डा. शशांक कोइराला –महामन्त्री, नेपाली काँग्रेस
सुशिल कोइराला नेतृत्वको सरकारले नेपालको संविधान २०७२ पारित गराउन सफल भयो । काँग्रेसको नेतृत्वमा आएको संविधानलाई कार्यान्वयन गराउन अडिग भएको काँग्रेस आम निर्वाचनमा भने निकै पछाडि प¥यो । यसरी पछाडि पर्नुको पहिलो कारण दुई ठूला कम्युनिष्ट पार्टी एकिकरण हुनु हो भने, दोस्रो कारण भनेको काँग्रेसको आन्तरिक कलह नै थियो । १३औं महाअधिवेशनमा शालिन र भद्र स्वभावका वी.पी पुत्र डा. शंशाक कोइराला महामन्त्रीमा विजयी भई सकेपछि पार्टीको आन्तरिक कलह मिलाउन लागि परेका भएपनि आजसम्म सफल हुन सकेका छैनन् ।
काँग्रेस पार्टीभित्र गुट–उपगुटको अन्त गर्दै पार्टीको आन्तरिक व्यवस्थापन मजबुत बनाउन भन्दै जिल्ला–जिल्लादेखि केन्द्रका नेताहरुलाई मिलाउन लागि परेका महामन्त्री डा. शंशाक कोइरालासँग काँग्रेसले आयोजना गरेको चियापान तथा शुभ–कामना आदान–प्रदान कार्यक्रमका दिन नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अशंः
नेपाली काँग्रेस अहिलेको अवस्थामा के गरिरहेको छ ? तपाइहरु कार्यकर्ताको भावना अनुसार चल्नुभएको छैन भन्छन् नी ?
नेपाली काँग्रेसको अहिलेको चाहना भनेको पार्टीभित्रको एकता हो । नेपाली जनताले काँग्रेसलाई दिएको मतको आधारले हेर्ने हो भने हामी धेरै पछाडि छैनौ । हामीले अलिकति प्रयास ग¥यौ भने उनीहरुलाई उछिन्न सक्ने सम्भावना धेरै छ ।
अहिलेको अवस्थामा नेपाली काँग्रेस पार्टीभित्र एकले अर्काको अस्तित्व स्वीकार्ने सकिरहेको देखिदैन नी, तपाईलाई के लाग्छ ?
महाधिवेशन भन्दा पहिलेनै पार्टीभित्र एकता गर्नुपर्ने आवश्यकता म देख्छु । मेरो प्रथम प्रयास के रहन्छ भने यो नेपाली काँग्रेस पार्टीलाई एकजुट बनाएर अधिवेशनमा जाने र त्यसपछिका राजनीतिहरु नेपाली काँग्रेसको पोल्टामा आउँछ भन्ने कुरामा म विश्वस्त छु ।
तपाई विश्वस्त भएर मात्रै भएन नि, जनताले पनि विश्वास गर्नु प¥यो नि होइन र ?
अहिलेको अवस्थामा नेपाली काँग्रेस पार्टी चारैतिर फर्केको देखिन्छ । हाम्रो महाधिवेशन नजिकै आउँदै गर्दा गुट–उपगुट महाधिवेशनसम्म मात्रै रहन्छ । त्यसपछि त पार्टीभित्र एकता हुन्छ । अनि जनतामा पनि एक किसिमको उत्साह आउँछ भन्ने लाग्छ ।
काँग्रेस पार्टीभित्र महाधिवेशन अघि कसरी एकता देख्नुहुन्छ ?
