नेपाल विद्यार्थी संघको निर्णय उनीहरुलाई नै गर्न दिनुपर्छ, पार्टीले हस्तक्षेप गर्नु हु“दैन – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

नेपाल विद्यार्थी संघको निर्णय उनीहरुलाई नै गर्न दिनुपर्छ, पार्टीले हस्तक्षेप गर्नु हु“दैन

प्रदिप पौडेल – युवा नेता एवम् केन्द्रीय सदस्य, नेपाली काँग्रेस

नेपाली काँग्रेसको आउदो १४औं महाअधिवेशनमा पनि वर्तमान नेतृत्वमा रहेका व्यक्तिहरुबाटै पूनः नेतृत्व हत्याउने रणनीति भित्रि रुपमा बनिरहेका बेला महासमितिको बैठक समेत प्रभावित हुने देखिन्छ । महासमिति बैठकलाई समय अभाव भन्दै पून पछाडि धकेलिएको छ । यो महासमिति बैठकलाई पुरानो संस्थापन पक्षले निकै ठूलो महत्वपूर्ण रुपमा हेरिरहेको छ ।

काँग्रेसभित्र युवादेखि बृद्धासम्मका नेताहरु आ–आफ्नो पद जोगाउन विभिन्न रणनीतिक रुपमा लागि परेका छन् । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली काँग्रेसको आन्तरिक व्यवस्थापन नमिल्दा सिंगो मुलुकनै प्रभावित भएको परिस्थितिमा समेत काँग्रेस भित्रको अन्तरकलह केन्द्रीय समितिको बैठकमा छताछुल्ल भईरहेको छ ।

महासमितिको बैठकको मितिमा समेत एकमत हुन नसक्ने काँग्रेस नेतृत्वले गाउँ–गाउँमा रहेका लोकतन्त्रका पहरेदार काँग्रेस कार्यकर्तालाई उत्साह थप्नुको साटो निरासा बनाईरहेका छन् । समय समाप्त भएको भातृ तथा शुभेच्छुक संस्थाहरुको महाअधिवेशन समयमा गराउने र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्ने भन्दा पनि आफ्नो–आफ्नो गुटको व्यक्ति नेतृत्वमा पु¥याउने होडवाजीमा सिंगो पार्टी चलिरहेको छ ।

यसै सन्दर्भमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहिसकेका काँग्रेसका युवा नेता एवम् प्रष्ट वक्ता प्रदिप पौडेलसँग पत्रकार ऋषि धमलाले नयाँ विकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अंशः

नेपाल विद्यार्थी संघ विघटन गर्ने हल्ला चलेको छ नि हो ?
मलाई त्यस्तो लाग्दैन, तर नेपाल विद्यार्थी संघको विषयमा छलफल गर्न भनेर कार्यसमिति पटक–पटक बोलाइएको थियो, तर त्यसबेला विघटनको कुरा उठेन । विघटनको अवस्था पनि होइन ।

वर्तमान कार्यसमितिले राम्रोसँग काम गर्न नसकेको भन्ने छ नि, तपाई के भन्नुहुन्छ ?
नेपाली काँग्रेसले बीचमै हस्तक्षेप गरेर समयावधी पुरा गर्न दिएन । अधिवेशन गर्र्न पनि दिएन भन्ने विद्यार्थीहरुको गुनासो छ । त्यसैले अब नेपाल विद्यार्थी संघको निकास दिनको निम्ति केन्द्रीय समितिको बैठक बोलाइएको हो । कसरी निकास दिन सकिन्छ ? विद्यार्थीहरुलाई आफ्नो निर्णय आँफै गर्ने परिस्थिति बनाइदिनुपर्छ भन्ने लाग्छ ।

उसोभए वर्तमान नेतृत्व विघटन हुन्छ की, यसैले निरन्तरता पाउँछ त ?
विघटन त्यसको समाधान नै होइन । त्यसभित्र समझदारी खोजेर अधिवेशनमा जाने चाँही उचित विषय हो । त्यसैले विघटन गरेर आफ्नो अनुकुलको नेतृत्व ल्याएर कब्जा गर्ने, नियन्त्रणमा राख्ने त्यो मनोविज्ञानले संगठन बन्न सक्दैन । त्यसैले त्यहाभित्र असमझदारी छ, त्यसलाई समझादारी कायम गर्नका निम्ति पार्टीले मध्यस्ता गर्ने र अधिवेशनको अनुकुल वातावरण निर्माण गरिदिने र छिटोभन्दा छिटो अधिवेशन गरिदिने हो भने मात्रै नेपाल विद्यार्थी संघको नेतृत्वको समाधान हुन्छ जस्तो मलाई लाग्छ ।

