रघुविर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री
सार्वजनिक यातायातको सिन्डिकेट पूर्ण रुपमा खारेज भएको हो ?
सार्वजनिक यातायातको सिन्डिकेट अहिले होइन पहिलनै भइसकेको थियो । त्यसैले वर्तमान अवस्थामा नेपालमा कतै पनि सिन्डिकेट नभएको जानकारी गराउँछु ।
उसोभए सिन्डिकेट खोरेज ग¥यौ भनेर किन फलाक्दै हिँड्नुभयो त ?
अहिले नेपाल सरकारकाले सिन्डिकेट खारेज गरेको हो । पहिले थियो । आजको दिनमा हामीले सिन्डिकेट प्रणाली खारेज गरिसकेको प्रस्ट भएको छ । कुरा के हो भने उहाँहरुले जिल्ला प्रसाशन कार्यालयमा सिन्डिकेट सम्बन्धी दर्ता गर्नुभएको समितिहरुको नवीकरण नगर्ने र उहाँहरुको सजिलोको लागि कम्पनी ऐन अन्तर्गत व्यवसाय दर्ता गर्न असार मसान्तसम्म सरकारले समय दिएको हो ।
किनकी कम्पनी ऐन अन्तर्गत दर्ता गर्नका लागि समय चाहिने हुँदा त्यति समय राखिएको हो । त्यसैले जिल्ला प्रशासन कार्यालय अन्तर्गत दर्ता भएका त्यस्ता समितिहरु नवीकरण नहुने जानकारी यस नयाँ विकल्प साप्ताहिक मार्फत बताउन चाहन्छु ।
सरकार सिन्डिकेट खारेज भयो भनेर भनिरहँदा यातायात व्यवसायीले त मानेनन नी के गर्नुहुन्छ ?
अब यातायात सम्बन्धी सिन्डिकेट कहीकतै पनि रहन सक्दैन । यदी तपाईलाई यो रुटमा सिन्डिकेट छ जस्तो लाग्यो भने त्यो जानरकारी हामीलाई दिँदा हुन्छ । कतै छ भने पत्ता लगाएर ल्याउनुहोस् हामी त्यसलाई कार्वाही गर्दछौं । मैले बुझेअनुसार यातायता व्यवस्था विभागले मन्त्रालयको परिपत्रअनुसार सबै खाले सिन्डिकेट खारेज गरेको छ मलाई लाग्छ, वर्तमान अवस्थामा सिन्डिकेट अब रहँदैन र रहनेवाला पनि छैन ।
सम्बन्धीत यातायात व्यवसायीसँग छलफल नगरी निरंकुश शैलीमा सिन्डिकेट खारेज गर्नुभयो भन्ने आरोप छ नि ?
उहाँहरुसँग सरसल्लाह कुन चिजका लागि गर्ने ? जुन चिजमा लेनदेनको कुराहरु हुन्छन् । नेपालको ऐन र कानुनको निर्देशिका अनुसार भएको हुनाले निर्देशिका अनुसार चल्नु र यातायात व्यवस्था विभाग र त्यस अन्तर्गतका कार्यालयहरुको जिम्मेवारी हो । त्यही निर्देशिकालाई मन्त्रालयले कार्यान्वयन गर भनेर भन्देको अवस्था हो । त्यसैले कानुनको निर्देशिका लागु हुँदा आलोपालो अन्तर्गत सिन्डिकेट प्रथाको खारेज भएको हो । त्यसैले लगानी गर्ने व्यक्ति नडुबुन र लगानी नडुबोस भन्नका लागि बस मालिकहरुलाई कम्पनी अन्तर्गत दर्ता गरी चलाउनुहोस भन्ने सरकारको कुरा हो ।
त्यसरी चलाउँदा एकातिर यातायातको व्यवस्थापन हुने र अर्कोतिर रोजगारी सिर्जना हुने हुँदा सरकारले व्यवस्थित मात्र गर्न खोजेको हो । त्यसरी ऐन अन्तर्गत दर्ता भएको कम्पनीले रोजगारी पनि व्यवस्थित तरिकाले दिनुपर्छ र रोजगार दाताले पनि आफ्नो भविष्य सुनिश्चित गर्न सक्छ । रोजगारीको ग्यारेन्टी पनि हुन्छ । चालकहरुलाई पनि व्यवस्थित गर्न सकिन्छ । त्यसैले गर्दा बस संचालकहरुलाई पनि फाइदा हुन्छ भन्ने हाम्रो ठम्याई हो ।
त्यसोभए व्यवसायीसँग यातायात विभागले लाखौं रुपैँया असुली गर्छ भन्ने आरोप लगाइरहेको थियो नि ?
