जनताका चाहना, आकांक्षालाई समेट्न नसकेका कारण शक्ति तथा संख्याले मात्रै कुनै दल र सरकार बलियो हुँदैन  – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

जनताका चाहना, आकांक्षालाई समेट्न नसकेका कारण शक्ति तथा संख्याले मात्रै कुनै दल र सरकार बलियो हुँदैन 

सिपी मैनाली–महासचिव नेकपा माले

नेपालको राजनीतिक यात्रामा निकै लामो संघर्ष र उतरचढाबबाट आएका वामपन्थी नेता सिपी मैनाली राजनीतिक रुपमा स्पष्ट वक्ताको रुपमा चिनिनु हुन्छ । सबै कम्युनिष्टहरु एकै थलोमा उभ्याउने प्रयासमा केही समय अगाडि उभिनु भएता पनि नेकपामा एमाले र माओवादी केन्द्रको एकीकरणमा नीतिगत रुपमै मैनाली बाहिरिनुभयो ।

नेपालको राजनीतिलाई निकै गहिरो रुपमा विश्लेषण गरिरहनु भएका सिपी मैनाली नेकपा मालेका महासचिव हुनुहुन्छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको सरकारका गतिविधि र वर्तमान राजनीतिक अवस्थाको बारेमा नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले नेकपा मालेका महासचिव सिपी मैनाली सँग गरेका कुराकानीको सम्पादीत अशः

नेपालको राजनीतिक अवस्थालाई यहाँले कसरी मूल्याकंन गरिरहनु भएको छ ?
वर्तमान अवस्थामा सत्ताधारी दलले देशलाई समृद्धि, विकास, स्वतन्त्रता, सार्वभौमसत्ता रक्षाको बाटोमा लैजान्छु भनिरहँदा पनि मुलुकमा निकै अनिश्चितताहरु बढ्दै गएका छन् । त्यसमाथि पनि अहिले नयाँ–नयाँ समस्याहरु देखा पर्दैछन् ।

जस्तो की केही समय अगाडी मधेश स्वतन्त्र देश हो, नेपालको होइन भन्ने एउटा विखण्डनवादी प्रवृति एकदम शक्तिको साथ प्रस्तुत भएको देखियो । त्यसलाई सम्बोधन गर्न सरकारले लिनुपर्ने राजनीतिक नीति लिन नसक्नाले अरु अनिश्चितता र जटिलताहरु थपिदै गएका कारण देशको वर्तमान अवस्था अलमलमा देखिन्छ ।

वर्तमान प्रधानमन्त्रीले देश र जनताको लागि मात्रै काम गर्छु भनिरहँदा तपाईले विश्वास किन नगर्ने ?
भन्न त नभनेका होइनन्, मैले पनि सुनेको छु । पहिलेको माओवादी केन्द्र र एमाले पार्टी मिलेर डबल नेकपा पार्टी बनेको छ । त्यसमा पनि बलियो दुई तिहाइ बहुमत छ । सरकार दुई तिहाइ बहुमतकै छ, यो कुरा नबुझेको होइन । ६ वटा प्रदेशमा डबल नेकपाको सरकार छ । ७ नं. प्रदेशमा पनि सहयोगी दलको सरकार छ । अधिकांश स्थानीय तहमा पनि उनीहरुकै सरकार छ । यति धेरै शक्ति समर्थन उसले पाएको छ ।

तर किन हो किन यो पार्टीमा आफ्नै सिद्धान्तप्रति बेइमानी रहेकोले जनतामा र राष्ट्रका हितहरुप्रति बेइमानी रहेकोले जनताका सामान्य आकांक्षालाई पनि सम्बोधन गर्न सकेको छैन । यो पार्टीभित्रका गुटबन्दी र स्वार्थ समूहका लडाइहरुले गर्दा देशमा अनिश्चितता छाएको छ । उनीहरुले घोषणा गरे अनुरुपको, प्रतिबद्धता अनुरुपको नत ठुला काम गर्न सकेका छन्, नत जनताका चाहना आकांक्षालाई नै समेट्न सकेका छन् । त्यसकारण शक्ति र संख्याले मात्रै कुनै दल, कुनै सरकार बलियो हुँदैन ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भनेको राजनेता हो, विकास र समृद्धि उहाँले गर्न सक्नुहुन्छ भनेर कुनै समय तपाई आफैँले नै भन्नुभएको होइन र ?
त्यस्तो त होइन, त्यस्तै–त्यस्तै के भनेको थिएँ भने यो भन्दा अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुनुुभयो । त्यसबेलाको राष्ट्रियतामाथी चर्को विदेशी हस्तक्षेप भएको स्थिति थियो, नाका बन्दीको स्थिति थियो र सम्पूर्ण देशवासीहरु, राजनीतिक दलहरु, नाकाबन्दीको विरोधमा उभिएका थिए । हामी पनि उभिएका थियौ र सरकार सुदृढ थियो । त्यसबेला त्यो भावना अनुसार काम गर्न केपी शर्मा ओली तयार हुनुहुन्थ्यो ।

