डा.शेखर कोइराला–नेता, नेपाली काँग्रेस
नेपाली काँग्रेसलाई महासमितिको बैठकको चटारो लागेको छ । धेरै अगाडिदेखि महासमिति बैठक बोलाउन केन्द्रीय कार्यसमितिको बैठकदेखि जिल्ला, क्षेत्र, गाउँ स्तरको कार्यकर्ताले आवाज उठाइसकेपछि मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महासमितिको बैठक तयारी नभएको भन्दै पुनः पछाडि धकलिएको छ । केन्द्रीय कार्य समितिको बैठकमै समय अभाव भएको भन्दै मङ्सिर २८ गतेलाई प्रस्ताव गरिएको छ ।
काँग्रेसभित्रको महासमितिको बैठकको बारेमा नेता–नेताहरुबीचनै मनमुटाव चलिरहेको बेला काँग्रेसका स्पष्ट वक्ता एवम् काँग्रेसको संगठनलाई चुस्त बनाउन देशव्यापी दौडाहमा लागि परेका डा. शेखर कोइरालासँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः
काँग्रेस पार्टीभित्रको विवाद मिलाएर तपाईहरु एक भएर महाधिवेशन महासमितिमा जान तयार हुनुभएकै हो त ?
नेपाली काँग्रेस पार्टीभित्र के नै विवाद छ र हामीहरु मिलेकै छौं । हाम्रो अहिले मुख्य लक्ष्य भनेको छिटो भन्दा छिटो महासमितिको बैठक गरेर विधान संशोधन गरेर समयमै अधिवेशन गर्ने हो । समयमा अधिवेशन भएन भने नेपाली काँग्रेस कमजोर हुन्छ भन्ने मलाई लाग्छ ।
आजभन्दा एकवर्ष पहिले विजय कुमार गच्छादारले आफ्नो फोरम लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसमा मर्ज गर्नुभयो, त्यो बेला विजयीलाई लिखितमा उचित स्थान भनेको छ भने मौखिकमा नेताहरु बसेर उप–सभापति दिने भनिएको छ । यो राजनीतिक निर्णय हो यसमा धेरै विवाद गरिरहनुपर्ने आवश्यकता छैन ।
विजय कुमार गच्छादारलाई उप–सभापति बनाउनुपर्छ भन्ने कुरा सही निर्णय हो भन्ने तपाईलाई लाग्छ होइन त ?
तपाईहरु अब सही र गलतको कुरामा नजानुस् । तपाईहरुले गर्दा नेपाली काँग्रेस कमजोर बनिरहेको छ । आजदेखि यस्ता कुराहरु गर्न छोड्दिनुस् । मैले के भन्दै छु भने यो राजनीतिक निर्णय हो र उहाँलाई एकवर्ष पहिल्यै गर्दिएको भए हुन्थ्यो नि यो सभापतिकै गल्ति हो ।
पहिला गर्नुभएन अहिले गर्नुभयो, अब यो कुरामा कति विवाद गरिरहनु हरेक कुरामा विवाद गरेर त भएन नी ।
त्यसोभए नेपाली काँग्रेस पार्टीभित्र गुट–उपगुट छैन भनेर भन्न सक्नुहुन्छ होइन त ?
म घोषणा गर्न सक्दिन । गुट–उपगुट छ । तपाईहरुले बुझ्नु भएन विधानमा के कुरा ल्याउने भनेर छलफल गराउनुस्, कहिल्यै गराउनु भएको छ ? विधानमा के–के राख्ने हो त्यो विषयमा मिडियाले छलफल गराउनुप¥यो नि, नेपाली काँग्रेसका केन्द्रीय नेताहरुसँग यो–पो महत्वपूर्ण कुरा हो ।
अहिले केन्द्रीय सदस्यताको विवाद छ एउटा गर्ने की अहिलेकै राख्ने भनेर, त्यसैगरी अधिकारका कुराहरु छन्, पदाधिकारीका कुराहरु छन्, यी कुराहरु तपाईहरुले छलफल बनाउन सक्नु भएको छैन । त्यसैले काँग्रेस बलियो बनाउन तपाईहरुजस्ता मिडियाले पनि भूमिका खेल्नुपर्दछ ।
त्यसोभए पदाधिकारीको संख्या बढाउने की नबढाउने ?
