डा. शेखर कोइराला– नेता, नेपाली काँग्रेस
नेपाली काँग्रेसको महासमितिको बैठक मंसिर २९ गतेदेखि पौषको ८ गतेसम्म राजधानीमा चल्यो । महासमितिको बैठकमा महासमितिका सदस्यहरुले अत्याधिक मात्रामा नेतृत्वप्रति आक्रामक देखिए । उद्घाटन भएको दिनदेखि सातौं दिनसम्म पनि विधान मस्यौदा नपाउँदा आम महासमिति सदस्यहरु केन्द्रीय नेतृत्वप्रति आक्रामक शैलीमा बैठक हलदेखि सडकसम्म नारा जुलुस समेत लाउन पछि परेनन् ।
त्यति हुँदाहुँदै पनि केन्द्रीय नेतृत्वले महासमिति सदस्यहरुलाई आस्वस्त पार्न नसकेका कारण अधिकांश महासमितिका सदस्यहरु निराश हुन पुगे । यसै विषयमा काँग्रेसका चर्चित नेता डा. शेखर कोइरालासँग पत्रकार ऋषि धमलाले नयाँ विकल्प साप्ताहिकका लागि गरेका कुराकानीका सम्पादीत अंशः
काँग्रेसको विधान संशोधनको लागि बोलाइएको महासमितिको बैठकमा झन विवाद चर्कियो हैन त ?
कन्त बिजोकै भयो नि ! चार दिनसम्म भनेर बोलाइएको बैठक दश दिनसम्म लम्बियो । हामीहरुले महासमिति सदस्यहरुलाई विधानको मस्यौदा समयमा नै उपलब्ध गराउन सकेनौं । नेतृत्वहरुबीच जुन रस्साकस्सी छ, त्यसले गर्दा विधान मस्यौदा महासमितिका सदस्यहरुलाई समयमा दिन नसकेका कारण छलफल नै राम्रोसँग हुन पाएन ।
विधान छलफल गर्न बोलाइएको महासमितिको बैठकमा विधान मस्यौदामै केन्द्रीय नेतृत्वबीच कुरा नमिल्नु पछाडिको रहस्य के हो ?
विधान मस्यौदा छलफलमा बोलाइएको महासमितिका सदस्यहरुप्रति म विनम्रतापूर्वक केन्द्रीय सदस्यको हैसियतबाट माफी माग्न चाहन्छु, किनकी मेरा व्यक्तिगत कारण नभै यो सिङ्गो पदाधिकारीहरुको कारणबाट भएको म देख्दछु । उहाँहरु पटक पटक बैठक बस्नुहुन्छ, सहमति भयो भन्नुहुन्छ, तर विधान मस्यौदा दिन सक्नुहुन्न । हामी केन्द्रीय सदस्यहरुले मात्र मस्यौदा पाएर भएन नि ।
हामीले पाएको मस्यौदालाई महासमितिमा लगेर छलफल गरेको भएपनि हुन्थ्यो नि, त्यो पनि भएन । हामीहरुले के सोच्यौ भने नेतृत्वहरुले के सोच्नुभयो भने एउटै मस्यौदा केन्द्रीय समितिबाट जाओस् भन्ने सोच्नुभयो । तर आजका दिनसम्म त्यो सम्भव देखिरहेको छैन । यो चिसो जाडोमा महासमिति सदस्यहरुलाई हामीहरुले अलपत्र पारिदिएका छौं । हामीहरु केन्द्रीय समिति पनि बस्न सकिरहेको अवस्था छैन ।
हामीहरुले समूह समूहमा छलफल ग¥यौ । कसरी मिलाउन सकिन्छ भनेर तर केन्द्रीय समिति पनि बसेन । नेताहरु एउटा कुरा कमिटमेन्ट गर्नुहुन्छ त्यो कमिटमेन्ट फेरि केन्द्रीय समितिमा ल्याएर निर्णायक पेश गर्नुपर्नेमा फेरि छलफल गराउनुहुन्छ । विधान भनेको त सबै चिज मैले भनेको, मैले चाहेको मात्र आउँदैन । अरु कुनै एक व्यक्तिले चाहेको कुरा पनि आउँदैन । जस्तो देशको संविधान हो, यस्तै नेपाली काँग्रेसको विधान हो ।
विधान मस्यौदाको बारेमा केन्द्रीय समितिमा महिनौसम्म छलफल भएको होइन र ? त्यो कुराको पहिल्यै नै निर्णय हुनुपथ्र्यो र ?
