हृदयेश त्रिपाठी–सांसद नेकपा तथा राजपाका पूर्व वरिष्ठ उपाध्यक्ष
शुक्रबारदेखि नयाँ मुलुकी संहिता लागु भएको छ, त्यसको सम्भावना चुनौती र अप्ठ्यारा के–के छन् बताइदिनुस् त ?
हरेक ऐन लागु हुँदाखेरी त्यसका चुनौतीहरु पनि बढ्दै जान्छन् । त्यसका नकारात्मक पक्ष वा सम्भावित पक्षहरुको चर्चा परिचर्चा बढी हुन्छ । यो नयाँ संहिता प्रयोग गर्दा यसमा धेरै अप्ठ्याराहरु आउन सक्छन् । विशेषगरी चिकित्सकहरुले जुन कुरा उठाउनु भएको छ, त्यो कसले तय गर्ने भन्ने कुराहरु त्यसमा स्पष्ट छैन ।
चिकित्सकको लापर्वाही आफ्नो ठाउँमा छँदै छ तर लापर्वाहीलाई कसले प्रमाणित गर्ने, कुन निकायले गर्ने, प्रहरीेले गर्ने हो भने त्यसको लागि सम्बन्धित ज्ञानको आवश्यकता पर्छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हरिकान्त बास्तोलाले एउटा राम्रो सुझाव दिनुभएको छ । उहाँले चिकित्सक कै समूह बनाएर उसैले छानविन गरोस्, प्रमाणित उसैले गरोस् भन्ने कुरा गर्नुभएको छ । यदि त्यस्ता घटना घटि हाले भने चिकित्सक कै समूहले नविन र प्रमणित गरोस् । त्यसकारण केही अपवादका घटनाहरुलाई लिएर अहिले नै आतंकित हुनुपर्दैन ।
संहिता लागु भइसकेपछि हुने समस्या र अप्ठ्याराको विरोध संचारकर्मीहरुबाट आइसकेको छ नि, तपाई के भन्नुहुन्छ ?
पत्रकारको विषयमा मैले भन्नै पर्ने के छ भने केही दिन अघि मात्रै पनि नेपालको पत्रकारिताको कुरुप पक्ष म आफैंले भोग्नुप¥यो । दिनभरी प्रचार गरियो कि स्वतन्त्र राजनीतिक समूह जसमा म स्वयम् संलग्न छुँ; ब्रजेश गुप्ता लगायतहरुले नेकपामा प्रवेश गरिसक्नुभयो भनेर प्रचार गरिएको थियो ।
बिहिबार १० बजे प्रवेश गर्दै हुनुहुन्छ भनेर समेत भन्यो अनलाइन मिडिया र केही टेलिभिजनहरुले भने एफ.एमहरुले पनि भन्यो कि उहाँहरुले प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष प्रचण्डको हातबाट टिका पनि लगाइसक्नुभयो । यस्ता हुँदै नभएको कुरा गर्न कसले छुट दियो ? वास्तवमा भन्ने हो भने यस्तो हुँदै नभएको कुराको प्रचार गर्ने पत्रकारहरुप्रति मलाई दया लागेर आएको छ ।
यसको मतलब नेपाली पत्रकारितामा गलत सुचना प्रवाह भइरहेको छ भन्न खोज्नु भएको हो ?
केही दिन अघि दिनभरी नै सात आठ सय फोनबाट मैले स्पष्टिकरण दिनुप¥यो । तर हाम्रै विरुद्धमा वा हाम्रै विषयमा मिडिया जसरी प्रस्तुत भयो त्यसलाई के भन्ने ? पत्रकार भन्दैमा यी नयाँ अवतार हुन् भनेर हामीले सोंचेर बस्ने हो र ? पत्रकारिता भन्ने कुरा त जुन बेला अहिलेका पत्रकारहरु जन्मिएका पनि थिएनन्, त्यतिबेला नै हामीले पञ्चायत कालमा गरिसकेका थियौं ।
तर पत्रकारहरुको कुरा भनेको त प्रेस स्वतन्त्रता कुण्ठित नहोस् भन्ने मात्र हो नि, होइन र ?
