डा. शेखर कोइराला–केन्द्रिय सदस्य–नेपाली कांग्रेस
तत्कालीन देउवा सरकारले गरेका राजनैतिक नियुक्ति ओली सरकारले खारेज गर्ने निर्णय ग¥यो । साथै चिकित्साशास्त्र विधेयक पनि संसदबाट पास हुन नसक्दा स्वतः निष्क्रिय हुन पुग्यो ।
डा. गोविन्द के.सी आफ्ना मागहरु अघि सारेर जुम्लामा १५औं पटक अनसन बसेका छन् भने गगांमाया अनसनरत छिन् भन्ने कुरा सरकारले लगभग बिर्सिसकेको अवस्था छ । यी यावत विषयलाई अघि सारेर सरकारको ध्यानाकर्षण गराउने काम प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको हो । यी विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अशः
अघिल्लो सरकारले गरेका सम्पूर्ण नियुक्ति यो सरकारले खारेज गर्ने निर्णयप्रति यहाँको भनाइ के हो ?
मैले पहिलेदेखि नै भनिराखेको थिएँ, यो सरकारले आफूलाई जे मन लाग्छ त्यही गर्छ भनेर कानुनी राज्यको अवधारणा अनुसार सरकार चल्नुपर्ने हो, तर यो सरकार चलिरहेको छैन । पहिले लोकप्रियतावादीबाट सरकार अगाडी बढ्यो, कहिले रेलमार्गको कुरा गर्ने, कहिले पानी जहाजको कुरा गर्ने, त्यसपछि सर्वसत्तावादतिर अगाडि बढीराखेको छ ।
देउवा सरकारको नियुक्ती सबै खारेज गर्ने जुन अहिलेको सरकारले निर्णय ग¥यो त्यो जायज छैन किनभने देउवा सरकारको निर्णय कानुन सम्मत थियो । निर्वाचन आयोगसँग अनुमति लिएर गरेको थियो । यसरी सरकारी नियुक्ती वा सरकाले हटाउनै सक्दैन नि यो त सरकारले कानुनी राज्यको धज्जी उडाएको छ सरकारले यस्तो निर्णय गरेर ।
तर तत्कालीन सरकारले आचारसंहिता उल्लघन गर्यो निर्वाचन आयोगले बारम्बार भनेको थियो नि ?
होइन, त्यो त हेर्नुपर्छ नि ! यसैबाट सर्वोच्चमा मुद्दा जाला । सरकार सर्वसत्तावादतिर गइरहेको कसरी देखिन्छ भने अहिलेसम्म प्रधानन्यायाधीश कामु नै हुनुहुन्छ । अस्थायी पार्लियामेन्ट्री बनाउन सक्थ्यो नि त्यो पनि गरेन । बालकृष्ण ढुंगेलको विषयमा सर्वोच्च र सरकार मिलेको जस्तो देखिन्छ कसरी भने सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश माग्छ अनि त्यसैको पर्सिपल्ट छोड्दिन्छ । यस्ता घटनाहरुले के देखाउँछ भने सरकार सर्वसत्तावादतिर अगाडी बढिराखेको छ, देश र जनताको हित विपरित काम भइरहेको छ भन्ने देखिन्छ ।
प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रतिक्रियावादी प्रचारमा लाग्यो कांग्रेस भन्नुभएको छ नि ?
हामी प्रतिपक्षमा छौं । प्रतिपक्षको भूमिका हामीले खेल्ने हो । सरकारलाई सहयोग गर्न जाने काम हाम्रो होइन । कुनैपनि प्रतिपक्षले सपोर्ट गर्दैन । हामीले रेलिङ भाँच्न त गएको छैनौं नि, एमालेले २०४८ सालमा गरेको जस्तो । हामीले संसदमा विरोध गर्छौ । प्रदर्शन गरौंला, सडकमै गरौंला, तपाईहरुलाई अन्तवार्ता दिएर विरोध गरौंला यही गर्ने हो हामीले ।
त्यसोभए कांग्रेस अब आक्रामक शैलीमा प्रस्तुत हुन लागेको हो त ?