महाधिवेशनको समयमा सभापति यसलाई बनाउने, उसलाई बनाउने भन्ने कुरामा केही धुर्वीकरण हुन सक्छ । महाधिवेशन समाप्त भइसकेपछि पार्टी एक हुन्छ, त्यसमा विश्वास राख्नुस् । पार्टी एक कसरी हुन्छ भने दुई तिहाइको दम्भ भएको कम्युनिष्टहरुसँग भिड्नु छ, उनीहरुसँग प्रतिस्पर्धा गर्नु छ । त्यो गर्नको लागि नेपाली काँग्रेसको भविष्य त त्यसैमा भर पर्छ नि । त्यसैले एकताबद्ध भएर हामी जानुपर्छ । महाधिवेशन यस्तो अवसर हो की पार्टी सभापति अरु पदाधिकारीहरुको चयन हुन्छ, त्यसमा समूह भइहाल्छ । त्यसैले त्यो भन्दा पहिले एकजुट गराउन सक्ने सम्भावना म कम नै देख्छु ।
नेपाली काँग्रेसका हरेक कार्यकर्ताको चाहना नेपाली काँग्रेस पार्टी एकजुट हुनुपर्ने भन्ने छ । मैले जतिपनि कार्यकर्तालाई भेटेको छु, उनीहरु के भन्छन् भने तपाइहरु केन्द्रमा किन द्धन्द्ध गर्नुहुन्छ ? हामी गाउँमा त एकै ठाउँमा बसेका छौं । मैले के भन्ने गरेको छु भने तपाइहरु यसरी नै एकै ठाउँ बस्नुस् माथिको काम हाम्रो जिम्मेवारी हो । हामी एक बनाउँछौं भनेको छु । तसर्थ आउँदो महाधिवेशनपछि पार्टी एक हुन्छ । अहिले म साथीहरुसँग भेट्दै छु । जिल्ला–जिल्लामा जाने क्रम जारी छ । अस्ति भर्खर म चिसापानी गएर आए । त्यहाँका साथीहरुको चाहना पनि नलड्नुस्, एकजुट हुनुस् भन्ने छ । उनीहरुको सुझाव सल्लाह लिएर त हामी अगाडि बढ्छौं । दुई वटा पार्टी मिलेर दुई तिहाइको दम्भ छ, कम्युनिष्टहरुमा उनीहरुको त्यो दम्भलाई तोड्नको लागि पनि नेपाली काँग्रेस पार्टी एकजुट हुनैपर्छ ।
उसोभए १४औं महाधिवेशनपछि को बन्छ त सभापति ?
तपाइलाई भनिसके त उम्मेदवार दिन्छु भनेर, मेरो भनाई के हो भने तिनीहरु सातै जना साथीहरुसँग भेटेर उनीहरुको राय, सुझाव, सल्लाह लियौ न, कसलाई बनाउँदाखेरी उपयुक्त हुन्छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह अनि म शंशाक कोइराला लगायत अरु पनि रहेका छन् ।
तपाई आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पक्का हो ?
बन्ने इच्छा त सबैको रहन्छ नी, मेरो पनि छ । साथीहरुले भोट दिए भने सभापति बन्न पनि सक्छु । उम्मेदवार दिन म पछि हट्दिन । तर अहिलेनै सभापति बन्छु भन्नु इम्याचुअर हुन्छ ।
कोइराला खानदानबाट शेखर कोइराला, सुजाता कोइराला र शंशाक कोइराला मध्ये को बन्छ त सभापतिको उम्मेदवार ?
पहिला त हामी तीन जना एकै ठाउँमा बसेर कुरा गर्नुप¥यो, छलफल गर्नुप¥यो । सुजाताको स्वास्थ्यले दिँदैन । शेखर दादा र म नै हो । दुई जनामा एक जना हामीले निर्णय गर्नुपर्छ । केही मात्रामा हामीबीच छलफल भएको छ । सुजाताले आफैले, मेरो स्वास्थ्यले पनि साथ दिँदैन, त्यसैले तपाइहरु दुई जनामा एकजना लड्नुस् भन्नुभएको छ । तर म र शेखर दादाको बीचमा पनि केही अण्डरइस्ट्याण्डिङ त हुनुप¥यो । हामी दुवै जना सभापतिको उम्मेदवार दिनु त भएन नी । कोइराला परिवार भन्दा पनि मेरो परिवार भनेको काँग्रेस पार्टी हो । हाम्रो रगतको राजनीति मात्र होइन । म हुर्किएको भिम बहादुर तामाङ र शुशिल कोइरालाको काखमा हो । मेरो बुबा त जेलमा हुनुहुन्थ्यो, त्यसैले मैले काँग्रेस पार्टीलाई परिवारको हैसियतले सोच्छु । काँग्रेस परिवारमा ठूलो परिवार छ । सबैसँग राय, सुझाव, सल्लाह लिएर मात्र अगाडि बढ्नुपर्छ भन्ने यो मेरो आफ्नो व्यक्तिगत धारणा हो ।
तर नेपाली काँग्रेस पार्टीले जनताको चाहना अनुसार काम गर्न सकेन भन्छन् नी ?