पत्रकारहरुले हिजोको दिनमा हाम्रै विषयमा गलत प्रचार गरेर समाचार सम्प्रेषण गरेको त्यो दुरुपयोग होकी होइन ? उनीहरुलाई मैले कस्तो व्यवहारर गर्नुप¥यो त ? मैले त्यो दिनभरी फोनमा मात्रै स्पष्टिकरण दिनुप¥यो । मलाई एक किसिमको इरिटेशन जुन भयो त्यसको क्षतिपूर्ति कसले दिने ? मैले भोग्नुपरेको मानसिक तनावको भर्पाइ कसले गर्ने ? स्वतन्त्रताको कुरा गर्दा अरुको हकको पनि त ख्याल राख्नुप¥यो ।
त्यसोभए तपाईको नेतृत्वमा रहेको समूह कुनैपनि राजनीतिक पार्टीमा प्रवेश गर्ने सम्भावना छैन ?
होइन, र गरेको पनि छैन । हिजो अस्ति गरिसक्यो, टिकाटालो पनि भइसक्यो भनेर पनि समाचारहरु प्रसारित भएका थिए । भोलीका दिनमा हामी प्रवेश गर्छौ की गर्दैनौ त्यो पछिको कुरा हो । राजनीतिमा विचार, सन्दर्भ र सोंच मिल्यो भने प्रवेश गर्न सकिन्छ, गर्न नसकिने होइन । तर प्रवेश गरिसक्यो भनेर ठोकुवा गरेर हुँदै नभएको कुराको जथाभावी प्रचार पनि त गर्न भएन नी ।
अहिलेको अवस्थामा नेकपाका दुई अध्यक्षहरुसँग तपाईको संवाद भएको छैन ?
कुरा त हाम्रो भइरहेको हुन्छ । कुरा नहुने त प्रश्नै छैन । पटक पटक हामीबीच कुराहरु पनि भइरहेका छन् । विभिन्न तहमा पनि कुरा भइरहेका छन् । हामीले पनि हाम्रा केही विषयहरुलाई उठाएका छौं । एउटा कुरा के बुझ्नुपर्छ भने जसरी उहाँहरुको पछाडी लिगेसी छ त्यस्तै हाम्रो पछाडी पनि एउटा लिगेसी छ । त्यो मधेश आन्दोलनको लिगेसी हो ।
मधेशी आन्दोलनको लिगेसीप्रति नेकपाले कस्ते करनीमा के दृष्टिकोण राखेको छ, उसको दृष्टिकोण स्पष्ट छ कि छैन उसको लेखनीमा के छ ? करनीमा के छ ? उसले व्यवहार कसरी गर्छ ? भन्ने कुराहरु चाँही संवादका विषयहरु हुन् । यी विषयहरुमा संवाद चलिरहेको हुन्छ । तर विगत १० दिनदेखि कुनैपनि संवाद भएको छैन ।
तर एक्कासी केही दिन अघि हाम्रा केही साथीहरु नेकपा पार्टीमा प्रवेश गर्ने निश्चित भनेर समाचार आयो र भोलीपल्ट प्रवेश गरिसके भनेर मिडियाले प्रचार ग¥यो; यसलाई मैले कसरी हेर्ने ? कुन विश्वासनियताको आधारमा पत्रकारिता जगतको विश्वास गर्ने ? उसले आफ्नो अधिकारको कुरा त ग¥यो, तर उसको गैर जिम्मेवारी पनलाई हामीले मूल्याङ्कन गर्दा कसरी मूल्याङ्कन गर्ने त अब ?
त्यसो भए तपाई नेकपामा प्रवेश गर्ने सम्भावना चाँही छैन होइन त ?