आक्रामक शैली भनेर त यही गर्ने हो नि, हामीहरु रेलिङ तोडफोड, मान्छे मार्ने, कुट्ने यस्ता कामहरु हाम्रो पार्टीले गर्न सक्र्दैन, गर्दा नि गर्दैन । हामी के हो भने संविधानअनुसार ‘कलेक्टिभ खालको कार्यक्रमहरु अगाडी बढाउँछौं,’ कांग्रेसका नेता तथा कार्यकर्ताले दादागिरी, गुण्डागर्दी लगायत रेलिङ भाच्ने काम गर्दैनौ ।
तर निशेधाज्ञा त काँग्रेसले नै तोडेको होइन र ?
तपाई आफै भन्नुस्, माइतीघर मण्डलामा निषेधाज्ञा लगाउन के जरुरी थियो त ? किन गर्नुप¥यो यो सरकारले अहिले ? तेत्रा सिरियस कुरा के भएको थियो त्यहाँ निषेधाज्ञा घोषणा गर्नुपर्ने ? राष्ट्रपतिको कार्यालयमा निषेधाज्ञा गर्नुपर्ने ठिक हो; सिंहदरबारमा गर्नु ठिक हो तर माइतिघर मण्डलामा निषेधाज्ञा गर्नुपर्ने के जरुरत थियो ? यो के हो भने सरकार सर्वसत्तावादतिर सरकार उन्मूख छ भन्ने देखाउनको लागि गरेको टेष्ट हो । यो गलत कार्य भएको छ ।
निषेधाज्ञा पहिला पनि त जारी भएको थियो नि होइन र ?
त्यसो हो भने पहिला पनि तोडेको हो नि ! कमल थापाजीले रिङ्गरोडलाई नै निषेधित क्षेत्र घोषणा गर्नुभएको होइन त्यसैले के फरक भयो त ? के फरक भयो कमल थापाजी र अहिलेको रामबहादुर थापा बादलजीमा ? त्यो के हो भने उहाँहरुको मानसिकता नै सर्वसत्तावाद छ । उहाँहरुको लोकतान्त्रिक सोंच नै छैन । प्रचण्डजी, ओलीजी, बादलजीले हामीलाई सिकाउनु पर्दैन लोकतन्त्र के हो भनेर । नेपाली कांग्रेसलाई उहाँहरुले सिकाउनु जरुरत नै छैन । प्रतिक्रियावादी त उहाँहरु हुनुहुन्छ ।
एउटा कुरा के हो भने डा. गोविन्द के.सीले अस्पतालभित्र अनसन गर्नुहुन्न भन्ने कुरा ठिक ल्याउनु भएको छ । म त्यसलाई अस्वीकार गर्दिन । किनकी अस्पताल सार्वजनिक ठाउँ हो त्यहाँ धर्ना जुलुस गर्न होइन । तर उहाँले अनसन नै गर्न पाउनुहुन्न भन्ने कुरा त होइन नि । सरकार लोकप्रियतावादीमा गइराखेको छ । हामीले बोलिरहेका छौं महंगी नियन्त्रणका कुरा पेट्रोलियम मूल्य वृद्धिको कुरा तर हामीले सँगसँगै गंगामाया अधिकारीको विषयलाई पनि गहिरो ढंगले उठाइरहेका छौं । सँगसँगै हामी डा. गोविन्द के.सीका विषयहरुमा पनि गहिरो ढंगले हेरिरहेका छौं । हाम्रो लोकतन्त्रसित जीवन मरणको सम्बन्ध गाँसिएको छ ।
त्यसकारणले यी कुराहरुलाई हामीले जोडतोडका साथ उठाइरहेका छौं । खाली त्यो बजार भाउ आकासियो र पेट्रोलियम पदार्थको मूल्य बृद्धि भयो भनेर मात्र होइन । लोकतन्त्र खतरामा पर्न लागेका छ । मानव अधिकार खतरामा पर्न लागेको छ त्यसैले हामी सबैजना सजक हुनुपर्छ भनेर बाटो देखाइरहेका मात्र हौं ।
कांग्रेस सत्तामा नहुँदैमा लोकतन्त्र कसरी खतरामा पर्छ ?