तर्वमान नेतृत्वले नचाहेसम्म महाअधिवेशन पनि हुँदैन र विघटन पनि हुँदैन होइन र ?
नेपालको विद्यार्थी आन्दोलन पहिलेकोभन्दा धेरै स्खलित भएको छ । यसले राजनीतिक विषयलाई आफ्नो एजेण्डा बनाउन सकेको छैन । न शैक्षिक विषयलाई एजेण्डा बनाउन सकेको छ, न आफैभित्र लोकतान्त्रिक अभ्यासको विकास गरी लान सकेको छ । यो नेपाल विद्यार्थी संघमा मात्रै होइन, विद्यार्थी आन्दोलनमै त्यो खालको समस्या देखिएको छ । नेपाल विद्यार्थी संघको महाअधिवेशनको सन्दर्भमा नेपाली काँग्रेसले पटक–पटक नेपाल विद्यार्थी संघकै विषयमा छलफल गर्नेगरी केन्द्रीय समितिको बैठक बोलाउँदा पार्टीले अस्वभाविक रुपमा हस्तक्षेप गरेको जस्तो सन्देश बाहिर गयो ।

त्यसैले नेपाल विद्यार्थी संघ भनेको यसको आफ्नै विधान छ, इतिहास छ, परम्परा छ । यसलाई हस्तक्षेप गर्ने होइन । यसलाई प्रभावशाली बनाउनका निम्ति सहयोग गर्ने काम मात्रै नेपाली काँग्रेसले गर्नुपर्छ । काँग्रेसको नितिसँग बाँधिने कुनै निर्णय उनीहरुले गरेभने उनीहरुलाई सचेत गराउने एउटा विषय हो । सञ्चालननै हामीले गरिदिने, विधाननै हामीले बनाइदिने, नेतृत्वनै हामीले चुनिदिने त्यो खालको हस्तक्षेपको सन्देश बाहिर गएको छ । त्यसैले काँग्रेसले नेपाल विद्यार्थी संघको बारेमा केन्द्रीय समितिमा चर्चा गर्ने परिस्थिति निर्माण हुँदा बाहिर नकारात्मक सन्देश गएको छ, यो दुर्भाग्य हो ।

नेपाल विद्यार्थी संघ नेतृत्व तहमा काँग्रेसले किन सँधै हस्तक्षेप गरेको होला भन्ने लाग्छ यहाँलाई ?
नेपाली काँग्रेसको नजरले नेपाल विद्यार्थी संघको नेतृत्व चयन गर्ने परिस्थिति भइरहँदा तपाईले भनेको जस्तो हुन्छ । त्यसैले विद्यार्थीले आफ्नो नेतृत्व आफैं चुन्ने, आफ्नो विधान आफैं बनाउने, त्यहाँभित्र स्वतन्त्र ढङ्गले बहस गर्ने त्यहीभित्र प्रखरताको विकास गर्ने, यो त एक ढङ्गले चाही लोकतान्त्रिक अभ्यासको प्रक्रिया सिक्ने ठाउँ पनि त हो । त्यसकारण त्यो सबै हुनेगरी त्यहाँ कहिकतै हस्तक्षेप नहुनेगरी हामीले त्यसलाई स्वतन्त्र ढङ्गले छोड्नुपर्छ ।

त्यहाभित्र आपसी असमझदारी भयोभने त्यही विधानलाई प्रयोग गरेर हामीले मध्यस्तता गरेर समझदारी कायम गरिदिनुपर्छ । नेपाली काँग्रेस एउटा कुशल अभिभावक र शुभेच्छुकको भूमिका निर्वाह गर्नेगरी मात्रै हामीले नेपाल विद्यार्थी संघसँग सम्बन्ध राख्नुपर्छ । हामीले सबै कुरा गर्न लाग्यौ भने चाँही समस्या आउँछ । यसरी सबै कुरा गर्न लाग्दा न त्यसको नेतृत्व राम्रो आउँछ, न त्यसको नेतृत्व स्वतन्त्र, र विद्यार्थी संगठन बलियो हुन्छ ? त्यहाभित्रका साथीहरुले, विद्यार्थीहरुले लोकतान्त्रिक अभ्यासलाई निर्वाध रुपमा उपयोग गर्न पाउँछन् । यी सबै कुराको सम्भव हुँदैन ।