हो, यसमा पनि तिनचार ओटा विवादहरु थिए । ती विवादहरु के हो भने केन्द्रीय सदस्यहरु स्वतः महाअधिवेशन प्रतिनिधि हुने भन्ने जुन प्रावधान १२औं महाअधिवेशनपछि राखेको छ । त्यो प्रावधान हट्नुपर्छ भन्ने अधिकांश ९० प्रतिशत महासमिति सदस्यहरुले राखिरहनु भएको थियो । त्यसैगरी जिल्ला सभापतिहरुले पनि राखिरहनु भएको थियो ।
तर केन्द्रीय समितिका सदस्यहरुले त्यसलाई स्वीकार्न तयार हुनुभएन । दोस्रो कुरा के छ भने अहिले समावेशीको क्लस्टर बनेको छ । संविधानमा जे छ हामीहरुले पनि त्यही आधारमा जनसंख्याको आधारमा समावेशीता गर्नुपर्छ । तर समावेशीतालाई कति पटक आरक्षण दिने ? किनभने समावेशीबाट जो साथीहरु आउनुभएको छ उहाँहरुले के भन्नुुहुन्छ भने यो समावेशी हो, आरक्षण त होइन ।
त्यसकारण पाइरहनुपर्छ भन्ने उहाँहरुको भनाइ छ । अर्को थरि साथीहरु के भन्नुहुन्छ भने, त्यस्तो होइन यो त कमजोर वर्गलाई कमजोर जातीलाई अगाडि ल्याउनको लागि गरिएको हो । महिला, दलित, आदिवासी, जनजातिहरु आउने अवस्था रोकिन्छ भनेर त्यो व्यवस्था गरिएको हो । त्यसकारण यो कुरा पनि संवेदनशील कुरा हो ।
तपाई पार्टीभित्रको बेथिति अन्त्य गर्छु भन्दै जिल्ला दौडिरहनुहुन्छ तर महासमितिको बैठकमा तपाईको भूमिका त्यति देखिएन नि किन हो ?
होइन, होइन । केन्द्रीय सदस्यहरुले महासमितिमा बोल्ने कुरा हुँदैन । हामीहरुले महासमिति सदस्यहरुसँग लबिङ्ग गर्ने होइन, र म अगाडि कै तेस्रो कुरामा जादै छु । तेस्रो के छ भने पदाधिकारीको संख्यामा सुरुमा विवाद भयो र संख्या राख्नुस् भन्ने कुरा पनि आयो त्यो ल्याउने काम सभापतिको हो । सभापतिले ल्याउँदै ल्याउनुहुन्न । सभापति पनि कसको–कसको घेरामा पर्नु भएको छ ।
त्यो त म भन्न सक्दिन । तर घेरामा त पर्नु भएको छ । कहिले भन्नुहुन्छ २÷२ ओटा गर्ने भनेर । हामीहरुलाई केन्द्रीय समितिको बैठकमा बोलाउनुहुन्छ र छलफल गराउनुहुन्छ । अनि फेरी सभापति आफै अनिर्णयको बन्दि बन्दै जानुहुन्छ । त्यसरी पार्टी सभापतिले अनिर्णयको बाटो रोज्नु राम्रो होइन । नेतृत्वसँग बसेर छलफल गरेर निर्णय लेराआए भैहाल्थ्यो नि । त्यसपछि त हामी छलफल गर्न तयारै थियौ तर उहाँले निर्णय नै लेराआउन नसकेपछि पूर्ण रुपमा कसरी छलफल हुन्छ ?
काँग्रेसभित्र जनताको मन जित्ने दुरदर्शी नेताको अभाव भएको हो ?
अहिले त्यस्तो नेता छैनन् । अहिलेको ताजा कुरा के आयो म बताउँछु । अहिले के आयो भने सबै इलेक्टेड गरेर जाने भन्ने भयो समावेशिता पनि गर्ने भन्ने भयो । समावेशि पनि गर्ने र इलेक्टेड पनि गर्ने भनिसकेपछि फेरि सभापतिले एउटा उपसभापति र महामन्त्री त नोमिनेटेड हुनुपर्छ भनेर लफडा निकाल्नुभयो । नेपाली काँग्रेसलाई कहाँ पु¥याउन खोजिएको हो मैले बुझ्न सकिरहेको छैन ।
सबै पदाधिकारीहरु नेपाली काँग्रेसका हुन्, जो जितेर आउँछन्, ती सबै निर्वाचित आउनुपर्छ भन्ने हो । महाअधिवेशन प्रतिनिधिले भोेट हालेर निर्वाचित हुनुपर्छ भन्ने हो । महाअधिवेशन प्रतिनिधिले भोट हालेर मात्रै केन्द्रीय नेतृत्वसँग पुग्नुपर्छ भन्ने मेरो मान्यता हो ।
तर उपसभापति विमलेन्द्र निधिले सभापति, महामन्त्री मनोनित हुने हुँदा सातओटै सहमहामन्त्री समावेशीतामा पनि मनोनित हुनुपर्छ भनेर भन्नुभएको रहेछ नि हैन ?
