सञ्जिव विक्रम राणा –कार्यकारी निर्देशक, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड
मेलम्ची खानेपानी आयोजनाको ‘ब्रेक थ्रु’ भएको छ । पानी काठमाडौं आइसकेपछिको व्यवस्थापन कसरी हुन्छ ?
मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा कुरा गर्नुपर्दा काठमाडौं खानेपानी लिमिटेड अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाभित्र वितरणका कामहरु गर्छ । जसअन्तर्गत ठूला ठूला पाइपलाइनका कामहरु हुँदा जसले नयाँ र पुराना रिजर्भवायरलाई जोड्ने काम गर्छ ।
वितरण सञ्जालले सुधारको काम गरिरहेको छ । अहिले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । मेलम्चीको पानी सुन्दरीजलमा आएर प्रशोधन भइसकेपछि वितरण प्रणालीबाट नयाँ र पुरानो दुर्व रिजभ्र्वायरमा जान्छ । त्यो रिजभ्र्वायरहरुबाट खानेपानी वितरण सञ्चालन हुने व्यवस्था हामीले मिलाएका छौं ।
नयाँ वितरण प्रणाली विच्छाइएका ठाउँमा पानी कसरी वितरण हुन्छ ?
नयाँ वितरण प्रणालीमा चाहीँ केही काम बाँकी रहेको हुँदा पानी आउनासाथ पुरानो सञ्जालबाट पानी जान्छ । यो अर्थमा एकैपटक पुरानो प्रणाली र नयाँ प्रणाली चलाउनुपर्ने बाध्यता चाहीँ हामीलाई छ ।
खोनपानी बोर्ड १३ वर्षमा प्रवेश गरेको अवसरमा वितरणलाई आधुनिक बनाउन र अन्य सुधारका कामहरु के के भएका छन् ?
सुन्दरीजलमा जुन पानी प्रशोधन केन्द्र बन्छ, त्यहाँ एउटै कोठामा बसेर हामीले सबै ट्रिटमेन्ट प्लान्टलाई अपडेट गर्न सक्छौं । वितरण प्रणाली पनि आधुनिक प्रकारकै हुन्छ । सम्पन्न भइसकेको त छैन, तर कामहरु अघि बढिसकेको छ । जसले गर्दा हामीले ठुला ठुला भल्वहरुदेखि एउटै कोठामा बसेर सञ्चालन गर्न सक्ने त्यस्तो किसिमको प्रविधि भित्राउँदै छौं । त्यही अनुरुप काम अघि बढिरहेको छ ।
तपाईंको आगमनपछि बोर्डमा भएका उपलब्धीहरु के के हुन त ?
सबभन्दा पहिला भूमिगत जलस्रोतको दोहन अत्याधिक भएका बेला हामीले त्यसलाई नियमन गर्ने हिसाबले कानुनी दायरामा ल्याउने कामहरु गरिरहेका छौं । अझै पनि कतिपयले अनुमति नलिइकन पनि चलाइरहकोे अवस्था छ ।
उहाँहरुलाई पनि तत्काल बोर्डमा सम्पर्क गर्न आउन आग्रह गर्दछु । हाम्रो अनुगमन तिव्र रुपमा अघि बढ्दैछ । अनुमति नलिइकन काम गरिरहेकाहरुलाई असार मसान्तभित्र कारवाहीको दायरामा ल्याउँछौं । ट्यांकर सेवाको कुरा गर्दा हामीले वर्गीकरण गरेअनुसारको ५ सय ८ वटा अनुमति प्राप्त ट्यांकरहरु सञ्चालनमा छन् । ट्यांकर सेवासँग सम्बन्धित एप पनि छ । जसबाट कुन ट्यांकरले कस्तो पानी बोक्छ, त्यसका विवरणहरु राखेका छौं । त्यसले गर्दा आम उपभोक्तालाई सजिलो हुन्छ ।
मेलम्ची आइसकेपछि यो घट्दै जान्छ । अर्को कुरा मेलम्ची आइसकेपछि त्यसको उपयोग गर्दा मुल्य महंगो हुन गएमा भुमिगत पानीको दोहन अझै रहनसक्छ । यद्यपी, केही मात्रामा भएपनि कम हुन्छ ।
काठमाडौं जुन भूमिगत पानीको प्रयोग भइरहेको छ । यसरी पानी झिक्नु कतिको उपयुक्त हो जस्तो लाग्छ ?
भूमिगत पानीको जुन उपयोग छ,त्यो वास्तवमा हाम्रो बाध्यता हो ।किनभने हामीले पानी दिन नसकेपछि पानीको समस्या समाधान गर्नका लागि वैकल्पिक उपायका रुपमा उपयोग गरिएको हो । मेलम्ची आइसकेपछि यो घट्दै जान्छ । अर्को कुरा मेलम्ची आइसकेपछि त्यसको उपयोग गर्दा मुल्य महंगो हुन गएमा भुमिगत पानीको दोहन अझै रहनसक्छ ।
यद्यपी, केही मात्रामा भएपनि कम हुन्छ । भुमिगत पानी दोहनलाई हामीले २ तरिकाबाट हेर्नुपर्छ । डीपवेलको दोहन हामीकहाँ खासै भइसकेको छैन । स्यालोमवेलको विशेषता चाहीँ छिट्टै सुक्छ र चाँडै रिचार्ज पनि हुन्छ । काठमाडौंको भूमिगत पानीका बारेमा अहिले अध्ययन भइरहेको छ । त्यसबाट के आउँछ, त्यसैलाई आधार मानेर अघि बढ्नुपर्छ ।
हाम्रो पत्रिका मार्फत भन्न चाहनुहुन्छ ?
यहाँको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत म के भन्न चाहन्छु भने अहिलेसम्म हामीले पानीको समस्याले गर्दा धेरै दुख भोग्यौं । मेलम्ची आउने समय नजिकिँदै छ । सुरुङ ‘बेक थु्र’ भइसकेको छ । योजना सम्पन्न हुने अवस्थामा छ । याङ्ग्री र लार्के पनि ४ वर्ष्भित्रै सक्ने लक्ष्य राखिएको छ । सन् ०२१÷२२ सम्ममा काठमाडौं उपत्यकाभित्र २४ घण्टै पानी सप्लाई गर्न सकिने स्थिती रहन्छ । क्रमश हाम्रा दुखका दिनहरु ह्ट्दै जानेछन् ।
Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.
El panorama de los casinos en línea está lleno de opciones, pero de vez en cuando surge una marca que...
Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...