कसरी पर्र्दैन ? कसरी परेको छैन भन्ने कुरा राष्ट्रिय मानव अधिकारका अध्यक्ष अनुप शर्माजीको तपाईले नै लिनुभएको अन्तवार्ताबाटै स्पष्ट हुन्छ कि अहिले नेपालको लोकतन्त्र कति खतरामा छ भनेर ? उहाँ त यो देशको सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश भइसकेको व्यक्तिले सबै कुरोको मूल्याङ्कन गरेर बोल्नु भएको होला नि ।
त्यसैले हामीले पनि धेरै कुराहरुको अनुमान लगाइरहेको छौं । सरकारको चालचलन, सरकारले गर्ने गतिविधि, सरकारमा रहेका मन्त्रीहरुको भनाइ सुन्दा लाग्छ लोकतन्त्र खतरामा पर्ने विभिन्न तरिकामध्ये यस्ता कुराले लोकतन्त्रलाई खतरामा पु¥याउँछ भन्ने हाम्रो पूर्वअनुमान मिल्छ । त्यसैले तपाईले पनि पटक पटक यस्ता व्यक्तिहरुको अन्तवार्ता लिइरहनुभएको छ । सुन्दा लाग्छ लोकतन्त्र खतरामा परिसकेको छ ।
तपाई चिकित्सा पेशाकै मान्छे भएको हुँदा डा. गोविन्दा के.सीले पटक पटक गरेको अनसनलाई के भन्नुहुन्छ ?
वरिष्ठ डा. गोविन्द के.सीले गरिरहनु भएको अनसन चिकित्सा क्षेत्रलाई सुधार गर्नको निम्ति भएको हो । त्यसैले उहाँ पटक पटक अनसन बस्दै हाइरहनु भएको छ । अहिलेसम्म उहाँ १५ पटक अनसन बसिसक्नुभयो । यो देशमा डा. के.सीको अनसनले गर्दा हामी सबैलाई लाजमर्नु भइसक्यो । पूर्ववर्ती सरकारको पालामा माथेमा आयोग बन्यो, तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले सोही आयोगलाई आधार बनाएर अध्यादेश ल्याउनु भयो ।
तर त्यो अध्यादेशलाई उहाँहरुले पास गर्न दिनुभएन । त्यो अध्यादेशमा अहिलेको मन्त्री परिषद्ले किन परिवर्तन गरेर ल्याउनुप¥यो । त्यसैलाई पास गरेर पछि फेरी परिवर्तन गरेको भए भइहाल्थ्यो नि ।
के उसो भए मेडिकल कलेजलाई समन्धन नै दिनु हुँदैन भन्ने भनाइ हो तपाईको ?
