रमेश लेखक – नेता, नेपाली काँग्रेस
नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेबाट राजधानीमा सुरु भइरहेको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले हेटौडाको बैठकदेखि ककनी बैठकसम्म महासमितिमा प्रस्तुत हुने विधान मस्यौदाका बारेमा छलफल गर्दै हेटौडा बैठकबाट पास गरेका विषयहरु केन्द्रीय कार्यसमितिले पुरा नगरेको भन्दै महासमिति बैठकको पूर्व सन्ध्यामा पनि सभापतिहरुको ठाउँठाउँमा छुट्टाछुट्टै बैठकहरु सम्पन्न भइरहेका छन् ।
उता केन्द्रीय कार्यसमितिभित्रै विधान मस्यौदाभित्र एकरुपता देखिएको छैन । पदाधिकारी बढाउने र नबढाउनेबीच विवाद कायमै छ । राजनीतिक, आर्थिक प्रस्तावहरु केन्द्रीय कार्यसमितिबाट पास भइरहँदा पार्टीको आन्तरिक संगठनका बारेमा भने नेताहरुबीच एक–आपसमा भनाभन छदैछ ।
नेपाली काँग्रेसको महासमितिको बैठक चलिरहँदा वर्तमान संस्थापन पक्षका नेता एवम् पूर्वमन्त्री रमेश लेखकसँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंश ः
काठमाडाौंमा महासमितिको बसिरहँदासम्म काँग्रेस पार्टीभित्र आन्तरिक सहमति जुट्न सकेन नि किन ?
हामी मङ्सिर २९ गतेदेखि नेपाली काँग्रेस महासमितिको बैठक गरिरहेका छौं । नेपाली काँग्रेसले महासमितिमा प्रस्तुत हुने दस्तावेजहरुमाथि केन्द्रीय कार्यसमितिको बैठकबाट छलफल गरेर केही दस्तावेजहरु टुङ्ग्याएको छौं । ति दस्तावेजहरुलाई अन्तिम रुप दिने काममा महासमिति लाग्ने विश्वास मैले लिएको छु ।
वर्तमान विधानलाई परिमार्जित गर्ने कुरामा पनि तपाईहरुबीच सहमति हुन सकेन भन्छन् नी हो ?
हाम्रो केन्द्रीय कार्यसमितिमा विधानका केही विषयहरुमा व्यापक छलफल भयो । कार्यसमितिले केही कुराहरु टुङ्गोमा पु¥याउन सकेन । महासमिति बैठकको अघिल्लो दिन पनि रातीसम्म पार्टी सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र पूर्व पदाधिकारी समेत बसेर विधानको केही विषयहरुमा टुङ्गो लगाउने काम भयो तर अपुग भएका विषयलाई बैठकमै लगेर भएपनि सहमति गराउने प्रयास जारी छ । मलाई लाग्छ ति विषयहरु टुङ्गिन्छ होला ।
परिमार्जित विधानमा कार्यसमितिका पदाधिकारीबीच पनि सहमति गर्न सक्नुभएन नी किन ?
तपाईलाई को–को नेताहरुले के–के भन्नुभयो त्यो कुरा मलाई थाहा छैन । कुन आधारमा कुन नेताले कसरी भन्नुभयो थाहा छैन । परिमार्जित विधान हामीले धेरै लामो समयपछि गरेका छौं । बिचबिचमा विधानमा सानातिना कुराहरु संशोधन भइराख्थ्यो । तर अहिले पछिल्लो समय मुलुकमा संविधान आइसकेपछि नेपाली काँग्रेसको विधानलाई पनि त्यो संविधान अनुकुल हुनेगरि मिलाउने कुरामा हाम्रो पार्टी काँग्रेस लागि पर्दै आयो ।
मुलुकमा संघीयताको आधारमा राज्यको पुनःसंरचना हुँदा पार्टीको संरचनालाई तदनुरुप मिलाउने भन्ने हाम्रो मुल उद्देश्य हो । जसरी संविधानले परिकल्पना गरेको संघीय संरचना छ, सोही अनुसार हाम्रो पार्टीको संरचनामा प्रतिनिधित्व गराउने र पद्धति र विधिको अनुशासनलाई सुनिश्चितता गर्ने, त्यसरी नै पार्टीको प्रतिनिधित्व पद्धतिलाई सुनिश्चितता गर्ने भन्ने हाम्रो लक्ष्य हो ।
पार्टीका विभिन्न निकायहरु गठन गर्ने, पार्टीमा उम्मेदवारी तय गर्नेदेखि लिएर सबै कुराहरुलाई व्यवस्थित गर्ने । पार्टीका पदाधिकारीहरुको संख्या के कति गर्ने त्यसमा निर्वाचन पद्धति के अपनाउने भन्ने लगायतका धेरै विषय वस्तुहरुमा परिवर्तन भएको छ । यो परिवर्तनका बीचमा केही विषयहरुमा असहमति रहनु अथवा साथीहरुका बिचमा यसो गरौं, त्यसो गरौं भन्ने कुराका बारेमा छलफल रहनु स्वभाविक हो, त्यो भएको छ । तथापी थोरै केही कुरा टुङ्गिन मात्रै बाँकी हुँदै महासमिति बैठकसम्म आइपुगेका छौं । यो महासमितिको बैठकले पार्टीको केन्द्रीय नेतृत्वको भावना र संगठनको आन्तरिक सुदृढीकरणमा विशेष निर्णय गर्छ भन्ने मलाई लाग्छ ।
नेपाली काँग्रेसभित्र वर्तमान अवस्थामा पदाधिकारीको संख्या बढाउने कि नबढाउने भन्ने विषयमा मतमतान्तरलाई यो महासमितिको बैठकले टुङ्ग्याउँछ ?