मैले त्यतिबेला राष्ट्रवादी सरकार भनेको थिए । यद्यपी मैले राजनेता केही नभने पनि यो राष्ट्रवादी सरकार हो र यसले अहिलेको समयमा राष्ट्रका आवश्यकता अनुसारका नीतिहरु लिएको छ र यसलाई साथ दिएर अगाडि जानु देशको आवश्यकता हो भनेर मैले भनेकै हुँ । त्यसपछि धेरै बाग्मतिमा पानी बगिसकेको छ । आम निर्वाचन भयो । आम निर्वाचनमा केपी शर्मा ओली एक्लै हिड्न खोजे ।

त्यसैले २ नं. प्रदेशको चुनावमा जुन ढङ्गले एमाले चौथो, पाँचौं तहमा झ¥यो, त्यसपछि एमालेमाथि भित्रबाट, बाहिरबाट तर्साउने प्रयत्नहरु भए र उनी आफैं पनि आफ्नो शक्ति खतम हुने र प्रतिनिधिसभाको संघीय चुनाव र प्रदेश सभाको चुनावमा त्यस्तै गतिमा २ नं. प्रदेशकै स्थानीय चुनावकै स्थितिमा पु¥याइदिने हुन् की भन्ने डरले केपी शर्मा ओली आतंकित भएका थिए र त्यो स्थितीमा उनले अन्धाधुन्द सिद्धान्त र रणनीति नमिले पनि सारा विवादलाई तन्नामुनी छोपेर उनी गठबन्धन गर्न पुगे ।

त्यो गठबन्धन कुनै सिद्धान्तनिष्ठ गठबन्धन राजनीतिक मान्यतायुक्त गठबन्धन थिएन । राजनीतिक स्वार्थ प्रेरित गठबन्धन थियो । जेठ ३, २०७५ मा पार्टी पनि एकीकरण गर्न पुगे ।

तपाई पनि त त्यतिबेला नेकपा पार्टीको एकताको पक्षमा हुनुहुन्थ्यो नि होइन र ?
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हामीसँगको सहकार्यलाई नै अस्वीकार गरिसकेका थिए । २०७४ असोज ११ का दिन उनकै निवासमा गएर कुरा गर्दा उनले नेकपा मालेलाई विघटन गर्ने कुरा अगाडि सारेका थिए । बातचितनै नगरिकन, कुरै नमिलिक विघटन गर्ने कुरालाई स्वीकार गर्ने त के कुरा बहस गर्ननै अनुचित हुन्थ्यो । मैले पार्टीको तर्फबाट प्रतिवाद गरेको थिए ।

हामी त्यसबेला त्यो एकताको नजिक त टाढाको कुरा हो, सहकार्यमा समेत हामी स्वीकृत भइरहेका थिएनौं । किनभने हामीले त्यसबेला भन्थ्यौ कि देशमा रहेका सबैखाले देशभक्त, शक्तिहरु चाहे तिनीहरु बामपन्थी देशभक्त, प्रजातान्त्रिक वा राष्ट्रवादी देशभक्त हुन्, यि सबैखाले देशभक्त निकट भएर काम गर्नु जरुरी छ । किनभने अन्तर्राष्ट्रिय स्थिति एकदम द्धन्द्धग्रस्त छ । त्यो द्धन्द्धको केन्द्र एसिया भएको छ । त्यसमा पनि हाम्रो नेपाल भएको छ । द्धन्द्धको एक पक्षमा संयुक्त राष्ट्र अमेरिका र भारत उभिएका छन् भने अर्को पक्षमा चीन उभिएको छ, त्यसको बीचमा नेपाल अर्थात् हामी रहेका छौं । त्यसले गर्दा देशमा बाह्य शक्तिको विस्तारवादी, साम्राज्यवादी शक्तिहरुको हस्तक्षेप बढिरहेको छ ।