म यो कुरामा अलिकति विमति राख्छु । किनभने वी.पी कोइरालाले नि प्रयास गर्नुभयो १८ महिना मात्रै चलाउन सक्नुभयो । उहाँले जुन नीतिगत कुराहरु गर्नुभएको छ । जसको जोत उसको पोत भुमिसुधार व्यवस्थाले यो सबै योजनाहरु त्यहाँबाट प्रारम्भ भएको हो । २०४८–२०५१ सम्ममा गिरिजा प्रसाद कोइरालाले धेरै परिवर्तन ल्याउनुभयो । जस्तो कि एउटा मात्रै विश्वविद्यालय थियो, आज १४÷१५ वटा विश्वविद्यालय छन् । एउटा मेडिकल कलेज थियो । अहिले २० वटा मेडिकल कलेज छन् । सात हजार किलो मिटर बाटो थियो आज ८४००० हजार कि.मि बाटो छ । कसले बनायो भन्दा काँग्रेस पार्टीले बनायो । त्यति मात्र होइन । हुनत हामीहरु चाहँदैनौं विदेशमा युवाहरु जाउन । २०४८ सालको खुलातन्त्रले युवाहरु विदेश गए । त्यसले गर्दा रेमिट्यान्सले यो राष्ट्र फेल्ट स्टेटमा आएन, किनभने त्यहाँबाट २५ प्रतिशत बजेट रेमिट्यान्सले आउँथ्यो । १२ वर्षको जनयुद्धले गर्दाखेरी हाम्रो आर्थिक अवस्था एकदमै तल झरिसकेको थियो । गिरिजा प्रसाद कोइरालाले २०४८ सालमा युवाहरुलाई बाहिर जाने पासपोर्टको सुविधा उहाँले दिनुभयो, त्यो आधारमा यो राष्ट्र बाँचेको हो । यो कसैले भन्दैन सत्य कुरा यही हो ।
तर कम्युनिष्टहरुले त नेपाली काँग्रेसले देश अस्तव्यस्त पा¥यो, भ्रष्टाचार ग¥यो भन्ने आरोप पनि लगाउँछन् नि तपाई के भन्नुहुन्छ ?
अहिले सबैभन्दा चरमसिमा भ्रष्टाचार पुगेको छ । कम्युनिष्टहरुलाई दुई तिहाइको दम्भ छ । अहिले यत्रो बलात्कार र हत्याका घट्ना बढिरहेका छन्, तर खोइ त यो सरकारले के गर्न सक्यो, न त अपराधी नै पत्ता लगाउन सक्यो, नत अनुसन्धान पारदर्शी तरिकालेनै गर्न सक्यो । त्यति मात्र होइन नौ महिना भइसक्यो उनीहरुको के खाँका लेराआए त ? आउँदो पाँच वर्षमा कसरी समृद्ध राष्ट्र बनाउन सक्छन् ? समृद्ध राष्ट्र बनाउनको लागि केही खाँका त तयार पार्नुप¥यो नि ? जुन–जुन नीति तथा कार्यक्रमहरु छन्, त्यो पहिले नै आएको कार्यक्रम हो । गौतम बुद्ध एयरपोर्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यो वर्षौ अगाडिदेखि चलिरहेको काम हो । मेलम्चीको पानी भर्खर आउँदै छ, यो त किसुनजीले धेरै पहिला सोच्नु भएको हो । तसर्थ हामीले काम ग¥यौ तर कम्युनिष्टहरु पनि सत्तामा थिए खोइत उनीहरुले गरेको काम कहाँ छ देखाउनुस् त ।
तर कम्युनिष्टहरुले समृद्धि र विकास दिन सुरु गरे भनेर भनेका छन् नी तपाई के भन्नुहुन्छ ?
सुरु भएको भए अहिले तपाईले बोध गर्नुभएको छ, साँच्चै हामी समृद्धितर्फ गइरहेका छौ त ? आकाश छुनेगरी मूल्य वृद्धि भएको छ, त्यसैमाथी करको कुरा छ । आनावश्यक कर गाई, गोरु, बाख्रामा पनि कर के यसरी नै जनतालाई दुःख, महँगी र करको चपेटामा पारेर समृद्धि हुन्छ ? अहिलेको अवस्थामा नेपाली काँग्रेस सरकारमा भएको भए यत्रो मूल्य वृद्धि हुदैनथ्यो नि । त्यो पनि दशै र तिहारको मुखमा मूल्यवृद्धि गरिएको छ । यसले गर्दा सारा जनता महँगीको मारमा परेका कारण यो बहुमतको सरकारसँग चरम असन्तुष्टि बढेर गएको छ ।
नेपाली काँग्रेस पार्टीभित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न सक्नुहुन्छ ? गुट र उपगुट अन्त्य गर्न सक्नुहुन्छ ?
