आफुले गरेको निर्णय कार्यान्वयन गराउन नसक्ने, अनि हिनताबोध भएपछि कर्मचारीलाई दोष देखाउने प्रवृत्ति ठिक होइन – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

आफुले गरेको निर्णय कार्यान्वयन गराउन नसक्ने, अनि हिनताबोध भएपछि कर्मचारीलाई दोष देखाउने प्रवृत्ति ठिक होइन

डा. विमल कोइराला–पूर्व मुख्य सचिव

दुई ठूला पार्टी एकीकरणपछि नेकपाको सरकार यतिखेर प्रचण्ड बहुमतमा छ । सरकारको नौं महिना कार्यकाल पुगिसक्दा पनि नेपाली जनताले चाहेको र सोचेजस्तो सरकारले काम गर्न सकिरहेको छैन । सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारदेखि सिंहदरबारसम्म कर्मचारीतन्त्रलाई दिनुभएको निर्देशनसमेत पालना नभएको जनगुनासोहरु आइरहेका छन् ।

सरकारले कर्मचारीतन्त्रलाई ढिलासुस्ती ग¥यो भनेर दोष लगाइ रहेको छ भने कर्मचारीतन्त्रले सरकारले राजनीतिकरण ग¥यो भनेर दोषारोपण गरिरहेका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो प्रशासनयन्त्रबाट ढिलासुस्ती भयो, नयाँ ढंगबाट काम गर्नुस् भनेर पटक–पटक कर्मचारीतन्त्रलाई बैठकमा भनिरहँदा पनि सन्तोषजनक प्रशासनयन्त्र चलिरहेको छैन ।

यसै सन्दर्भलाई लिएर प्रशासनयन्त्र र सरकारको नेतृत्वकर्ता मन्त्रीहरुबीच समन्वयकारी भूमिका कस्तो हुनुपर्ने र विकास निर्माणमा समृद्धिका लागि प्रशासनिकयन्त्र कसरी चल्नुपर्छ भन्ने विषयलाई लिएर पूर्व मुख्यसचिव डा.विमल कोइरालासँग यस साप्ताहिकका तर्फबाट पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

वर्तमान प्रधानमन्त्रीले कर्मचारीका कारण ढिलासुस्ती भयो, त्यसैले नयाँ ढाँचाबाट काम गरेर, पुरानो प्रवृतिलाई अन्त्य गर्नुस् भन्नुभयो नि के कर्मचारीहरुले काम नगरेकै हो भन्ने लाग्छ ?
कर्मचारी भनेको सहायक हुन् । प्रमुख भनेको राजनीतिक नेतृत्व नै हो । मन्त्रालयको नेतृत्व राजनीतिक दलका नेताहरुले गरिरहेका हुन्छन । कर्मचारीहरुले त सम्बन्धीत मन्त्रालयको मन्त्रीहरुलाई सहयोग गर्ने मात्र हो । मन्त्रीहरुले ल्याएको योजनाहरु कार्यान्वयन मात्र गर्ने हो । त्यसकारण जसले मन्त्रालयको नेतृत्व गर्छ, त्यसैले सम्बन्धीत मन्त्रालयको कर्मचारीहरुलाई काम लगाउने हो । आफुले गरेको निर्णय कार्यान्वयन लागु गराउन नसक्ने, अनि हिनताबोध भएपछि कर्मचारीलाई दोष देखाउने प्रवृत्ति ठिक होइन ।

वर्तमान अवस्थामा मन्त्रीहरुलाई कर्मचारीले पनि त सहयोग गरेका छैनन् भनिन्छ नी त तपाई के भन्नुहुन्छ ?
कर्मचारीलाई काम गर्न सहज गराउनु प¥यो । सार्वजनिक संस्थाहरुमा कर्मचारीतन्त्रलाई ध्वस्त बनाइयो । अत्याधिक राजनीतिकरण गरियो र यसको व्यवसायिक क्षमता जुन छ, त्यसलाई पनि नष्ट गरियो । व्यवसायिक क्षमता नष्ट गरेर राजनीतिकरण गरेपछि यो परिणाम आउनु नै थियो । त्यसैको प्रभावले अहिले यो परिणाम देखा परेको हो । विकृतिहरु देखा परेका हुन् । अब यसलाई व्यवसायिकतातर्फ उन्मुख गर्नुप¥यो । कर्मचारीतन्त्रलाई तिखार्नुप¥यो ।

