१३ वर्षिय बालिका बलात्कार र हत्या प्रकरणले अहिले कञ्चनपुरमा निकै तनाव भईरहेको छ । प्रशासनले नै ढाकछोप गरेको र निर्दोष मानिस पक्रेर प्रशासन उम्किन खोजेको भन्दै सर्वसाधारणले सडकमा आन्दोलन, चक्काजाम, आगजानी गरेका कारण प्रहरी अन्धाधुन्ध गोली चलाउँदा आन्दोलनकारीको मृत्यु समेत भएको हुँदा यतिखेर कञ्चनपुर रणभूमीमा परिणत भएको अवस्थामा उक्त क्षेत्रका प्रभावशाली नेता भीम रावलसँग पत्रकार ऋषि धमलाले घटनाबारे गरेको कुराकानीको सम्पादीत अशंः
भिम रावल– नेता, नेकपा
महेन्द्रनगरमा भएको निर्मला पन्तको हत्या काण्डबारे तपाईले केही पनि बोल्नु भएको छैन नि ?
तपाई गलत कुरा गर्दै हुनुहुन्छ । मैले त्यहाँ भएको घटनाको बारेमा निन्दा गरिरहेको छु र मैले आफ्नो ठाउँबाट हत्यारालाई जुनसुकै हालतमा पनि छुट दिनुहुन्न भनेर बारम्बार त्यहाँको प्रशासनलाई भनिरहेको छु ।
हत्या र अपराधको नाममा राजनीतिकरण गरेर नेपाली काँग्रेसले केही व्यक्तिहरुलाई अनावश्यक रुपमा उक्साएको प्रति सतर्क रहन मैले भनिरहेको छु । त्यहाँ हामीले हाम्रा स्थानीय जनप्रतिनिधिहरु, सांसदहरु सबैले त्यो अपराधी कुनै पनि हालतमा छुट्नु हुँदैन भनेर बारम्बार भनिरहेका छांै तर त्यहाँ अपराधको नाममा केही व्यक्तिहरुले आफ्नो राजनैतिक स्वार्थपूर्ति गर्नको लागि जनतामा गलत सूचना प्रवाह गर्ने र अपराधीलाई उम्काउने उद्देश्यबाट त्यहाँ राम्ररी अनुसन्धान गर्न नदिने जुन काम भइरहेका छन्, त्यसप्रति पनि सचेत रहन मैले भनेको छु ।
यो घटनामा नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताको संलग्नता रहेकोले घटनालाई मोड्न खोजिएको आरोप छ नि ?
घटनामा कसरी नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताको संलग्नता हुन्छ ? त्यो अपराधिक घटना हो, त्यो निन्दनिय घटना हो । नेपाल सरकारको तर्फबाट त्यसको उचित छानविन हुनुपर्छ । गृह मन्त्रालयले ५ सदस्यीय छानविन समिति बनाएको छ । अब त्यस समितिले यथार्थ घटनालाई हेर्नुपर्छ । त्यहाँका प्रशासक, प्रहरीहरु सबैले निष्पक्ष रुपमा छानबिन गर्न सहयोग गर्नुपर्छ ।
तर नेपाली काँग्रेसका केही मानिसहरुले जनतालाई उत्तेजित बनाएर अपराधमाथि ढाकछोप गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र त्यहाँका जनप्रतिनिधिहरुलाई आक्रमण गरिरहेका छन् त्यो निन्दनीय छ ।
घटना भएको यति समय बित्दासम्म पनि सरकार किन कानमा तेल हालेर बसिरहेको छ ?