मेरो प्रयास रहिरहन्छ । सक्छु, सक्दिन त्यो त भविष्यले देखाउँछ । तर मेरो प्राथमिकता चाँही ग्रुपीज्म अन्त्य गर्नमा रहन्छ । पार्टीभित्र गुट–उपगुट हुनु हुँदैन । शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मेरो सुझाव के छ भने अबको दिनहरुमा तपाईहरुले युवाहरुलाई पालो दिनुस्, तपाईहरु साइडमा बसेर उनीहरुलाई सहयोग गर्नुहोस् । तपाईहरुले बाटो देखाउनुस्, कस्तो गर्नुपर्ने हो सुझाव दिनुस् । उहाँहरुको व्यक्तिगत इतिहास एकदम ठूलो छ । उहाँहरु धेरै पटक जेल बस्नुभयो, धेरै दुःख पनि पाउनुभयो । अब उहाँहरुलाई एउटा सम्मानको स्थान दिएर उहाँहरुलेनै दिशानिर्देश गर्नुप¥यो । मेरो भनाइ अब चाँही रामचन्द्र पौडेल र शेरबहादुर देउवा अभिभावक भएर बस्नुपर्छ भन्ने हो ।
१४औं महाधिवेशनपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेल अभिभावक भएर बस्न मान्नुहोला त ?
मलाई त लाग्दैन की शेरबहादुर मान्नुहुन्छ । रामचन्द्र दाई पनि तयार हुनुहुन्न । यस बारेमा प्रत्यक्ष रुपमा कुरा भएको छैन । १४औं महाधिवेशनमा रामचन्द्र र शेरबहादुरसँग हाम्रो प्रतिस्पर्धा हुने सम्भावना पनि देख्छु । सभापति बन्नको लागि सबैको साथ र सहयोग चाहियो नि नत्र कसरी सभापति बन्न सकिन्छ । रामचन्द्रलाई मिलाएर जाने मेरो प्रयास रहन्छ ।
तपाईले रामचन्द्र पौडेललाई सहयोग गरेर जाने सम्भावना कति छ ?
रामचन्द्र दाईलाई सहयोग नगर्ने होइन गर्न पनि सकिन्छ । रामचन्द्र दाईले फेरी त्यो प्रतिस्पर्धामा सफल हुनसक्ने सम्भावना म कम देखिरहेको छु । हुनत उहाँले आउँदो २ वर्षमा केही चमत्कार गर्नुभयो भने त्यो अलग कुरा हो । अहिलेको अवस्थामा रामचन्द्र पौडेललाई पार्टी सभापतिमा जित्न सक्ने सम्भावना कम छ । हामी सबै एकजुट भएर लाग्यौ भने मात्र हुन्छ । पहिलो कुरा त साथीहरुसँग छलफल गरेर एउटा निधोमा पुग्नुपर्छ । कृष्णप्रसाद सिटौला पनि महत्वपूर्ण व्यक्ति हो । गिरिजाप्रसाद कोइरालादेखि सुशिल कोइरालासम्म आइपुग्दाखेरी भविष्यमा उहाँसँग पनि कुरा गरेर उहाँको राय, सुझाव, सल्लाह पनि लिनुप¥यो ।
काँग्रेसको महासमितिको बैठकको तयारी के हुँदैछ, कहाँसम्म पुग्यो ?
महासमिति बैठकको तयारी अहिले मस्यौदा समिति बसेर उहाँहरुले छलफल गर्नुभएको छ । त्यो छलफलको आधारमा जुन विवादका विषय हुन्, त्यो केन्द्रीय समितिमा त्यसै लिएर जाने र केन्द्रीय समितिबाट जे निर्णय हुन्छ, त्यसैलाई हामी महासमितिमा लिएर जाने भन्ने कुरा आएको छ । अर्को कुरा के छ भने २१ गतेदेखि २७ गतेसम्म बिदा छ । २८ गतेदेखि मङ्सिर ५ गतेसम्म महासमितिको लागि समय कम भयो, त्यसैले महासमितिको बैठक सर्न सक्ने सम्भावना छ । महासमिति भन्दा पहिले केन्द्रीय समितिले निर्णय गर्नुप¥यो नि, के प्रस्ताव लिएर जाने भनेर यसको लागि ५÷६ दिन केन्द्रीय समितिमा छलफल हुनुप¥यो । ५ गतेदेखि ९ गते भित्रमा हुने भनेको महासमितिको बैठक त्यो मितिमा हुन सक्ने भनेपनि मङ्सिर महिनाभित्र चाँही पक्कै हुन्छ ।
अब नेपाली काँग्रेस सामुहिक नेतृत्वमा जान्छ की, एकल नेतृत्वमा जान्छ, तपाईको विचारमा के लाग्छ ?