होइन, होइन, सबै कुरा छलफल गरेर मात्र टुंगो लगाउने विषय हो । म त मेडिकल कलेज काठमाडौंमा खोल्नै हुँदैन भन्ने पक्षमा छैन । यहाँ मनमोहन मेमोरियल हस्पिटल छ नि, त्यसैले उतिबेला म पनि सांसद भएको बखत त्यसलाई पनि समन्धन दिनुपर्छ भन्ने मानसिकता बनाएको मान्छे हुँ । त्यतिबेला मैले बोलेको पनि छु ।
मनमोहन मेमोरियल हस्पिटल सहकारी ऐन अन्तगर्त चलेको छ । त्यसैले सहकारी भएकोले सरकारको ऐन ल्याएर यसलाई भत्काउन मिल्दैन । कुनै विश्वाविद्यालयले त्यसलाई दिने भनेर नेगोसियट गरेको भए भइहाल्थ्यो । हामी कहाँ दिने भनेर भन्दै छौं । जुम्लामा कति वर्ष भयो त्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलेको तेत्रो हस्पिटल खुल्या छ, स्वास्थ्य विज्ञान प्रतिष्ठान भनेर भनेको छ । अनि डाक्टरहरु पठाउनलाई हुम्ला, जुम्ला, मुगु, कालिकोट यो सबैमा गर्ने भनेर भनेको छ, यो गर्ने, त्यो गर्ने भनेको छ, तर काम चाँहि काहि पनि भएको छैन । सुदुपश्चिममा मेडिकल कलेज छैन, त्यहाँ खोल्नुपर्छ ।
म मेडिकल कलेज खोल्नु हुँदैन भन्ने पक्षको मान्छे होइन । तर यसलाई बसेर त्यो कुरालाई पहिले छलफल गरौं । माथेमा आयोग बनायौं तर कार्यान्वयन गरेनौं । त्यत्रो सिनियर व्यक्तिको नाममा बनाएको आयोग पनि त्यतिकै खेर फालियो । त्यसैलाई आधार बनाएर आयोगको रिपोर्टको आधारमानै ऐन पास भएर अध्यादेश आएको हो उतिबेला । त्यो अध्यादेश किन पास नगर्दिएको यो सरकारले ? अहिले के कुराले सरकारलाई रोक्यो । किन उहाँले परिवर्तन गर्न खोज्नुभयो ? उहाँले के भन्नुभयो भने उच्च शिक्षा र नर्सिङलाई अलग गर्न खोजिरहनु भएको छ । त्यो अलग गर्ने अधिकार छैन अध्यादेश मार्फत आइसकेको कुरालाई ।
तर अध्यादेश त खारेज भइसक्यो नि होइन र ?
जानीजानी खारेज भयो त्यसमा नेपाली कांग्रेस पनि अलिकति भुल भएजस्तो लाग्छ ।
पछिल्लो समय संसदमा कांग्रेसले खेलेको भुमिकाप्रति तपाईको कतिको सन्तुष्ट हुनुहुन्छ ?
नीति तथा कार्यक्रमको सन्दर्भमा हेर्दाखेरी म सन्तुष्ट हुन सकेको छैन । नीति तथा कार्यक्रममा हामी विपक्षमा छौं । हामीहरुले प्रतिपक्षको भुमिका खेल्न नसकेकै हो । नीति तथा कार्यक्रमलाई समर्थन गरेर गलत भयो । तर अहिले यतातिर आएर पतिपक्षको भुमिका नेपाली कांग्रेसले खेल्दै छ । यसको मतलब मैले संसद नै अवरुद्ध गर्नुपर्छ भनेको होइन । जायज कुराहरुलाई हामीले उठाउनुपर्छ उठिरहेको छ ।
अब सदनदेखि सडकसम्म नेपाली कांग्रेस भुमिका कस्तो हुनुपर्ला ?