त्यो चर्को बाह्य हस्तक्षेपको विरुद्धमा एक रङ्गका शक्तिहरु मात्रै उभिएर हुँदैन । सबै रङ्गका देशभक्तहरु खडा हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । यो मान्यतामा केपी शर्मा ओली र प्रचण्डहरु सहमत हुन सकेनन् । त्यसकारण हामी उनीहरुसँग सहकार्यमा पनि थिएनौं र हुन पुगेनौं । त्यसैले नेकपा माले पनि नेकपा पार्टीको एकतामा निकट थियो भन्ने कुरा चाँही वस्तुगत थिएन । उनीहरु जुन ढङ्गले अगाडि बढे आफ्नो शक्ति र स्वार्थका निम्ति अगाडि बढे । उनीहरुले घोषणा गरेका चुनावी घोषणापत्रहरु, प्रतिबद्धताहरु लागु नगर्नु मात्रै होइन । उनीहरुले जनताका आकांक्षा पुरा गर्न सकेनन् । जतिसुकै राष्ट्रवादी कुरा गरेपनि भारत र नेपालको बीचमा सम्बन्ध सुध्रियो भनेर जति नै रिङ्ग हाकेपनि अस्ति अन्तिम पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपाललाई थप ४ वटा हवाई रुट दिने सहमति भएको थियो । त्यो आजसम्म कार्यान्वयन हुन सकेन ।

छिमेकीसँग सम्बन्ध सुध्रियो भनेर जतिसुकै रिङ्ग हाकेपनि भारतले प्रतिबद्धता जनाइ सकेको सहमतिबाट किन पछि हट्यो ? यसैबाट थाहा हुन्छ सम्बन्ध कति सुध्रिएछ ? जतिसुकै राष्ट्रभक्तिको कुरा गरेपनि केपी शर्मा ओली दोस्रो चोटी चीन भ्रमण जाँदाखेरी उनले ३५ वटा योजनाहरुलाई कुन मोडालिटीले, कुन तरिका वा हिसाबले तिनीहरुलाई लगानी गर्ने भन्ने योजनानै तयार नगरीकन हचुवामा कुरा गरेका छन् । त्यस विषयमा सुनाउने काम बाहेक एउटा पनि योजनाको प्रक्रिया मुताबिक कुरा अगाडि बढेको छैन । यो राष्ट्रवादको कुरा पनि सुविधाको कुरा हो, फाइदा र लाभको कुरा हो ।

जे–जे कुरामा लाभ मिल्छ, फाइदा मिल्छ त्यसमा राष्ट्रवादको झण्डा गाड्ने हो । आफुलाई लाभ हुने कुरा भए देशलाई अहित हुने भएपनि त्यसको विरोध नगर्ने हो । त्यस्ता नक्कली कुरा बोकेर अगाडि बढेको बाम गठबन्धन छ । यो गठबन्धनले आफुलाई नै सम्हाल्ने, आफ्नै हैसियत र स्थितिलाई टिकाउने बाहेक जनताप्रति राष्ट्रप्रति यसको कुनै चिन्ता नभएकोलेनै देशमा अनिश्चितता र असन्तुष्टि फैलिएको हो । संख्या जतिनै पाएपनि संख्या भनेको इट्टाको थुप्रो जस्तो हो, त्यसलाई जोड्ने मसला भएन भने इट्टा जोडिदैन । त्यसैले जतिसुकै धेरै भएपनि सिमेन्ट बालुवा सहितको मसला छैनभने इट्टाले मात्रै भवन निर्माण हुन सक्दैन । त्यही स्थिति अहिले नेकपा पार्टीभित्र रहेको छ ।

त्यसो भए यो सरकारले जनताको मन जित्न नसकेकै हो त ?
सक्छ, सक्दैन भन्दा पनि सकिरहेको छैन । किनभने राष्ट्रका हितहरुलाई रक्षा गर्ने महत्वपूर्ण ठूला कुरामा सरकार चुकेको छ र साना कुरामा पनि जनताका आवश्यकता र आकांक्षा पूर्ति गरेको छैन ।