त्यसकारण अघिल्लो अधिवेशन पनि काँग्रेसले नै ग¥यो । यो अधिवेशन पनि काँग्रेसले नै गरिदिन लागेको छ, विधान पनि काँग्रेसले नै बनाइदिन्छ । यसको नेतृत्व पनि काँग्रेसले नै चयन गरिदिन्छ । यसको नियमावली बनाइ दिएर त्यस अनुसार यो चल्नुपर्छ भने भइहाल्यो नि, यसलाई स्वतन्त्र ढङ्गले किन राख्नुप¥यो ।

के उसोभए नेपाल विद्यार्थी संघको महाअधिवेशन तत्काल गर्न सक्नुहुन्छ त ?
गर्नुपर्छ, यसको समाधान नै महाअधिवेशन हो । हामीले महाअधिवेशन गर्नका निम्ति नेपाल विद्यार्थी संघलाई सहयोग पु¥याउने मात्र हो । हस्तक्षेप गर्ने होइन ।

यसो भनिरहँदा वर्तमान नेतृत्वलाई नै समय सीमा तोक्ने रणनीतिमा पार्टी लागेको हो भन्न खोज्नुभएको हो ?

मैले यो नेतृत्वलाई सफल छ, यसले सबैथोक गरेको छ, त्योे मैले भनिरहेको छैन । अर्को ल्याएर पनि यो भन्दा राम्रो हुँदैन । किनकी त्यो विद्यार्थीले ल्याउने होइन, लोकतान्त्रिक विधिबाट नेतृत्व फेरियो भने संगठन चुस्त, दुरुस्त भन्ने हो । त्यसकारण त्यस्तो खालको परम्पराको विकास गर्नुपर्छ भन्ने हो ।

अहिले उनीहरु बीच जुन असमझदारी छ, त्यो असमझादारी मेटाएर महाअधिवेशनको प्रक्रियामा नेपाल विद्यार्थी संघलाई लैजानुपर्छ ।

अब यसलाई हस्तक्षेप गर्न थालियो भने त विद्यार्थीहरुबीचमै धेरै ठूलो विवाद आउन सक्छ । हस्तक्षेप भयो भनेर विद्यार्थीले नै भनिरहेका छन् । त्यसकारण यो एकदमै गलत छ । नेपाल विद्यार्थी संघका बारेमा धेरै चर्चाको परिस्थिति हामीले निम्त्याउनु हुँदैन ।

महासमितिको बैठक नजिकिदै गर्दा काँग्रेस पार्टीको विधान मस्यौदा समितिले कस्तो खालको खाका तयार गरिरहेको छ ?
पछिल्लो समय हाम्रो बैठक पनि हुन सकेको छैन । तर विधान मस्यौदा समितिले जति बैठक गरेपनि अहिले हामी जहाँ पुगेका छौं, त्यही नै पुग्ने हो । त्यसैले केही विषयमा वरिष्ठ नेताहरुको केन्द्रीय कार्य समितिको बैठकमा विचारहरु अत्यावश्यक भइरहेको छ ।

त्यसैले हामीले करिब–करिब केही कुराहरु तयारी गरीरहेका छौं । अघिल्लो पटक पनि विधान मस्यौदा समितिले मस्यौदा तयार गर्न नसकेर महासमिति बैठक सरेको होइन । त्यसकारण हामीले तयारी अन्तिम अवस्थामा पु¥याएका छौं । तीनचार वटा विषयमा चाँही हामी आफैंले मात्र छलफल गरेर पनि पुग्दैन । पार्टीको नेतृत्वसँग समेत परामर्श गरेर छलफल गर्नुपर्छ । त्यो दीर्घकालीन रुपमा पार्टी कता जाने हो भन्ने सवालसँग पनि जोडिएको छ ।

त्यसोभए विधान मस्यौदा समितिको कारणले महासमिति रोकिदैन भन्ने तपाईको दाबी हो त ?
विधान मस्यौदा समितिले विधान तयार नगरेका कारण महासिमितिको बैठक रोकिएको होइन । हामीले केही बुँदाहरु नेतृत्वसँग समेत छलफल गरेर केन्द्रीय कार्य समितिसँग राय लिएर केन्द्रीय समितिमै छलफल गरेर टुङ्ग्याउनुपर्ने अवस्था छ ।