मैले अघि नै पनि भनिसकेको छु । पार्टी सभापति, उपसभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र पूर्व पदाधिकारीहरु समेतका नेताहरुले व्यापक छलफल गरेर ल्याएको विधान यो महासमितिको बैठकबाट पारित हुनेछ र यही विधान अनुसार पार्टीको भावी रणनीति तय हुने विश्वास गरेको छु ।
महासमिति नजिकिदै गर्दा शीर्ष नेताहरुबीच निकै ठूलो भनाभनको स्थितिलाई तपाईले कसरी हेरिरहनु भएको छ ?
नेपाली काँग्रेस पार्टीभित्र यस्ता छलफलहरु भइरहन्छ । नेपाली काँग्रेस भनेको मुलुकलाई नेतृत्व दिने व्यक्तिहरुको पार्टी हो । त्यसो भएको हुनाले यो सँधै सक्रिय रुपमा आफुलाई उभ्याइरहन्छ ।
नेपाली काँग्रेसको आन्तरिक जीवनमा लोकतान्त्रिक गणतन्त्रभित्र अहिलेको समसामयिक राजनीतिक विषयलाई लिएर छलफल हुनु नेताहरुबीच वादविवाद हुनु, वर्तमान सरकारका कुराहरुलाई लिएर पार्टीभित्र आलोचना र सरकारले गरेका गल्तिको बारेमा छलफल हुनु, नेपाली काँग्रेस पार्टीभित्रको आन्तरिक जिवन्तता हो । त्यसैले पार्टीभित्र आन्तरिक जिवनको बारेमा पनि छलफल हुनु, पार्टी सञ्चालनको आन्तरिक पद्धति र प्रक्रिया, प्रवृत्तिका बारेमा छलफल हुनु स्वभाविक हो ।
त्यसैले त एउटा जिवन्तता भएको पार्टीभित्र छलफल हुनु, वादविवाद हुनु, विचारका बारेमा मन्थन गर्नु एउटा राजनीतिक दलको जीवन्तता हो । काँग्रेस पार्टी आफ्नो पार्टीको जिवन्तता मात्र होइन, सारा नेपालीको जिवन्तता सुखी देख्न चाहन्छ । भविष्य सुनिश्चित बनाउन चाहन्छ । सबै नेपालीलाई सुखी बनाउन चाहन्छ । नेपाली जनताको पिरमर्का बुझ्ने पार्टी नेपाली काँग्रेस भएकोले राजनीतिक विषयमा छलफल हुनु ठूलो कुरा होइन ।
छलफल हुनु स्वभाविक हो तर नेताहरुबीच द्धन्द्ध र विवाद त हुनु भएन नी होइन र ?
मलाई के लाग्छ भने कहिलेकाही के हुन्छ भने आफुलाई मनमा लागेका कुरा गर्दै गर्दा एक अर्काका विचार पनि बाझिन्छ । यसले विषयवस्तुलाई समस्या समाधान गर्ने अथवा नेताहरुका बीचमा जुन समस्या छ, त्यसलाई समाधान गर्ने कुरामा पनि सरलता ल्याउन सक्छ ।
अभिव्यक्ति दिने, आफ्ना विचारहरु प्रष्ट राख्ने क्रममा केही कुराहरु बाहिर आउनु नराम्रो कुरा होइन । पार्टीको आधिकारीक निकायमा राख्ने कुराहरु बेठिक हो भनेर म भन्न चाहन्न । बाहिर–बाहिर झगडा गर्दै हिँड्ने, आपसमा कुराकानी पनि नगर्ने, एकले अर्कोलाई आफ्नो मनमा लागेका कुरा नभन्ने हो भने त यसले पार्टीलाई झन ठुलो नोक्सान पु¥याउँछ । केहीदिन अघिको बैठकमा पनि नेताहरुले ठुलाठुला कुराहरु राख्नु भएको थियो । त्यसरी कुरा राख्दा पार्टीका आन्तरिक जीवनका बारेमा पनि धेरै कुराहरु भएका छन् ।
वर्तमान पार्टी सभापतिले गर्दा पार्टी लथालिङ्ग भयो भनेर रामचन्द्र पौडेलले भन्नुभएको छ नी तपाई के भन्नुहुन्छ ?