म त सहमत थिइन । यो कुरामा म त नोट, अफ डिसेन्ट देख्छु भन्ने थियो । यो के मजाक गरिराखेको ? केन्द्रीय सदस्यहरुसँग मजाक गर्ने हो ? महासमिति सदस्यहरुसँग मजाक गर्ने हो ? कोही पनि सभापति हुँदा किन मनोनित चाहियो ? लाग्छ कि शेरबहादुर देउवानै सभापति हुनहुन्छ या अरु कोही पनि हुन सक्छ नि सभापतिलाई किन चाहियो मनोनित ? नेपाली काँग्रेस पार्टीका होइनौ हामी ? यदि सभापतिले मिलाउन सक्नुहुन्न भने छोड्नुप¥यो नि त नेतृत्वले ? पार्टीलाई अनिर्णयको बन्दि बनाउनु भएन ।
बल्लबल्ल ६ वर्षमा महासमितिको बैठक बोलाइयो, तर महासमितिको बैठकनै हात्ति आयो, हात्ति आयो फुस्स जस्तै भयो होइन र ?
होइन, त्यो कुरा त अझै म भन्दिन । विधानको एउटा मस्यौदा लिएर कार्यकर्ताको माझमा महासमितिका सदस्यहरु पुग्न पाएपछि उहाँहरु खुशी हुनुहुन्छ । तर त्यो अवस्था आउँदैन कि भन्ने ठुलो डर मलाई छदै थियो । महासमिति सदस्यहरु त्यसैमा डराउनु भएको हो । महासमितिका सदस्यहरुलाई जिल्ला फर्कदा त्यो डर, क्रास अब हटेको छ ।
वर्तमान विधान मस्यौदा एक त सातौ दिनसम्म पनि ल्याउन सक्नुभएन, त्यसमा पनि जिल्ला सभापतिहरु सन्तुष्ट हुन सकेनन् भन्छन नि ?
महासमिति सदस्यहरुले यो इस्युलाई त्यसै छाड्नुहुन्न जस्तो लाग्छ । त्यसमा पनि ७७ ओटा जिल्ला सभापतिहरुले भनिरहनु भएकै छ । उहाँहरुले विधानका बारेमा धेरै कुराहरु हेटौडा बैठक र ककनी बैठकले तयार पारेको खाँका बुझाउनु भएकै हो । त्यसमा पनि केन्द्रीय समितिले ल्याएको मस्यौदा विधानमा जिल्ला सभापतिहरुले सबैले समय दिएर व्यापक छलफल गर्ने जमर्को गर्नुभएको थियो । तर त्यो जमर्कोमा तुषारापात भयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ सम्म महाअधिवेशन हुनुपर्छ भनेर ल्याएको प्रस्ताव के भयो ?
मैले यो कुरा पहिले नै भनिसकेको कुरा हो । जिल्ला–जिल्लामा साथीभाईसँग छलफल हुँदा पनि अर्लि अधिवेशनको कुरा मैले नै उठाएको हुँ । पार्टी सभापति शेरबहादुर देउवा लम्ब्याउन चाहनुहुन्छ । त्यसैले उहाँहरुले शेरबहादुर देउवाकै बोलीमा लोलि मिलाइरहनु भएको होला । डेढ वर्ष थपिन्छ भनेर शेरबहादुरकै मुखबाट बोलिरहनु भएको छ । समयमा अधिवेशन हुनुपर्छ भनेर महासमिति सदस्यहरुले पनि बोलिदिएको भए हुन्थ्यो । नेपाली काँग्रेस कमजोर भएर सभापति मात्रै एक्लै बलियो भएर के नै हुन्छ र ?
उसोभए वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेजस्तै २०७६ फागुनमा १४औं महाअधिवेशन होला त ?