त्यसैले त्यसको ९०÷९२ प्रतिशत काम भइसकेको छ । प्राविधिक कार्य सबै पुरा भएको छ । केही विशिष्ट मुद्दाहरुमा मैले अघिनै भने पार्टी अब कुन बाटो जाने दीर्घकालिन रुपमा पार्टीलाई यो बाटो लानुपर्छ, यसले राम्रो गर्छ भन्ने त्यही विषयमा होइन यसले झन नराम्रो गर्छ भन्ने पनि हुनसक्छ । त्यसैलाई अलिकति पराकिलो घेरामा छलफल गर्नुपर्ने भएकोले थोरै केही विषयहरु टुङ्गिन नसकेको हो । त्यो हामीले मात्रै भन्दा पनि केन्द्रीय समिति समेतले टुङ्ग्याउनुपर्ने स्थिति छ ।

तर तपाईहरु बिचमै विवादको विषयको टुङ्गो चाँही कसरी लाग्छ ?
एउटा चाँही कुन पद्धतिबाट जाने, अथवा सबै पदहरु निर्वाचित गर्ने भन्ने हो । सामुहिक नेतृत्व प्रणालीको काँग्रेसमा विकास गर्ने भन्ने पनि हो । फेरी पूर्ण लोकतान्त्रिक अभ्यास गर्ने अनि यसलाई एकदम खुल्ला गराउने भन्ने एउटा मत भयो ।

यो विवाद टुङ्ग्याउनका निम्ति वरिष्ठ नेताहरु केन्द्रीय समितिका सबै साथीहरुसँग छलफल गर्नुपर्छ, किनकी यसका बारेमा सकारात्मक र नकारात्मक दुईवटै कुराहरु हुन सक्छन् । त्यसैले व्यक्तिगत रुपबाट मलाई भन्नुहुन्छ भने पार्टीलाई मजबुत रुपबाट अगाडि बढ्नुपर्छ भन्ने हो । सबैका निम्ति काँग्रेस समान हुनुपर्छ । नेपाली समाजमा राजनीतिको माध्यमबाट कसैले सेवा गर्न चाहन्छ भने त्यो काँग्रेस भएर सेवा गर्ने मौका हामीले दिनुपर्छ ।

किनकी कम्युनिष्टहरु नियन्त्रित प्रणालीमा विश्वास गर्छन । आफुले जे कुरा लाद्न खोज्यो त्यो कुरा स्वीकार्ने कार्यकर्ता उत्पादन गर्ने पार्टीसँग यही प्रक्रियाबाट प्रतिस्पर्धा गर्न सकिदैन । नेपाली काँग्रेस पार्टी पूर्ण लोकतन्त्रका निम्ति लडेको पार्टी हो । काँग्रेस भन्ने पार्टी लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गरेर बनेको पार्टी हो । यसको सिद्धान्तसँग जोडेर हेर्दा पनि काँग्रेस क्याडरबेस हुन सक्दैन । यो मेरो व्यक्तिगत कुरा हो । अरु सबै साथीहरुले यसरी नै स्वीकार गर्नुभएको छैन । पदाधिकारीको संख्याको बारेमा धेरै त्यस्तोे विवाद त छैन ।

तर पार्टी सभापति पदाधिकारीको संख्या बढाउने पक्षमा हुनुहुन्न नी होइन र ?
दुई दुुईवटा भन्दा धेरै पक्ष बनेर विवाद नै भइ रह्यो भने महासमितिमा दुइवटा प्रस्ताव जाँदा त्यसलाई टुङ्ग्याउन अप्ठ्यारो हुन्छ, त्यसकारण सभापतिले कुनैकुनै विषयमा हुँदैन भनेर पहिलेनै निर्णय लिँदा त झन विवाद बढेर जान्छ । सभापतिले त्यसलाई सहकार्य गर्न सक्नुपर्छ । अहिलेको आवश्यकता के हो त्यो बुझ्न सक्नुपर्छ । केन्द्रीय कार्यसमितिका बहुसंख्यक साथीहरुको भावना के छ त्यो कुरालाई बुझेर मात्रै सभापतिले निर्णय गर्नुपर्छ ।

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७५ मंसिर ३, ०७: २८

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७५ मंसिर ३, ०७: २८

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७५ मंसिर ३, ०७: २८

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...