के–के भन्नुभयो त्यो ठ्याक्कै भाषा र शब्द तपाईले भनेको जस्तो त होइन । तर कुरा के हो भने पार्टीको आन्तरिक व्यवस्थापनमा केही कुराहरुमा त्रुटि भएका छन् भने नेताहरुबीच छलफल गरेर टुङ्ग्याउनुपर्छ । त्यसैले जे–जति कुरा बाहिर आएपनि नेताहरुबीच धेरै ठुलो खाँडल छ जस्तो मलाई लाग्दैन । केही विषयमा आफुलाई चित्त नबुझेको कुरामा पार्टीभित्र छलफल गर्नु स्वभाविक हो ।
तर छलफल गरेको विषयलाई लिएर विवाद भयो, यस्तो भयो, उस्तो भनेर बढाइचढाइ गरेर मिडियामा नल्याएको भए राम्रो हुन्थ्यो । नेपाली काँग्रेस पार्टी यो देशलाई नेतृत्व दिने पार्टी हो । जिवन्त र सक्षम रहेको पार्टी नेपाली काँग्रेसनै हो । नेपाली काँग्रेस जे भन्छ त्यही गर्छ भन्ने मान्यता राखेको पार्टी हो । यो पार्टीलाई नेताहरुले जिवन्तता प्रदान गर्दै आउनुभयो । त्यसैले मानिसहरुका बिचारहरु हुन्छन्, विचारहरुका अभिव्यक्तिहरु हुन्छन् ।
चित्त बुझेका चित्त नबुझेका कुराहरुलाई खुलस्ता राख्ने चलन हाम्रो पार्टीमा रही आएको छ । त्यसको अर्थ यो होइन की सबै कुरा समाप्त भयो बिग्रिसक्यो, भत्किसक्यो भन्ने होइन । नेताहरुका बिचमा समस्या, छलफल, विवाद काँग्रेसको इतिहाससँगै जोडिएको कुरा हो । नेपाली काँग्रेस पार्टीभित्र हमेशा विचारहरुमा छलफल हुन्छ । चित्त नबुझेको कुरामा खुल्लम खुल्ला कुराहरु हुन्छन् ति खालका विचारहरुलाई समेटेर नेपाली काँग्रेस एकताबद्ध भएर अगाडि बढेको हाम्रो पद्धति, प्रक्रिया छ र परम्परा पनि छ । त्यसो भएको हुनाले छलफल भएको हो, कुराकानी भएको हो । त्यसैले सबै कुरा भत्कियो लथालिङ्ग भयो भन्ने कुरा चाह पट्क्कै होइन ।
जताततै पार्टी सभापतिले गर्दा नेपाली काँग्रेस कमजोर भयो भनेर भनिरहँदा तपाईले किन कुनै प्रतिक्रिया दिन सकिरहनु भएको छैन किन ?
मैले भनिरहेकै छु त पार्टीमा छलफल हुन्छ । पार्टीमा छलफल कुराकानी भएको छ । त्यसलै नेपाली काँग्रेस पार्टीलाई मिलाउने कुरामा नेताहरुका बीचमा पनि द्धन्द्ध समाधान गर्ने कुराहरु भएका हुन् । नेताहरुका हरेक विचारको दुरीलाई कम गरेर नेताहरुलाई एक ठाउँमा ल्याउने कुरामा पनि यसले सहयोग गरिरहेका छ । आफ्नो मनको कुरा आफुलाई लागेका कुरा झन् भनेन भने यो स्थितिबाट झन दुरी बढ्दै जान्छ । नेताहरुबीच दुरी बढाउने काम हामीबाट गर्नुुहुन्न ।
के तपाईले यस नयाँ विकल्प साप्ताहिक मार्फत सम्पूर्ण जनतालाई बताउन सक्नुहुन्छ, पार्टी सभापतिको कार्यशैली मलाई मन परेको छ भनेर ?