म त सामुहिक नेतृत्वमा विश्वास गर्छु, किनभने धेरै नेताहरु छन्, हाम्रो पार्टीमा हामीले सबैलाई बटुलेर एक ठाउँमा राखेको खण्डमा राम्रो हुन्छ । त्यसैले सामुहिक नेतृत्व गरेको नै राम्रो हो भन्ने मेरो धारणा हो ।
सभापतिले पदाधिकारी सबै मनोनयन गर्ने की, सभापतिको मात्रै निर्वाचन गर्ने त ?
यसमा धेरै विवादहरु छ । सबै पदाधिकारीको चुनाव हुनुपर्छ भन्ने एउटा बलियो विचार आएको छ । सभापतिलाई १० प्रतिशत छुट दिने पनि प्रस्ताव आएको छ । यसमा मलाई के लाग्छ भने सभापतिलाई पङ्गु बनाएर सभापति भएको पनि ठिक हुँदैन । केही हदसम्म सभापतिलाई पनि अधिकार दिनुपर्छ भन्ने मेरो धारणा हो । सबै पदाधिकारीहरुको चुनाव गराउने भन्ने अर्जुन नरसिंह के.सीले भन्नुभएको छ । उहाँले यो मेरो बटम लाइन हो, सबैको चुनाव हुनुपर्छ भन्नुभएको छ । यो कुरामा चाँही म अलिकति असहमत छु ।
उसोभए उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमा निर्वाचित हुने की सभापतिले मनोनयन गर्ने ?
यो संख्यामा निर्भर गर्छ । कति ओटा महामन्त्री हुने हो, कति ओटा सहमहामन्त्री हुने हो । आगामी दिनमा काँग्रेसको नीति पनि परिवर्तन हुन्छ । आउँदो दिनहरुलाई समृद्धितर्फ जाने हो भने अब हाम्रो फोकस युवाहरुलाई हुनुपर्छ । युवाहरुलाई कसरी परिचालन गर्ने ? युवाहरुलाई कसरी आकर्षण गर्ने ? राष्ट्र निर्माणका लागि युवाहरुलाई रोजगार सिर्जना गर्नुपर्ने हो । विदेशिनुपर्ने अहिले आवश्यकता छैन । हामीसँग के छैन ? १७ लाख हेक्टर खेतियोग्य जमिन छ र ९ करोड जनतालाई खुवाउन पुग्छ ।
अन्त्यमा तपाईको पार्टी नेपाली काँग्रेसले चियापानको आयोजना गरेर के सन्देश दिन खोजेको हो बताइदिनुस् न ?
नेपाली काँग्रेसले परम्परादेखिनै पार्टीका अग्रज नेताहरुले विजयादशमी पछिको पुर्णिमाको दिन चियापानको आयोजना गर्दै आएको तपाई पत्रकारहरुलाई थाहा भएकै कुरा हो । यस पटक अलिपछि हुनुको कारण हाम्रा नेता चक्रपसाद वास्तोलाको असामयिक निधनको कारण हामीले आज १६ गते चियापानको आयोजना ग¥यौ । भर्खरै सकिएको नेपालीहरुको महान् चाड विजयादशमी, आउदै गरेको दीपावली, छठपर्व, नेपाल सम्वत् लगायत विभिन्न चाडपर्वहरुको पूर्व सन्ध्यामा शुभ–कामना आदान–प्रदान तथा चियापानको आयोजना गरेर सर्बलाई शुभ–कामना व्यक्त गरेका हौं । त्यसैले यो चियापानले नेपाली जनताहरुको बीचमा भातृत्व विकास हुने र पार्टी–पार्टीबीच पनि राष्ट्रिय सहमति कायम हुँदै वी.पी.ले सरुवात गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति अवलम्बन हुने विश्वास लिएको छु, साथै हाम्रो पार्टी नेपाली काँग्रेसभित्र एकतालाई मजबुत बनाउन बल पुग्यो भन्ने लाग्छ । धन्यवाद !
diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...
Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...