नेपाली काँग्रेसको विधानमा ४ वर्षको कार्यकाल भन्ने छ । त्यो कार्यकाल उहाँहरुले पुरा गर्नको लागि २०७६ फागुनसम्म गर्नुपर्छ । अब विधान पास भयो भने क्रियाशिलको काम त्यही दिनदेखि सुरु गर्नुपर्छ । त्यसपछि गाउँ, वडा र नगरपालिकाको अधिवेशन गराउनुपर्छ । त्यसपछि क्षेत्र हुँदै जिल्लाबाट प्रदेशमा प्रवेश गर्नुपर्छ । प्रदेश सकिनासाथ केन्द्रको महाअधिवेशन गर्ने तयारीमा जुट्नुप¥यो नि ।
त्यो समयमा गर्ने उहाँहरुको इच्छा शक्ति नै छैन । उहाँहरु कुसीमा टाँसिएर बस्न खोजिरहनु भएको छ । त्यसकारण समस्या भएको हो । म गराउँछु भनेर इच्छा शक्ति हुनु प¥यो नि । नेपाली काँग्रेस बलियो भयोभने पो हामी शेरबहादुर भनेर जान्छौं । नेपाली काँग्रेसको अस्तित्व रहेन भने शेरबहादुरको घर किन जाने ?
पछिल्लो समय पार्टीभन्दा व्यक्ति, व्यक्तिभन्दा बलियो गुट हुनुपर्छ भनेर लागेको देखिन्छ नि ?
व्यक्ति शक्तिशाली भएर त्यसले के दिन्छ र ? शेरबादुर देउवा अहिले पनि शक्तिशाली हुनुहुन्छ खोई त के दिन र के गर्न सक्नुभयो । व्यक्ति शक्तिशाली भएर के गर्ने ? व्यक्ति शक्तिशालीको भइरहेको अवस्थामा पार्टी अनिर्णयको बन्दि बन्दो रछ त ।
कसैले केही सुनाइ दियो भने उहाँ त्यसैमा लागि परिरहनुहुन्छ । त्यस्तो पनि नेतृत्व हुन्छ ? त्यस्तो पाराले पार्टी कसरी चल्छ ? नेपाली काँग्रेस जस्तो जनताको नेतृत्व गर्ने पार्टी यसरी चल्दैन । नेपाली काँग्रेस पार्टी नेपाली जनताको दुःख, सुःखमा साथ दिने र लोकतन्त्रको पहरेदार भएको हुँदा आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्न नसक्दा नेपाली जनताले हामीलाई के भन्लान ?
त्यसोभए शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै असफल भए भन्न खोज्नुभएको हो त ?
होइन, होइन । यो सफल र असफल भन्दा पनि नेतृत्वको क्षमता कति बेला देखिन्छ भन्ने हो । जुनबेला पार्टीमा संकट पर्छ, त्यो संकट टार्ने नेता नै पार्टीको सफल नेता हो । तर अहिले विधान मस्यौदाका लागि बोलाइएको महासमिति बैठकसमेत अनिर्णयको बन्दी बनाउने काम नेतृत्वमा बस्ने व्यक्तिहरुले गरिरहेका छन् । छलफलको लागि नेपाली काँग्रेस पार्टीभित्र विधानको बारेमा संकट निम्तिएको छ ।
सम्पूर्ण देशवासीहरुले नेपाली काँग्रेस बलियो होस् भन्ने चाहना राख्दाराख्दै पनि व्यक्ति बलियो भएर के गर्ने ? त्यसैले आम नेपाली जनताको भावना विपरित जाने नेता नेपाली काँग्रेसले खोजेको होइन । किनभने एकातिर कम्युनिष्टहरुको दुई तिहाई बहुमतको सरकार छ । उनीहरुको अवस्था पनि बेहालनै छ । त्यसैले नेपाली जनतालाई काँग्रेस पार्टीको खाँचो छ ।
देशमा अराजकता निम्त्यिाउने काम भएको छ । आम नागरिकलाई नेपाली काँग्रेसले बचाउन सक्छ भन्ने लागेको हुन सक्छ । म आम नागरिकको, जनताको कुरा गर्दै छु । यस्तो बेलामा पार्टीलाई अनिर्णयको बन्दि बनाउनु पार्टी मात्र कमजोर होइन, नेपाली जनताको लोकतन्त्र नै कमजोर हुँदै जान्छ ।
नेतृत्वले कार्यकर्ताको मन जित्न असफल भएका कारण ग्रासरुटमा जान आँट नगरेका हुन् ?