वर्तमान पार्टी सभापतिले शेरबहादुर देउवाले पार्टीका लागि काम गरिरहनु भएको छ । कतिपय काम गर्ने क्रममा गर्नुपर्ने कुराहरु समयमा नभएको पनि छन् । यो कुरा सत्य हो । तर यसको दोष पार्टी सभापतिको टाउकोमा मात्रै राख्न मिल्दैन । हामीबीच पनि सहमति गर्ने सहमति गर्ने भन्छौ, तर लामो समय सम्म पनि सहमति गर्न सक्दैनौ । अनि सहमतिका नाममा हामीले नेपाली काँग्रेस पार्टीलाई अनिर्णयको बन्दी बनाइराखेका छौं । म एउटा उदाहरण दिन पनि चाहन्छु ।
धेरै लामो समयदेखि काँग्रेसमा अनुशासन समिति गठन गर्ने भनियो तर अनुशासन समिति आजसम्म गठन हुन सकेको छैन । त्यसको दोष सबै पार्टी सभापतिलाई दिएर भएन नी । ज–जसले जे–जे सहमति गर्ने भनेका थियौं, त्यो त हामीले पुरा गर्न सकेनौ नि । त्यसैले सहमतिको नाममा सहमति हुन सकेको छैन । बारम्बार केन्द्रीय समितिको र्बैठकमा त्यो विषय प्रवेश पाउँछ । तर सहमति हुन सक्दैन ।
छलफलको क्रममा नेताहरुबीच नै समितिमा बस्ने व्यक्तिहरुको नाम दिन सकिरहेका छैनौं । नेताहरुले दिनुपर्ने नाम दिन्छौ भनेर सहमति गर्ने तर नाम नदिने । त्यसैले निकै लामो समयदेखि अनुशासन समिति गठन भइरहेको छैन । त्यसैले तपाईको मिडियामार्फत् आग्रह गर्न खोजेको कुरा के हो भने महासमितिको बैठक चलिरहँदा यी सबै विषयहरु छलफल गरेर विधान समितिले ल्याएको विधान मस्यौदा यही महासमितिबाट टुङ्ग्याउन सकेमा पार्टीको आन्तरिक व्यवस्थापन मजबुत हुन्छ भन्ने मलाई लाग्छ ।
काँग्रेसको केन्द्रीय समितिबाट तय गरेर ल्याएको विधान लगायतका दस्तावेजहरुलाई छलफल गरेर टुङ्ग्याउनुपर्छ । पार्टीको केन्द्रीय समितिले अन्तिम चरण दिएर ल्याएको विधान केही कुराहरु मिल्न बाँकी छदाँछदै यो महासमितिले निकास दिनुपर्छ ।
अहिलेसम्मको पार्टीभित्रको नैतिक जिम्मेवार लिने साहस कसले गर्ने त ?
त्यसैले त भन्दैछु, काँग्रेस बिग्रनु हुँदैन, काँग्रेस सुध्रिनुपर्छ, काँग्रेस शसक्त प्रतिपक्ष हुँदै आगामी निर्वाचनका मार्फत काँग्रेस सरकारमा जानुपर्छ भन्ने चिन्ता नेपाली काँग्रेस पार्टीभित्रका नेताहरुलाई मात्र होइन त्यसको चिन्ता तमाम नेपाली जनतालाई छ । त्यसो भएको हुनाले काँग्रेस पार्टीभित्र केही समस्याहरु छन् । पार्टीमा सबै कुरामा मत एकबद्ध भएर जान सक्ने कुरा त हुँदैन ।
पार्टीमा फरक विचारहरु नेताहरुका बीचमा द्धन्द्ध विवादको अवस्था बनेर गएको देखिन्छ । यो निश्चित रुपले चिन्ताको विषय हो । हामीले यसको समाधान गरेर जानुपर्छ, समाधानतिर लैजानसपर्छ ।
तपाईहरुले परिवर्तित गरेर लगेको विधानलाई महासमितिले पास गरेन भने के हुन्छ ?
विधानमा सहमति सर्वसम्मतका साथ हुन्छ । किनभने महासमितिको दुइ तिहाईले विधान पास गर्नुपर्छ । त्यसो हुनाले काँग्रेसको केन्द्रीय कार्यसमितिमा फरक फरक विचार लिएर विधान महासमितिमा लगेर पास हुन्छ भन्ने कुरा पनि हुँदैन ।
पार्टीको विधान जस्तो आधारभुत दस्तावेज अथवा पार्टीलाई सञ्चालन गर्ने मुख्य यन्त्रनै विवादास्पद हुने र यसरी विवादित भएर जाने कुरा हुनै सक्दैन । फरक–फरक विचारबाट हासमितिमा विधान पास हुन सक्दैन । यो विधान दुई तिहाइले पास गर्नुपर्छ । म विश्वास दिलाउन चाहन्छु कि केन्द्रीय कार्यसमितिले लगेको विधान महासमितिको सर्वसम्मत रुपमा पास हुन्छ ।
diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...
Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...