मिन विश्वकर्मा– नेता, नेपाली कांग्रेस
संसदमा पेश भएको बजेट माथिको छलफलमा नेपाली कांग्रेसको विमति केका लागि हो ?
नेपाली कांग्रेसले संसदीय दलमार्फत बजेटप्रति साझा धारणा तयार पारिसकेको छ । यो बजेट संघीयताको अवधारणा अन्तर्गत प्रस्तुत भएको छैन । यसले संघीयतालाई ओझेलमा पारेको छ । पुरानै परम्परा अुनसार एकीकृत बनाएको अथवा केन्द्रीकृत बजेट प्रस्तुत भएको छ र यो जनताको आकांक्षा अनुसार समृद्धिको बाटोतर्फ लैजाने भन्दा पनि नेपालको अर्थतन्त्रलाई थप धरासयी बनाउने किसिमले प्रस्तुत भएको हुनाले यो बजेटलाई समर्थन गर्न नसक्ने हाम्रो साझा धारणा छ ।
तपाईले सशक्त प्रतिरोध गर्ने भन्नु भएको छ, त्यो सशक्त प्रतिरोध भनेको के हो ?
सशक्त प्रतिरोध भनेको नेपलको अर्थतन्त्रलाई र नेपाली जनताको भविष्यलाई आर्थिक दृष्टिकोणबाट खतरामुक्त बनाउँदै लैजाने ढाँचाको बजेट आएको हुनाले प्रतिपक्षको काम भनेको नेपालको राष्ट्रिय अर्थतन्त्रलाई मजबुत राख्न रचनात्मक सहयोग गर्ने हो । तर अर्थतन्त्र झन धरासयी र खतरमुक्त बनाउँदै लैजाने सरकारको बजेट भएको हुनाले यो बजेटको हामीले सशक्त विरोध गर्छौ । यसमा हामी समन्वयन गर्न सक्दैनौं र यसको विश्लेषणात्मक रुपमा आवाज जहाँजहाँ उठाउँछौं । बजेटमा राष्ट्रिय पूँजीलाई वेवास्ता गरिएको छ । लगानीको वातावरण तयार गरिएको छैन । वैदेशिक र आन्तरिक लगानी भित्र्याउनको लागि आवश्यक पर्ने नीतिगत सुधारको पक्षमा कहि केही उल्लेख छैन । थप नेपाली जनतालाई करको भार र ऋणको भार थुपारिएको छ ।
यो बजेट वितरणमो चाहीँ जनताले सुन्दाखेरी प्रशस्त मात्रामा वितरण गर्ने जस्तो देखिन्छ तर वितरण गर्छु भन्ने शिर्षकमा कुनै रकम छुट्टाइएको छैन । उदाहरणको लागि विदेशबाट फर्केका नेपाली श्रमिकहरुलाई उनीहरुको सीपको प्रमाणिकरण उनीहरुको अनुभवको आधारमा गरि रु. १० लाखसम्म ऋण अनुदान दिने भनिएको छ, नेपालभित्र बसेका बेरोजगारहरुलाई रु ७ लाख रुपैयाँसम्म सर्टिफिकेट नै धितो राखेर ऋण दिने भनिएको छ । तर कुनै पनि रकम छुट्याइएको छैन । यदि यो रकम छुट्याउने हो भने नेपालको अहिलेको सम्पूर्ण बजेटको अंकभन्दा दोब्बर हुन जान्छ । गफ चाँहि ठूलाठूला गरिएको छ तर रकम चाँहि अलिकति पनि छुट्याइएको छैन ।
हाम्रो भनाइ भनेको जनता झुक्याउन पाइदैन । अहिले खास जनताको समस्या भनेको स्वास्थ्यको समस्या हो । स्वास्थ्यमा अहिले ९ प्रतिशत बजेट मात्रै छुट्याइएको छ । विगतको १३ प्रतिशत बजेटलाई पनि यसले घटाएको छ । त्यसैगरि महिला, दलित र विपन्न वर्गका मानिसहरुको आर्थिक उन्नतिका लागि अथवा रोजगारीका लागि बजेट छुट्ट्याउन भनेर भाषण गरियो । घोषणा पत्रमा लेखियो । अहिले सबैभन्दा वेवास्ता त्यही समुदायलाई गरियो । विपन्न र सिमान्तकृत समुदायलाई वेवास्ता गरेर बजेट आएको छ ।
यसपाली राम्रो बजेट आएकोले विज्ञहरुले राम्रो भन्नुभएको छ नि ?
