । उपसभापति थप्ने भन्नुभएको छ । तर मैले यही केन्द्रीय समितिमा थप्ने भनेको तर त्यतिबेला नै गर्नुपर्छ भनेको थिएँ । जुन अहिलेसम्म हुन सकेको छैन र अब त्यो हुन पनि सक्दैन ।
शेरबहादुर देउवा सभापति र आफू वरिष्ठ उपसभापति भएर अघि बढ्ने भन्नुभएको छ नि गोपालमानज्यूले, के भन्नुहुन्छ ?
गोपालमानज्यू वास्तवमै सिनियर हो, वरिष्ठ हो । शेरबहादुरज्यू जेल पर्दाखेरी गोपालमानज्यू कार्यबाहक सभापति पनि हुनुहुन्थ्यो । प्रजातान्त्रिक काँग्रेसको त्यो पनि थाहा छ मलाई, तर म के भन्दै छु भने उहाँले अब थप्नुभयो भने शेरबहादुरज्यू झन् कमजोर हुनुहुन्छ र नेपाली काँग्रेस झन कमजोर हुन्छ । व्यक्तिगत रुपमा बलियो भएर भएन के नेपाली काँग्रेस बलियो हुनुप¥यो भन्ने मेरो कुरा हो ।
पदको लागि जे पनि गर्न तयार हुने नेताहरु नि छन् नि होइन र ?
त्यो त देखिसकियो नि युवाहरुमा देखिएन, र जित्नुभयो भने जानुहोला युवाहरु तर नेपाली काँग्रेसलाई त्यसले कमजोर बनाउँछ भन्ने कुरा उहाँहरुले नि बुझ्नुप¥यो ? केन्द्रीय समितिको बैठकको एजेण्डा त उहाँहरुले पेशनै गर्नुभएको छैन । मलाई लाग्छ एउटा त संसदीय दलको विधान संशोधन गर्ने होला । त्यसपछि अरु एजेण्डाहरु हुन्छन् । त्यसमा के–के हुनुपर्ने हो त्यो हामीले ल्याउँछौं । तर त्यसरी उहाँहरुलाई चुप लागेर बस्न दिने अवस्था छैन्, अब । किनभने नेपाली काँग्रेस उहाँहरुले मात्र बनाएको होइन । गाउँका धेरै साथीहरु, जिल्लामा बस्ने साथीहरु जसले दुःख गर्नुभएको छ, जो रोइरहनु भएको छ ।
नेपाली काँग्रेस कमजोर भयो भनेर उहाँहरुले नेपाली काँग्रेसलाई बचाएको हो । माओवादीको कार्यकालमा झण्डालाई सिरानीमुनी राखेर बसेका मानिसहरुले बचाउनु भएको छ नेपाली काँग्रेसलाई हामीहरुले बचाएका होइनौं । त्यस्ता कार्यकर्ताहरुको सम्मान गरिनु पर्दछ । आफू मात्रै फपाइदा बटुल्ने पार्टी र कार्यकर्ताको वास्ता नगर्ने नेता भएर के काम ?
राष्ट्रपतिको निर्वाचन हुँदैछ, काँग्रेसले उम्मेदवारी दिन्छ त ?
दिनैपर्छ, हार्ने र जित्ने कुरा भएन नी हामीलाई थाहा छ हारीन्छ भनेर । तर हार्ने र जित्ने कुरा हुँदैन । हामीले दिनैपर्छ उम्मेदवारी, पार्लियामेन्ट्री सिस्टमको संवैधानिक राष्ट्रपतिको चुनावमा हामीले हारिन्छ भनेर उम्मेघवारी नै नदिने भन्ने हुँदै हुँदैन नि ।
Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.
El panorama de los casinos en línea está lleno de opciones, pero de vez en cuando surge una marca que...
Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...