तर कर्मचारीतन्त्रले राम्रोसँग काम गरेको भए त विकास र समृद्धि हुन्थ्यो नि होइन र ?
राजनीतिक नेतृत्वले हाक्ने हो । ड्राइभर आफ्नो ठाउँमा बसेर गाडि चलाउन सुरु गरे इन्जिन आफै चलिहाल्छ अरु सहायक पार्टसहरु राम्रोसँग चलिल्छन, तर मुख्य कुरा के हो भन्दा ड्राइभर सिटमा बसेर गाडि पनि नचलाउने र गाडि चलेन भनेर इन्जिन र अरु सहायक पार्टसहरुलाई दोष दिनु भएन । त्यसकारण राजनीतिक नेतृत्वले आफ्नो ठाउँमा बसेर कर्मचारीतन्त्रलाई राम्रोसँग चलाउनुप¥यो अनिमात्रै प्रशासन यन्त्र राम्रोसँग चल्छ ।

जनताको चाहना अनुसार काम नहुँदा दोषी को ? राजनीतिक नेतृत्व की कर्मचारी ?
मूल रुपमा दोषी भनेको राजनीतिक नेतृत्व हो भने केही हदसम्म कर्मचारीहरु पनि हुन् । राजनीतिक नेतृत्व असल भयो र उसँग प्रष्ट दृष्टिकोण भयो भनेदेखि विकास र समृद्धि गर्न केही गाह्रो छैन । त्यही पनि झन् अहिले त केही गाह्रो छैन । यस्तो प्रचण्ड बहुमतको सरकार छ । उसले जे गर्न चाह्यो त्यही हुन्छ । यस्तो अवस्थामा पनि सरकार आफै अलमलिएर बसेको छ । उसलाई के गर्ने कताबाट जाने कसरी गर्ने भन्ने नै थाहा छैन, अनि कसरी हुन्छ त जनताको चाहना अनुसारको काम ? यसरी सरकार राजनीतिक नेतृत्व आफै अलमलिएपछि कर्मचारीतन्त्र पनि अलमलिने नै भयो ।

त्यसोभए सरकार रुमलिएको छ, अलमलिएको छ, यसको कुनै गन्तव्य छैन भन्न खोज्नुभएको हो ?
हो, हामी सबैले देखिरहेकानै छौं । यो नौ महिनासम्म सरकारले के ग¥यो ? आफै अलमलिरहेको छ । सरकारको दृष्टिकोण प्रष्ट भएन र उ स्पष्ट कार्य योजनाकासाथ विकासका कार्यक्रमहरुमा आउन नसकेको कारण नै अहिलेको अवस्था सिर्जना भएको हो ।

त्यसोभए जनताले चाहेजस्तो काम कसरी हुन सक्छ त ?
सरकार स्पष्ट हुनुप¥यो, उसका अन्तर्गतका सार्वजनिक संस्थाहरु, प्रहरी, न्यायपालिकाहरु यी सबैलाई दह्रो बनाउनुप¥यो, व्यवसायिक बनाउनुप¥यो । राजनीतिकीकरण गरेर फितलो भएको प्रशासनलाई अराजिनीतिकरण र व्यवसायिकरण गर्नुप¥यो । विकासको माझमा त्यसलाई डो¥याउनुप¥यो । जनतालाई सेवा सुविधा दिने मार्गमा डो¥याउनुप¥यो । त्यसो गर्न सक्यो भने नतिजा राम्रो आइहाल्छ नि ।

त्यसैले त प्रधानमन्त्रीले काम गर्ने शैली परिवर्तन गर्नुपर्छ भन्नुभएको होइन ? तपाईलाई के लाग्छ ?
यो एकदम राम्रो कुरा हो, तर काम गर्ने ढाँचा परिवर्तन गर्नलाई आफुपनि स्पष्ट ढङ्गले अगाडि बढ्नुपर्छ । राजनीतिक नेतृत्व स्पष्ट ढङ्गले अगाडि बढ्यो भन्योदेखि कर्मचारीले मात्र केही हुन सक्दैन । कुन मुलुकमा कर्मचारीले विकास गरेको सुन्नुभएको छ ? कर्मचारीले विकास गरेको सुनिदैन नि, कर्मचारीलाई विकासमा डो¥याएर जान उत्प्रेरित गर्ने हो । त्यो उत्प्रेरणाको अभाव भयो । व्यवसायिकता मर्दै गयो ।

दुइतिहाइ बहुमतको सरकार छ र समय सापेक्षित काम गर्ने क्षमता माथि पश्न उठिरहेको छ नि किन ?
अहिले यो सरकारलाई एकदमै बेजोड मौका छ । यो सरकारले जे चाह्यो, त्यही गर्न सक्छ । तर सरकारले गरिराखेको छैन, गर्न सकेको छैन । अलमलियर बसिरहेको देखिन्छ । त्यही चाँही हामीलाई ताजुबको विषय लागेको छ । सरकारले यतिबेला हाकेर लिएर जानुपथ्र्यो । स्पष्ट दृष्टिकोणका साथ जनतालाई सेवा सुविधा प्रवाह गर्नलाई अगाडि बढ्नुपथ्र्यो । त्यसो गर्न नसकेको कारण बहुमतको सरकार भएर पनि समय सापेक्षित काम गर्न नसकेको भन्ने लाग्छ ।