सत्तासँग केही शुभचिन्तक र समर्थकहरु हुन्छन् । केही आस र त्रासले पनि बोल्नुपर्ने बाध्यता हुन्छ । अथवा केही विज्ञहरुले पनि सरकारको निकटमा बसेर प्रशँसा गर्दिनु पर्ने बाध्यता हुन्छ । त्यसकारण राम्रो भन्नुभएको हो, विद्हरुले अन्यथा यो बजेटलाई विज्ञका आँखाबाट विश्लेषण गरेर हेर्ने हो भने चालु पूँजीलाई नै पनि वैदेशिक ऋणबाट धान्नुपर्ने अवस्था छ । जस्तै १३ सय अर्बको बजेट बनेको छ । १३ सय अर्बमा चालु पूँजीगत खर्च तर्फ ३१२ अर्ब मात्रै छ । चालु पूँजीनै अथवा सामान्य तर्फको खर्च १००० अर्ब छ मात्रै छ । त्यसो भएको हुनाले १ हजार अर्बमा हामीसँग राजस्व उठ्ने अनुमानित ४ सय अर्ब मात्रै छ । विगतको अनुभव हेर्दाखेरी हामीसँग छ सय अर्ब मात्रै राजस्व उठ्ने गरेको छ । त्यसैले राजस्वबाट मात्रै पनि चालु खर्च हामी धान्न सक्ने अवस्थामा छैनौं ।
धितो राखेर रु ७ लाख दिन्छौ र विदेशबाट फर्केकालाई अनुभवको आधारमा रु १० लाख दिन्छौं भनेको छ । त्यो रकम कहाँनेर छ सरकारले देखाउनुप¥यो नि त । पानी जहाजलाई कति रुपियाँ छुट्याउनु भएको छ । रेललाई कति रुपैयाँ छुट्याउनु भएको छ । उट्पट्याङको हास्यँ व्यङ्ग्य भाषण गरेर देशभक्त हुन्छ ? देश चलाउन बजेट चाहिन्छ । नाम नै बजेट छ यो कुनै साहित्य, निबन्ध होइन नी । बजेट भनिसकेपछि अंकमा आउनुप¥यो । कार्यक्रमको नाम हुनुप¥यो त्यसका वापतमा अर्कोपट्टि रकम छुट्याएको हुनुप¥यो ।
भाषण गरेर कथा, कविता र साहित्य जस्तो लेखेर बजेट हुन्छ ? सिमान्तकृत, विपन्न वर्गका समुदायका नाममा मिठामिठा भाषा लेख्नु भएको छ तर उहाँले आफ्नो पार्टी कार्यकर्ता र निश्चित समुदाय अथवा उच्च वर्गका मानिसहरुको लागि भने उहाँले चालु खर्च मार्फत खर्च गर्ने रकम बाहेक केही छैन । समृद्धिको नारा दिनुभएको छ । समृद्धिका लागि रोजगारी भनिएको छ तर रोजगारी सिर्जना गर्ने आधारहरु के–के हुन् ? रोजगारी त सरकारले दिने होइन । निजी क्षेत्रबाट रोजगारीको अवसर सिर्जना हुन्छ । निजी क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि कति बजेट छुट्टाइएको छ ? त्यसैले यो बजेट सुन्दा मिठो होला, भाषा मिठो होला तर व्यवहारिक र कार्यान्वयन हुने पक्ष त्यति नै फितलो छ ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...