पहिला जे हुन्थ्यो अब त्यो हुँदैन । तपाइको लोकप्रिय पत्रिकामार्फत म विश्वास दिलाउन चाहन्छु, यस्ता खाले विकृति विसंगति हटाउन म प्रयत्नरत छु । त्यसैले सरकारलाई सेवाग्राहीले कार्यालयमै गएर लाइन बसेर पैसा तिर्ने व्यवस्थालाई अन्त्य गर्दै बंैकिङ प्रणालीबाट सेवाग्राहीले नगद बुझाउने व्यवस्था मिलाउँदै छौं । अहिलेसम्म पनि हामीकहाँ केही कमीकमजोरीहरु छन् । ती कमिकमजोरीहरुलाई पुरा गर्नका लागि केही दिन भित्रै अध्ययन गरेर सबै कुराको व्यवस्थित गर्न सरकार लागि परेको छ । त्यसैले मलाई विश्वास छ यातायात व्यवसायीले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहयोग पु¥याउनुहुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई व्यवसायीले किन सहयोग गर्ने ?
हामीले उहाँहरुसँग नसोधी गरेका होइनौं । वर्तमान अवस्थामा जुन किसिमको विकृति विसंगति थियो, त्यसलाई हटाएका मात्र हौं । विकृति विसंगति हटाउनलाई पनि सोध्नुपर्छ र ? तपाईले नै प्रश्न गरिरहनु भएको छ कि यातायात मन्त्रालयभित्र ठूलो भ्रष्टाचार भइरहेको छ भनेर । भ्रष्टाचार भयो पनि भन्ने, भ्रष्टचार हटाउन सोध्नु पर्छ र ? त्यस कारण तपाईको कुरा गलत भयो भनेर भन्दिन, तपाईले मात्रै होइन, धेरै ठाउँबाट गुनासो आएको छ, गुनासोलाई मेट्ने प्रयास गर्छु ।
उसोभए अहिलेको सरकारले जनताको चाहनाअनुसार काम भएको भनेर मान्नुहुन्छ तपाई ?
हिजोको दिनमा के–के भयो मलाई थाहा छैन । अहिले बनेको सरकार र म मन्त्री हुन्जेल त्यस्तो विकृति विसंगति गर्न दिन्न भनेर तपाईलाई विश्वास दिलाउन चाहन्छु । म जनताको हितमा काम गर्ने प्रयासमा छु । विगतमा भए गरेका गलत प्रवृति दो¥याउन दिन्न । यो सरकारले गलत कार्यलाई प्रोत्साहन दिँदैन ।
उसोभए सार्वजनिक यातायातको सिन्डिकेट प्रणाली खारेज भयो भनेर जनता ढुक्क भए हुन्छ ? तपाईहरु पछि गएर कतै व्यवसायीसँग फेरी सम्झौता त गर्नुहुन्न ?
अब सार्वजनिक यातायातको सवारी साधनहरुमा सिन्डिकेट अथवा आलोपालोको लगाउन सरकारले सम्झौता गर्दैन र हुँदैन पनि । यातायात व्यवसायीले अल्टिमेट त दिएका छन्, उहाँहरुसँग पनि वार्ता होला, वार्तामा उहाँहरु पनि ऐन र निर्देशिका अनुसार कुरा गर्नुहुन्छ भन्ने मलाई लाग्छ । ऐन कानुनलाई हामीले वेवास्था गर्न मिल्दैन । हामीले जे घोषणा गरेका छौं त्यो कानुनअनुसार नै गरेको हुँदा यसलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिनुपर्छ ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...