
काठमाडौं । देशभरि बाढी र पहिरोले वितण्डाले किसान मारमा परिरहेका बेला सरकारले राहत आश्वासन बाहेक केहि नदिएको लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै कर्णले राज्यको तीनवटै निकाय पंगु भएको जिकिर गरे । राजनीतिमा अदालत प्रवेश गरेकाले अहिले अदालतमा पनि राजनीति प्रवेश गरेको टिप्पणी कर्णको छ । अहिले देखिएको अदालतभित्रको समस्या समाधान कोर्टले नै गर्नुपर्नेमा भन्दै उनले सुधार आउँछ भने रजनताले मान्छन् भने प्रधानन्यायाधीशले राजीनामा दिनु पर्ने कर्णले तर्क गरे ।
यो बेथिति अन्यका लागि महाभियोग लगाउनु पर्ने तर आफुसंग शक्ति नभएकाले चुप लागेर बसेको बताए । साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा छलफल नभएको बताइन् । न्यायापालिका जन आत्माको केन्द्रविन्दु भएको भन्दै उनले न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने तर्क गरिन् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका शक्ति पृथीकरणअनुसार चल्नुपर्नेमा उल्टो बाटो हिड्न थालेकाले खबरदारी गरिन् । जनताको आवाज बुलन्द पार्ने थलो संसद् अधिवेशन अन्त्य भएको बताईन् ।
उनले भनिन्, ‘जनताका यावत समस्या छन, त्यसको बारेमा हामीले आफ्ना कुरा राख्न पाएनौं । संसद् प्रतिपक्षीको हो । समाधानको लागि सभामुखले पहल पनि गर्नुभयो । समाधानको उपाय खोज्नुभयो । तर, प्रतिपक्षले विरोध गरिरह्यो । जनताका मुख बन्द भए । हाम्रा आवाज बन्द भए । हामीले केही नबोली यो संसद् अधिवेशन अन्त्य भयो ।’
न्यायालयमा राजनीति घुसाएर प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायालयलाई ध्वस्त पार्न खोजेको स्वतन्त्र नागरिक समाजले निष्कर्ष निकालेको छ । कार्यक्रममा बोल्दै इतिहासकार डा.प्रेमसिंह बस्नेतले सर्वोच्च अदालतमा वकिलहरुको समुह भित्रै शुक्रबार वकिलले कुटाई खाएको प्रति ध्यानाकर्षण गराए ।पुर्वप्रधानन्यायाधीश शुशिला कार्कीको आलोचनासमेत गरेका बस्नेतले कार्कीको व्यवहारले सबै लज्जित हुनुपरेको टिप्पणी गरे ।
खलपात्रले उचालेर न्यायालयको धज्जी उडाएको र न्यायालयभित्रै वकिल कुटिनुमा आपत्ती प्रकट गरे । नेपाल बार एसोशियसन आफै गुण्डागर्दीमा प्रस्तुत भएकोले खबरदारी गरे । कार्यक्रमा स्वतन्त्र नागरीक समाजका संयोजक हेम बिक्रम सिलवालले राजनीतिक दलहरुको भागवण्डामा विश्वासको धरोहर सर्वोच्च अदालत यो अवस्थामा आएको जिकिर गरे । राजनीतिक दलहरु पुर्णरुपमा असफल भएको सिलवालको ठहर छ ।
Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.
El panorama de los casinos en línea está lleno de opciones, pero de vez en cuando surge una marca que...
Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...