त्यसोभए तपाईको विचारमा नेतृत्वकर्ता र कर्मचारीबीच समन्वयको अभाव हो त ?
सरकार प्रष्ट दृष्टिकोणकासाथ आएर सरकारले सार्वजनिक संस्थाहरुलाई व्यवसायीकरण गरेर गाय भने नेतृत्व सफल हुन्छ । कर्मचारीहरुमा पनि राजनीतिककरण बन्द गर्नुपर्छ । कर्मचारीतन्त्रमा व्यवसायिकताको विकास गर्न दिनुपर्छ । उनीहरुलाई राजनीतिबाट टाढा राख्नुपर्छ । काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ, उत्प्रेरित गर्नुपर्छ । अनिमात्र सरकारले अपेक्षा गरेका कुराहरु पुरा हुन सक्छन् ।

वर्तमान आर्थिक नीति अनुसार अर्थमन्त्रीले जनताको चाहना अनुसार आर्थिक वृद्धिदर गर्न नसकेको आरोप छ नि तपाई के भन्नुहुन्छ ?
उहाँले आर्थिक वृद्धिदर विकास गर्नुहोला, त्यो उहाँको कुरा हो । तर जुन परिवर्तन देखापरेको छ, अथवा परिवर्तनका संकेतहरु देखा परिरहेको छैन, त्यो देखा नपरेपछि जनतामा निराशा आउँछ । निराशा आउँदा बुढापाकाले उखान गरेजस्तै जुन जोगी आएपनि कानै चिरेको जस्तो भनेर उखान गर्न थाल्छन् ।

सरकारले भ्रष्टाचारको विषयतिर त्यति ध्यान नदिनुको कारण के होला ?
त्यो त सरकारको कुरा हो । मैले भन्ने कुरा पनि आएन । शासन व्यवस्थामा जुन कमजोरी देखिएको छ, त्यसकारणले जनताले सेवा नपाएको अवस्था छ । त्यो अवस्थालाई सुधार गर्नुप¥यो । शासन व्यवस्थाले सुधार गर्ने कुरानै सबै कुराको औषधी हो । त्यसो हुँदाखेरी शासन व्यवस्था सुधार्न सरकार लाग्नुपथ्र्यो । आफुपनि सुध्रिनुप¥यो । जनतालाई आश्वास्त बनाउनुप¥यो कि सरकार पूर्ण रुपमा व्यवसायिकतामा चलेको छ । कसैलाई काखा, कसैलाई पाखा नगरिकन जनतालाई सेवा सुविधा दिन्छ भन्ने कुरामा आश्वस्त गराउनु प¥यो । त्यो कुरा भाषणले हुँदैन, कामले देखाउनु प¥यो ।

उसोभए समग्रमा भन्नुपर्दा अहिले देशको आर्थिक अवस्था कस्तो छ त ?
समग्रमा भन्नुपर्दा आर्थिक अवस्था कमजोर चाँही छैन । केही कुराहरु छन्, जसले गर्दा हाम्रा आर्थिक अवस्थामा खतराका संकेतहरु देखा पर्न सक्छन् । हाम्रो व्यापार घाटा ठुलो छ । हामीले उत्पादन बढाउन सकेनौं । आयातलाई कम गर्न सकेनौं । निर्यात बढाउन सकेनौं । यो व्यापार घाटाले हामीलाई अप्ठ्यारोमा पार्छ । त्यसैगरी हाम्रा आर्थिक आधारशिलाको निर्माण, भौतिक आधारशिलाको निर्माणमा हामीले तिव्र गतिकासाथ काम गर्न सकेनौ भने भोलिका दिनहरुमा हामीले ठुलो आर्थिक वृद्धिदर लिन सक्दैनौं । समृद्धि बढ्नु भनेको सानोतिनो कुरा होइन । खोसेर बाँढ्न सकिन्छ, तर समृद्धि बाँढ्नलाई प्रयत्न नै गर्नुपर्छ ।

सम्बन्धित समाचार

Opinión sobre Art Casino: ¿arte o artimaña?
  • २०७५ मंसिर १०, ०८: १७

Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...

Jak hrát v Mostbet online casino a minimalizovat riziko?
  • २०७५ मंसिर १०, ०८: १७

Jak hrát v Mostbet online casino a minimalizovat riziko? Online kasino Mostbet nabízí širokou škálu her a příležitostí pro výhru,...

Bahigo im Test: Erfahrungen, Boni und Fakten für die Schweiz
  • २०७५ मंसिर १०, ०८: १७

Erfahrungsbericht zu Bahigo. Wir schauen uns die Boni, das Spielangebot und die rechtliche Lage in der Schweiz heute ganz genau...