एउटा कुरा के बुझ्न जरुरी छ भने जब जटिलता आउँछ तब जननायक वी.पी कोइरालालाई सम्झन्छु । उहाँले भन्नुभएको जस्तै “एकमुठी माटो लिएर नेपाली आमालाई सम्झनुस्, त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले एकमुठी माटो लिएर नेपाल आमालाई सम्झेर निर्णय गरे हुन्छ । कहिले समावेशिताको नाममा निर्णय गर्नुहुन्छ । अनिर्णयको बन्दि नेपाली काँग्रेस बन्नु हुँदैन र पार्टी सभापति पनि त्यस्तो फन्दाबाट बाहिर निस्कनुपर्छ । मजाक गरेर पार्टी चल्दैन ।
द्धन्द्धकालमा रुकुम, रोल्पा र जाजरकोट लगायतका जिल्लाबाट माओवादीहरुले जग्गा, जमिन, घर लुटिएको छ । त्यहाँका जनता र काँग्रेसमा आबद्ध भएका व्यक्तिहरुको अहिलेसम्म घरजग्गा फिर्ता भएको छैन । भर्खरका दिदीबहिनीहरुको श्रीमान् मारिएका छन् । तिनीहरुमाथि न्याय दिने काम काँग्रेसकै हो । हाम्रो दायित्वभित्र पर्छ । त्यस्तो अवस्थाबाट तिनीहरुलाई मुक्ति दिलाउन सक्नुपर्छ ।
हैन, हैन तपाईले भनेको जस्तो महासमिति सदस्यहरु जाडोमा कठ्याग्रिए, खानपिनको व्यवस्था गर्न सकिएन भन्नुहुन्छ, तर नेतैपिच्छे दिनको दिन भोज र रसपान गराइएको छ नि तपाई के भन्नुहुन्छ ?
म त यो कुराको विरोधी हो, यो गर्न हुँदैन । जुन जुन नेताहरुले खुवाउनु भयो त्यो गलत गर्नुभयो । पूर्ण बहादुर खड्काले म खुवाउदिन भन्नुभयो त्यो राम्रो गर्नुभयो । जसले खुवादिन भन्छ उसले राम्रो ग¥यो । पूर्ण बहादुरलाई म सलोट गर्छु ।
धन्यवाद दिन्छु । हामीले गलतलाई गलत भन्न सक्नुपर्छ । यो प्रथा राम्रो होइन ? कहाँबाट ल्याउनुहुन्छ उहाँहरुले तेत्रो पैसा ? यत्रो पैसा कहाँबाट ल्याउनुभयो भनेर कार्यकर्ताहरुले महासमितिमा सोधिदिएको भए लाज मर्नु कुरा होइन यो ?
विजयकुमार गच्छादारले त झन दुई छाक नै खुवाउन सक्छु भन्नुभएको छ नि तपाईले चाँही के गर्नुहुन्छ ?
सक्न त धेरैले खुवाउन सक्छन् । सक्ने नसक्ने कुरा होइन । तर नेपाली काँग्रेसले खिलाउनुपर्छ । व्यापारीहरुसँग पैसा लिएर खाना खुवाइदिने त्यस्तो पनि गर्न मिल्छ ? त्यसले के सन्देश जान्छ देशभरि ?
अन्त्यमा वर्तमान अवस्थामा नेपाली काँग्रेसको मुख्य चुनौति के–के हुन् ?
नेपाली काँग्रेसको अहिलेको महासमितिको जुन राजनीतिक प्रस्ताव छ । हामीले इतिहासमा धेरै गाथाहरु लेख्यौ । नेपाली काँग्रेसको इतिहास गौरवमय इतिहास छ । त्यसमा कुनै संका छैन ।
अरु पार्टीहरुले पनि नेपाली काँग्रेस लोकतन्त्रको लागि लडेको भनेर भन्छन् । इतिहासलाई अब हामीले मानसपटलमा राख्नुपर्छ र भविष्य कसरी बनाउने ? कसरी युवाहरुलाई नेपाली काँग्रेसमा आकर्षित गर्ने ? कसरी महिला, दलित, जनजाति र आदिवासीलाई आकर्षित गर्ने भन्नेतिर तपाईको लोकप्रिय पत्रिकामार्फत भन्न चाहन्छु ।
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...
1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...