शेरबहादुर देउवा पक्षका विधान संशोधन समितिले अहिले जति पदाधिकारी छन्, त्यति नै राख्ने भन्दै हुनुहुन्छ । अर्को पक्षले होइन पदाधिकारी बढाउनुपर्छ भन्दै हुनुहुन्छ । संस्थापन पक्षले नै दुइवटा उपसभापति गरिसक्नुभएको छ ।
विमलेन्द्र निधि र विजय कुमार गच्छादारलाई गराइसक्नुभयो, भनेपछि दुइवटा उप–सभापति स्वतह हुनेभयो । संस्थापन पक्षको त्यतातिर ध्यान गएको छ कि छैन । कि पेलेर जान खोज्दै हुनुहुन्छ । फेरीपछि एक जना मात्रै राख्ने भनेर भन्नुभयो भने उहाँले पेल्ने नीति लिएको बुझिन्छ ।
त्यसोभए पदाधिकारीहरुको संख्या बढ्छ होइन त ?
संस्थापन पक्षले नै बढाइसकेपछि पदाधिकारीहरुको संख्या अवश्य नै बढ्छ । अर्को कुरा म बताउँछु । धेरै केन्द्रीय सदस्यहरुलाई उहाँहरुले ल्याउनुभयो । अरु अरु पार्टीबाट कसैलाई केन्द्रीय सदस्य दिनुभयो, कसैलाई आमन्त्रित सदस्य दिनुभयो । तरपनि त्यो बेला हामीहरुले विरोध गरेनौ । अन्य पार्टीहरुबाट पनि आएका छन् । विजय कुमार गच्छादारको पार्टी मर्ज गरेको हो । पुरै पार्टी आएको छ नि त नेपाली काँग्रेसमा त्यो कुरालाई ध्यान दिनुपर्छ ।
म त कनिष्ट केन्द्रीय सदस्य हुँ । मेरो कुरा त्यहाँ लागु हुने कुरा पनि भएन मलाई सबैले जुनियर नै भन्छन् । वरिष्ठ नेताहरुले मलाई कनिष्ट नै भन्छन् । हिजोसम्म पनि भन्दै थिए र आज पनि भन्दै छन् । शेरबहादुर र वरिष्ठ साथीहरु बसेर एकवर्ष पहिले निर्णय गरेको हो । मेरो कुरा कसले सुनेको हुन्छ र ? एक्लो बृहस्पति झूठो गराई रहनुभएको छ ।
त्यसोभए नेपाली काँग्रेस महासमितिकिो बैठक कहिले हुन्छ त ?
नेपाली काँग्रेस महासमितिको बैठक मङ्सिर २८ मा भनेको छ । कार्यकर्ताहरुलाई अझैपनि त्यो कुरा विश्वास भइराखेको छैन । अब मङ्सिर २८ बाट पनि सर्ने भयो भने चाँही त्यसले नेतृत्वलाई मात्र होइन, नेपाली काँग्रेस पार्टीलाई नै दुर्भाग्य निम्त्याउँछ ।
नेतृत्वको त निम्तिन्छ नै पक्कै पनि त्यसमा कुनै संका नै छैन । त्यसले गर्दा नेपाली काँग्रेस पार्टीलाई पनि कमजोर बनाउँछ । कार्यकर्ताको भावना विपरित नेतृत्वले यस्तै काम गर्दै जाँदा उहाँहरु त खतरामा पर्नुहुन्छ । पार्टी पनि कमजोर हुन्छ ।
तर पार्टी सभापतिले महासमितिको बैठक बस्नुपर्ने आधार र कारण छैन भन्नुभएको छ नि तपाई के भन्नुहुन्छ ?
भन्न दिनुहोस् । उहाँले के भन्नुहुन्छ त्यो मलाई मतलब छैन । तर केन्द्रीय समितिले निर्णय गरेर मङ्सिर २८ गते भनेको छ । हामीले त अझ तपाईहरुलाई समय चाहिन्छ भने लिनुस् पुसको ५,७,१० कति गतेसम्म लिनुहुन्छ भनेर पनि भनेको हो ।
तर उहाँहरुले नै मङ्सिर २८ गते भनेर भन्नुभएको हो । सभापति लगायत महामन्त्रीद्वय, उप–सभापति, विधान संशोधन समितिका साथीहरु सबैले मङ्सिर २८ सम्म सकिन्छ भनिसकेपछि हामीले विश्वास गर्नुप¥यो । त्यति अविश्वास त म राख्दिन तर मङ्सिर २८ मा महासमितिको बैठक भएन भने नेतृत्वको लागि दुर्भाग्य हुन्छ । ज–जसले यो निर्णय गरेका छन् तिनीहरुको लागि भोलीका दिनमा सहज हुन्छ जस्तो मलाई लाग्दैन् । त्यसको जवाफ उहाँहरुले नै दिनुपर्छ ।
पार्टी सभापतिले महासमितिको बैठक होला नहोला, तर अर्ली महाधिवेशन चाँही समयमा हुँदैन भनेर भन्नुभएको छ नि ?