एकदमै सकारात्मक तरिकाबाट जानुपर्छ भन्ने लागछ । प्रतिपक्षको भुमिका सकारात्मक हुनुपर्छ । तर सत्तामा भएको अहिलेको कम्युनिष्ट सरकारले नत्र सर्वसत्तावाद ल्याइसक्थ्यो । उहाँहरुले जे भन्नुभएको त्यो सबै सर्वसत्तावादको कुरासँग मिल्छ । त्यसैले तपाईहरुले के बुझ्नुस भने सरकार कसरी चलिरहेको छ भन्ने कुरा चलिरहेको छ । सरकारले पपुलिस्ट नाराहरु पहिल्यै ल्यायो । पानी जहाजको कुरा ग¥यो, रेलमार्गको कुरा गर्यो । कुनै समयमा रेल पनि आउला, पानी जहाज पनि आउला त्यसको अध्ययन केही पनि भएको छैन । त्यसपछि सरकार पपुलिस्टको हुनको लागि मात्र अगाडी बढीरहेको छ ।
अहिले बजार भाउ नियन्त्रणमा छैन । उहाँहरुको त्यो गर्न सक्नुभएको छैन । सिस्टमलाई फलो नसकेको कारण कतै सबै सिस्टमहरु फेलर हुने अवस्था आउँदैछ । सर्वसत्तावादको जुन कुरा मैले गरे केही दिन अगाडी सरकारले जुन निर्णय ग¥यो, प्रदेश प्रमुखदेखि सबैलाई हटाउने, त्यो नै सर्वसत्तावादको सुरुवाती हो भन्ने लाग्छ । त्यसैले संविधानमै भएको कुरालाई उहँहरुले मानिरहनु भएको छैन । त्यसैले अरु राजनीतिक नियुक्ति जस्तो गरेर प्रदेश प्रमुख हटाउने अधिकार उहाँहरुलाई कहाँबाट आयो । तत्कालिन सरकारले सबै मिलाएर गरेको थियो । अनि त्यती मात्रै होइन । बालकृष्ण ढुंगेलको विषय छ । गंगामाया अधिकारीको विषय छ । डाक्टर गोविन्द के.सीको विषय छ ।
अनसन मात्रै समस्याको समाधान त होइन नि विकास र समृद्धिको पनि कुरा गर्नुप¥यो नि ?
हामीले अनसन बस्न भन्या छौं र ? नेपाली कांग्रेसको मान्छे त अनसन बस्या होइन नि । गलत काम सरकारले गर्छ त अनसन बस्दैन मान्छे ? रेलङ तोडन त गएका छैनौं नि हामी । हामीले गलत काम गर्दैनौं जुन काम एमालेले पहिले गरेकै थियो । संसद अवरुद्ध सरकारको क्रियाकलापमा भरपर्ने कुरा हो । हामी माइतीघर मण्डलामा गएर निषेधाज्ञा पनि तोड्छौं ।
त्यो हामीहरुको अधिकारको कुरा हो । पाँच वर्ष मलाई चलाउन दिएको छ जे गर्छौ त्यसमा मान्नै पर्छ भन्ने हामी मान्दैनौ त्यसरी चल्दैन । प्रतिपक्षको भुमिका भनेको संसदीय प्रणालीलाई अगाडी बढाउने हो । सरकारले के बुझ्नु प¥यो भने वर्तमान संविधान अनुसार बनेको सरकार संसदीय प्रणालीबाट मात्रै अगाडी बढ्छ भन्ने कुरा बुझ्नु प¥यो नि ।
अहिले नेपाली कांग्रेस पार्टी भित्रको आन्तरिक द्धन्द्ध समाधान भएको हो ?
नेपाली कांग्रेस पार्टी भित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन भनेको के हो भने म त्यो बैठकमा थिइन । तर कुरा बुझ्दाखेरी कसरी जाने के गर्ने भन्ने कुरा छ । नेपाली कांग्रेसको विधान छ । त्यो विधानलाई टेक्नुप¥यो । नेपाली कांग्रेसका भातृसंस्थाहरु छ । त्यो भातृसंस्थाको आफ्नो विधान छ । त्यो भातृसंस्थाका विधानलाई पनि टेकेर अगाडी बढ्नु प¥यो भन्ने हो ।
सुवेच्छुक संस्थाहरु छन्, ती सबैलाई विधान अनुसार चलाउनु प¥यो भन्ने हो । ज–जसको समय सकिएको छ, तिनीहरुको आवधिक निर्वाचन हुनुप¥यो भन्ने हो । नेपाली कांग्रेसजस्तोे लोकतान्त्रिक पार्टीले हात उठाएर भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व ल्याउने होइन । त्यसमा कसैले विश्वास पनि गर्दैन र म पनि गर्दिन ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...