केही–केही कुरा सुरु गरेपनि बीच बाटोमा नै छोडिदिएको छ । चाहे भ्रष्टाचार विरोधी कुराहरु भन्नुस्, चाहे विभिन्न किसिमको सिन्डिकेटलाई रोक्ने र जनताको हित गर्ने कुरा भन्नुस् । अहिले देखिरहनु भएको छ । यति धेरै महङ्गी बढेको छ । पेट्रोलियम पदार्थको मूल्य मात्रै होइन, अरु सबै कुराहरुको महङ्गी बढिरहेको छ । बिचौलिया प्रवृति हावी छ, अशान्ति र असुरक्षा यति धेरै बढेको छ । एउटा लाटो मान्छेले पनि अपराधी छुट्टयाउन सक्ने गरी तिन महिना अगाडि कञ्चनपुरमा भएको बालिका निर्मला पन्तको बलात्कार पछिको हत्याको केसमा अपराधीको छेउमा पनि यो सरकार पुगेर पनि काम गरिरहेको छैन ।

तर केही दिन अघि गृहमन्त्रालयले एस.पी विष्ट र इन्स्पेक्टर भट्टलाई त बर्खास्त ग¥यो नि ?
त्यो गर्नु एउटा कुरा हो । उनीहरुले प्रमाण रक्षा गर्न सकेनन्, प्रमाण खोज्न सकेनन् भनेर उनीहरुलाई कारवाही गरेपनि वास्तवमा जुनजुन व्यक्ति चर्चामा आएका छन्, उनीहरुमाथी अनुसन्धान केन्द्रित गरेर त्यो रहस्यलाई खोल्नका निम्ति सरकार अगाडि बढ्नुपर्ने हो तर यस कुरामा सरकारनै पूर्ण रुपमा तयार छैन । जुन घरमा निर्मला पन्त अन्तिम पटक जिउँदै पुगेकी थिइन, त्यो घरबाट जिउँदै निस्केको कसैले देखेको छैन ।

अन्यत्र नै बलात्कार गरेर हत्या गरी फालिएको स्थिति देखिन्छ । त्यो बलात्कार पछिको हत्या हुने ठाउँ कुन हुनसक्छ भन्ने विषयमा लाटो मान्छेले पनि बुझिसकेको कुरा छ । तरपनि किन ति व्यक्ति र ति स्थानमा केन्द्रित भएर अनुसन्धान गर्दै दोषी पत्ता लगाउन अगाडि बढ्दैन ? वास्तवमा दोषीहरु माथि केन्द्रित भएर अनुसन्धाननै भएको छैन । आशंकित व्यक्ति र स्थानमा केन्द्रीत भएर अनुसन्धान सुरुनै गरिएको छैन । वास्तवमा दोषी पत्ता लगाउने ढङ्गले सरकारले काम गरिरहेकोनै देखिदैन ।

अन्तमा आजको नेपाली राजनीतिमा साना–तिना पार्टीको अस्तित्व समाप्त भएको जस्तो लाग्दैन यहाँलाइ ?
हामी चुनावमा विभिन्न कारणले गर्दा हाम्रो एजेण्डामा आफ्नो स्वामित्व स्थापित गर्न त्यस वापत जनताको समर्थम लिन सकेनौं । त्यसका धेरै कारणहरु छन् म अहिले त्यतापट्टि जान चाहन्न । वैद्य र नेत्रविक्रम चन्द जस्ता कतिपय शक्तिहरु छन् । उनीहरुले हामीहरुलाई संसदवादी देख्दा रहेछन् । उनीहरुले आफुलाई खाँटी माक्र्सवादी, लेनिनवादी र क्रान्तिकारी देख्छन्, जबकी हामी उनीहरुको नीतिमा रहेका उग्रता मनोगतबाद पनि देख्छौं । उनीहरुका नीतिले बाह्य पक्षलाई सेवा गरिरहेको पनि देख्छौ । हामीलाई लाग्छ की नेपालका विशिष्टता अनुरुप माक्र्सवादलाई प्रयोग गर्ने र समाजको परिवर्तनको कार्यलाई निर्देशित गर्ने ठाउँमा जानुपर्छ ।

सम्बन्धित समाचार

Stake Casino: Quick‑Play Thrills voor High‑Intensity Gamblers
  • २०७५ कार्तिक १४, ११: ४६

1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७५ कार्तिक १४, ११: ४६

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७५ कार्तिक १४, ११: ४६

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...