म जे भयो त्यसमा कुरा गर्दै छु । प्रसङ्ग नफेर्नुस् पत्रकारितामा गएर तपाई कुरालाई यताउता मोड्ने काम नगर्नुस् । हिजोका दिनमा जे भयो नेपाली पत्रकारिता जगतको इतिहासमा जसरी नभएका कुरालाई उचालियो त्यसमा कुनै सत्यता पनि छैन । पत्रकारिताको आफ्नो धर्म, आचारण, संहिता, नैतिकता सबै हुन्छ ।
तर हाम्रो पत्रकारिता जगतको मूल्यमान्यता र वजन के छ त ? खाली राजनैतिक क्षेत्रलाई सबैले घोचपेच गर्ने र त्यसलाई आफ्नो नैसर्गिक अधिकार मान्ने गर्छन् । तर आफ्नो स्वयमको पनि मूल्याङ्कन गरौं न । न्यायालयको हालत के छ, त्यो त देखि हालियो । पेशाकर्मी, व्यापारी, व्यवसायीको हालत पनि देखिएकै छ । तर आलोचना गर्न सबैभन्दा सजिलो नेताहरुकै हुन्छ भन्दैमा मनलाग्या कुरा त गर्नु भएन नि होइन र ?
अब अर्को प्रसङ्ग जन्मदेखि मृत्युसम्म प्रयोग हुने नयाँ कानुन बनिसकेपछि त्यसले नेपालको हरेक क्षेत्रमा प्रभाव पार्न सक्छ कि सक्दैन ?
निश्चित रुपमा प्रभाव पार्छ । म यस कुरालाई अस्वीकार गर्दिन । कानुनले नै प्रभाव पार्ने हो । अब यो कानुनबारे सहि ढङ्गले केही प्रश्नहरु उठेका छन् । यसलाई म स्वीकार गर्दछु । केही चाँही मनगणन्ते काल्पनिक प्रश्नहरु पनि छन् । त्यसकारण अहिले बनेका कानुन त्यो ब्रम्हाले बनाएको कानुन होइन ।
संविधान त धेरै चोटी परिवर्तन भयो भने कानुनले त के नै हुन्छ र भन्ने कुरा बुझ्नुपर्छ । कानुन भनेको आवश्यकता अनुसार परिवर्तन भइराख्ने वस्तु हुन् । आवश्यकता अनुसार परिवर्तन हुन्छन् । हामी त यति धेरै परिवर्तनकारी छौ कि । एउटा परिवर्तन सकिएको छैन अर्को परिवर्तनको आंकाक्षा राखी हाल्छौं । जनमतमा उठेको विषयहरुलाई मैले अस्वीकार गरेको छैन । तर यसलाई अतिरन्जित गरेर अहिलेनै यसलाई हामीले अगुवा खडा गराउनुपर्ने स्थिति पनि म देख्दिन ।
किनभने त्यस्ूता धेरै अप्ठ्यारा र कडा कानुनहरु छन् ती पालना नै भइरहेका छैनन् । विकास निर्माण सम्बन्धी, आर्थिक सम्बन्धी धेरै कानुनहरु छन् । जुन कडा भन्दा कडा छन्, तर कार्यान्वयन भएका छैनन् । त्यसैले अहिले नै अक्तालिनुपर्ने अवस्था छैन ।
करको विषयमा सरकार झन् कठोर बन्दै गएको देखिन्छ, यसको ‘सेफ ल्याण्डिङ्ग’ के हो त ?
अहिले स्थानीय तहले अव्यवहारीक र अराजक ढङ्गले जसरी कर असुली गरिराखेको छ, त्यसले कदापी राम्रो हुँदैन । कुखुरामा कर, परेवामा कर, हुँदाहुँदै माछा मार्ने जालीमा कर, उम्रेको मकैमा कर, अण्डामा कर जे देख्यो त्यसैमा कर भन्दाखेरी जन्म दर्ता, मृत्यु दर्तामा पनि कर छ । मान्छे त अब बच्चा जन्माउन, मर्न पनि डराउन थाल्ने अवस्था सिर्जना भएको छ ।
संघीयताको मर्म विपरित स्थानीय तह निर्माण गर्दा देखिएको विकृति र विसंगति हो यो । संसारमा कहि पनि संघीय व्यवस्थामा नेपाल पहिलो र अन्तिम होइन । संविधान बनाउने बेलामा जो वैज्ञानिकहरु हुनुहुन्थ्यो, उहाँहरुको अदूरदर्शीताको परिणाम हो यो । स्थानीय तहलाई कति अधिकार सम्पन्न बनाउने, प्रदेशलाई कति अधिकार दिने भन्ने कुरामा त्यसबेला उहाँहरुले ध्यानै दिनुभएन । अहिलेको अवस्था उहाँहरुकै खोजेको परिणाम हो । उहाँहरुले पनि यो विषयमा आत्म आलोचना गर्नृ स्थिति आइसक्यो । स्थानीय तहका जनप्रतिधिहरुले त आफ्नो मनोमानी गरि नै राखेका छन् ।
फेरि त्यो कर सदुपयोग भएको पनि छैन । नचाँहिदो कर लगाएर त्यसबाट महङ्गो गाडी खरीद गर्ने र सुविधा बढाउने बाहेक केही काम कुरा भएको छैन । त्यसको एउटा कारण के हो भने संघीय सरकारले गाडी खरीद आदेश जारीमा कुनैपनि केन्द्रबाट सहयोग गरिने छैन भनेपछि स्थानीय तहको अधिकारीहरुले जे पायो त्यसैमा कर लगाउन थालेका हुन् । आफ्नो सुविधा बढाउन जनताको ढाड सेक्नेगरी कर असुली गरिराखेका छन् । अब यसको समाधान केन्द्र सरकारबाटै हुनुपर्छ ।
त्यसतर्फ सरकारको ध्यान नगएको भन्न खोज्नु भएको हो ?