कानमा तेल हालेर बसेका होइन । प्रदेश नं. ६ को आन्तरिका मन्त्रालयबाट त्यहाँका मुख्यमन्त्रीजीले त्यहाँका प्रशासकहरु, प्रहरीहरु सबैलाई त्यसको निष्पक्ष छानविन गर्न भन्नुभएको छ । नेपाल सरकारको तर्फबाट यसभन्दा अगाडि केन्द्रबाट पनि विशेष अपराध अनुसन्धान टोली त्यहाँ खटाइएको थियो । उसले पनि अनुसन्धान गरेको छ ।
त्यतिले मात्र नपुगेर नेपाल सरकारले गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा छानविन समिति बनाएको तपाईलाई जानकारी छँदै छ । त्यसकारण अपराधी कुनै हालतमा छुट्नुहुन्न तर कुनै ठाउँमा अपराधिक घटना घटेपछि अब राजनीतिमा कुनै नीति तथा कार्यक्रम नभएपछि नेपाली काँग्रेससँग सम्बद्ध केही व्यक्तिहरुले अनुसन्धानमा बाधा हाल्न मान्छेलाई उचाल्ने जुन काम गरिरहेका छन् त्यो चाँही उचित होइन ।
तर सडकमा त जनता उर्लेका छन् नि काँग्रेसका कार्यकर्तालाई आरोप लगाउन मिल्छ र ?
हो, जनताहरु आएका छन् । जनताहरुलाई हामीले काँग्रेसका कार्यकर्ता भनेका होइनौं । आम जनताहरु अपराधीलाई कडा भन्दा कडा कारर्वाही होस् भनेर नै जनताहरु सडकमा आएका हुन् । त्यो कुरा साँचो हो । तर केही व्यक्तिहरुले अन्यन्त्र मोडेर अपराधी माथि पर्दा हाल्ने, ढाकछोप गर्ने र त्यसलाई राजनीतिक रङ्ग दिएर स्वार्थपूर्ति गर्न केही मानिसहरु पृष्ठभूमिमा काम गरिरहेका हामीलाई जानकारी प्राप्त भएको छ ।
बहुमतको सरकार छ, अपराधीलाई कारर्वाही गर्न केले रोकेको छ ?
यहाँबाट केन्द्रीय अनुसन्धान टोली गएको थियो । त्यो पनि पर्याप्त नदेखिएर जनताले थप अनुसन्धानको माग गरेको हुनाले गृहमन्त्रालयले पाँच सदस्यीय छानविन समिति नै बनाइ सक्यो । त्यहाँको सिडियो प्रहरी प्रमुख समेत परिवर्तन गरिएको छ । नेपाल सरकारले उक्त घघटनालाई गम्भिर रुपमा छानविन गर्न खोजेको प्रष्ट रुपमा देखिन्छ । केही कारर्वाही पनि हुन्छ ।
यतिका दिन बितिसह्यो घटना भएको कसरी गम्भीर रुपमा छानविन गरेको भन्न सकिन्छ र ?
सत्यतथ्य पत्ता लगाउन यदि प्रहरी प्रशासनबाट केही कमी कमजोरी भएको छ, कसैलाई ढाकछोप गर्न खोजेको छ भने ति सबैलाई झिकेर गृहमन्त्रालयले अर्को छानविन समिति बनाएको हो नि ।
तर प्रहरी प्रशासन विरुद्ध नै आन्दोलन चर्किएको छ नि नि ?
स्थानीय रुपमा दुइ वटा कुरा छन् । एउटा, बलात्कारपछिको निर्मम हत्यामा त्यसको अनुसन्धानमा कुनैपनि असर नपारोस् भन्ने जनताको स्वच्छ भावना छ । म त्यसको कदर गर्छु ।
अर्कोतिर त्यहाँ केही व्यक्तिहरु के गरि राखेका छन् भने त्यसैलाई आधार बनाएर गलत सूचना दिएर जनतालाई भड्काएर त्यसलाई अन्यन्त्र मोडेर वास्तविक अपराधमाथि छानविन हुन नदिने र आफ्नो राजनीति स्वार्थपूर्ति गर्ने लागि परेका छन् । तर त्यो सरकार गलत हो । बलात्कार अनि त्यसपछि निर्मम हत्या जस्तो जघन्य अपराध गर्ने सँगसँगै अपराध ढाकछोप गर्ने, घटनाको फाइदा उठाउन खोज्ने लगायतकालाई पनि कारर्वाही हुनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ ।
Looking for a casino that thrives on adrenaline and fast results? PartySpins offers a high‑energy environment where every spin, bet,...
1. L’Excitation Vertigineuse d’AviaMasters AviaMasters est un titre de style crash qui propulse les joueurs dans une arène au ciel...
In a world where time is gold, Methspins Casino keeps the action tight and the payouts quick. Whether you’re waiting...