सभापतिले यस्तो किन भन्दै हुनुहुन्छ भने केन्द्रीय समितिमा उहाँहरुको बहुमत छ भनेर उहाँहरु बोलिरहनु भएको होला । तर एउटा कुरा बुझ्न के जरुरी छ भने सभापतिको केन्द्रीय समितिमा एकदमै राम्रो बहुमत छ तर नेपाली काँग्रेसका महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधिहरु, जिल्ला–जिल्ला, गाउँ–गाउँमा महाअधिवेशनको पर्खाइमा बसिरहेका छन् ।
त्यो महाअधिवेशन २०७६ फागुनभित्र हुनु जरुरी छ भन्ने कुरा उनीहरुलाई थाहा छ । विधानमा नै लेखिएको छ सभापति लगायत केन्द्रीय समितिको पदाअवधी ४ वर्षको हुनेछ भनेर ।
तर १ वर्ष थप्न पनि सकिन्छ नी होइन र ?
१ वर्ष थप्ने कारण पनि त हुनुप¥यो नि । उहाँले केन्द्रीय समितिमा ल्याउनुहोला । हामीले पनि महासमितिमा कुराहरु राख्छौं । महासमिति त गर्नुहोला नी नेपाली काँग्रेसलाई समाप्त गर्ने खेल पक्कै पनि सभापतिले खेल्नुहुन्न होला ।
महासमितिको बैठक पनि नगर्ने र महाअधिवेशन पनि १ वर्ष सार्नुभयो भने नेपाली काँग्रेस निक्कै अफ्ठ्यारोमा पर्छ जस्ते लाग्छ । त्यो डर चिन्ता केन्द्रमा बस्ने साथीहरुलाई छैन । त्यो डर चिन्ता गाउँमा बस्ने साथीहरुलाई छ ।
केपी शर्मा ओलीको सरकारले विकास र समृद्धिको लागि राम्रो काम गरेको छ भन्ने लाग्छ यहाँलाई ?तपाईहरु जहिले पनि विकास र समृद्धिको जमाना आयो भन्नुहुन्छ । विकास र समृद्धिको जमाना सँधै आइराखेको हुन्छ । त्यो पञ्चायत कालमा पनि आइराखेको थियो । तपाई घरमा सुतिरहनुस् केही न केही विकास भइराखेकै हुन्छ । सरकार स्थिर छ, तर राजनीति अस्थिर छ ।
नेपाली जनताले खोजेको कुरा भनेको शु–सासन हो । नेपाली जनताले खोजेको कुरा भ्रष्टाचार न्यूनीकरण हो । नेपाली जनताको दण्डहिनताको अन्त्य होस् भन्ने चाहना हो ।
नेपाली जनताले शान्ति सुरक्षाको प्रत्याभूति पाउन भन्ने हो । नेपाली जनताले खोजेको महङ्गी नियन्त्रण होस् । यि सबै कुरामा सरकार कहाँ छ, असफल छ । दुइतिहाइको सरकार छ । सरकार स्थिर छ तर गर्न सकेको केही पनि छैन । त्यसैले विकास र समृद्धिको नाराले मात्र हुँदैन । जनताले पत्याउने काम गर्नुप¥यो ।
त्यसोभए केपी शर्मा ओलीको सरकारले विकास र समृद्धि गर्दैन भन्ने तपाईको ठम्याइ हो ?
होइन म त्यस्तो भन्दिन । विकास र समृद्धि आँफैं आउँछ । उहाँले गर्दै हुनुहुन्छ । विकास र समृद्धिको लागि मलाई चिन्ता छैन । विकास र समृद्धि हुँदै जान्छ तर शु–साशन दिनुप¥यो ।
दण्डहिनताको अन्त्य गर्नुप¥यो, भ्रष्टाचार न्यूनीकरण गर्नुप¥यो, महँङ्गी नियन्त्रण गर्नुप¥यो र शान्ति सुरक्षा दिनुप¥यो । यति कुरा ग¥यो भने पाँच वर्ष यो सरकार आरामले चल्छ ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...