यसमा भन्नुपर्दा हाम्रो यात्रा नै उल्टोबाट भयो । भालुले रुख चढेजस्तो यात्रा भयो । केन्द्र र प्रदेशको चुनाव भएपछि स्थानीय चुनाव गराउनु पथ्र्यो । एकथान चुनाव गराउँदा वीरता मानिएको थियो । चुनाव गराइयो भनेर आफूले आफ्नै पिंठ्युमा ढाप दिने काम त्यतिबेला भयो । एक ढेड वर्षको घटना न हो यो, त्यसबेला सबै तहको चुनाव गराइयो, यति चरणको चुनाव गराइयो भनेर दम्भीत हुने स्थिति थियो ।
तर त्यो उल्टो यात्रा भयो । अहिले ति तिनै तह व्यवस्थापन गर्न सरकारलाई सकस भइराखेको छ । केन्द्रीय कानुन बनाउँदा संविधान अनुुसार बन्नुपर्ने हो। यही केन्द्र र संघीय चुनाव पहिले भएको भए केही कानुनहरु संघीय अथवा केन्द्रीय संसदले पहिला बनाउथ्यो होला । त्यसपछि दोस्रो चरणमा गएर चाँही कानुन नै नबनिकन स्थानीय तहको चुनाव भयो ।
स्वयम स्थानीय तहलाई आफ्नो काम, कर्तव्य र अधिकार केही पनि थाहै नभई चुनाव भइहाल्यो । समग्रमा यो उल्टो यात्राको दोष हो । पहिला चुनाव हुनुपथ्र्यौ केन्द्रको र प्रदेशका अनि अन्तिममा हुनुपथ्र्यो स्थानीय तहको निर्वाचन । त्यसैले गर्दाखेरी अब कानुनहरु बनेनन् भनेर रोइकराई गर्नुको कुनै औचित्य छैन ।
करको बारेमा यत्रो विरोध भइरहँदा स्थनीय तहमा किन मौन छन् त ?
उनीहरु त किन मौन नहुनु त । त्यही करबाट सुविधा उपभोग गर्न पाइराखेका छन् । यो सब पछाडीको कारण भनेको एक थरीको प्रदेशलाई अधिकार बिहिन बनाएर स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने विचारबाट ओतप्रोत भएकोले हो । हामीले नेपाली जनतालाई के दिएका छौं र निर्ममता पूर्वक कर लगाइयो ? कुन सुविधा दिएका छौं ? कति अनुदान कृषिमा, मलमा दिएका छौं ।
कुन क्षेत्रमा के सुविधा दिएका छौं र जथाभावी रुपमा जे चिजमा पनि कर लगाउने ? जे मा नि कर लगाएर हुन्छ । मलामी जाँदाको पनि कर लगाएर हुन्छ ? तीनै तहबीच समन्वय र सहकार्यको कमीको नतिजा हो यो । स्थानीय तहको गलत बुझाइका कारण पनि करमा यस्तो अराजकता भएको हो ।
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...
1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...