नेपाली काँग्रेस संसदमा मात्र होईन, सडकमा पनि यो विषय लिएर संघर्षमा जान सक्छ – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

नेपाली काँग्रेस संसदमा मात्र होईन, सडकमा पनि यो विषय लिएर संघर्षमा जान सक्छ

प्रदिप पौडेल, नेता–नेपाली काँग्रेस
नेपाली राजनीतिमा फेरी एकपटक एयरवस खरीद सम्बन्धी प्रकरणले ठुलै रुप लिने देखिन्छ । जसरी ३३ किलो सुन काण्ड र सनम हत्या प्रकरणलाई विषयान्तर गर्न खोजिएको थियो भने अहिले वाईडवडी प्रकरण भने त्यसै सेलाउन नपाउने देखिन्छ ।

नेपाल एयरलाईन्सले खरिद गरेको जहाज प्रकरणमा पूर्व मन्त्री, सचिवदेखि वहावाला मन्त्री समेत कारवाहीको दायरामा पर्ने प्रतिवेदन सार्वजनिक भएपछि सरकारलाई निकै अफ्ठेरो परेको देखिन्छ ।

ठुला पार्टीका नेताहरुनै यो प्रकरणमा मुछीएको प्रतिवेदनहरु सार्वजनिक भए पश्चात नेपालको राजनैतिक वृत्तमा लाउडा प्रकरणभन्दा पनि ठुलो वाईडवडी प्रकरणले लहरो तान्दा पहरो खस्ने उखान जस्तै हुने देखिएको छ । यिनै समसामयिक कुराका बारेमा नेपाली काँग्रेसका प्रखर वक्ता एवम् युवानेता प्रदिप पौडेलसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

मुलुकभित्र देखिएको भ्रष्टाचारीलाई तह लगाउन नेपाली काँग्रेसले के कस्तो कदम चाल्दै छ त ?
अहिले जतिपनि भष्टाचारको विषयहरु बाहिर आइरहेका छन्, त्यो अत्यन्त गम्भीर छ । यो विषयमा नेपाली काँग्रेस एकदम स्पष्ट धारणाका साथ प्रस्तुत हुनुपर्छ । मुलुकमा जुन खालको विकृतिहरु देखिने अवस्था बनेको छ । यस्ता सबै विषयहरु एकैचोटी आइरहेको अवस्था छ । त्यसैले यो सम्बन्धमा नेपाली काँग्रेसले राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउने र राजनीतिलाई समाजमुखी बनाउने नैतिकवान् राजनीतिको सुरुवात गर्ने सम्बन्धमा यि विषयहरुलाई विशेष रुपमा उठाउनुपर्छ भन्ने हामीले महशुस गरेका छौं ।

वाइडवडी भ्रष्टाचार प्रकरणमा नेपाली काँग्रेसका नेताहरुनी परेका छन् के उनीहरुलाई कारवाही गर्न तपाईहरु तयार हुनुहुन्छ ?
अहिले यो प्रारम्भीक चरणमा प्रतिवेदन आएको छ तर त्यो विषयलाई एकदम गम्भीर ढङ्गले हेरिनुपर्छ । ति विषयहरु विशेष तर्कसँग जोडिएको छ । त्यो एकदम निरपेक्ष ढङ्गले कसैलाई पुर्वाग्रहि राखेर आएको जस्तो देखिदैन । भ्रष्ट्राचारी पुष्टि भएको अवस्थामा अवश्य पनि हामी कारवाही गर्छौ ।

हामीले त्यसलाई अहिले नै छानविन गर्नका निम्ति सहज हुने सहयोग पुग्ने जे अवस्था उहाँहरुले सिर्जना गर्न सक्नुहुन्छ, त्यसको निम्ति उहाँहरु पनि तयार हुनुपर्छ । त्यसलाई एकदम गहिराईमा गएर छानविन गर्नुपर्छ । हाम्रो पार्टीसँग जोडिएको छ भनेर माफी पाउनुपर्छ भन्ने कुरा हुँदै हुँदैन । यसमा अनियमितता भएको छ भने जो कोहीलाई पनि कारवाही गर्नुपर्छ । हाम्रो पार्टीले पनि कारवाही गर्छ ।

यदी तपाईको पार्टीको नेता साच्चिनै भ्रष्टाचारी ठहरिए भने पार्टीबाट निकाल्न सक्नुहुन्छ ?
यो विषय सानो विषय होइन । नेपालकै इतिहासका धेरै ठुलो भ्रष्टाचारको काण्ड बन्न सक्ने अवस्था सिर्जना भएको छ । त्यसकारण उपसमितिले जुन प्रतिवेदन समितिमा बुझाएको छ, समितिले छलफल गरेर प्रतिवेदन सार्वजनिक गरेपछि संसदको प्रतिनिधिले त्यो प्रतिवेदन सार्वजनिक गरेपछि उहाँहरु दोषी देखिनु भयो भने नेपाली काँग्रेस पार्टीले नेपाली काँग्रेससँग जोडिएका सबैलाई कारवाही गर्छ ।

तर उहाँहरु दोषी भनेर उपसमितिले किटाननै गरिसक्यो नि, तपाई के भन्नुहुन्छ ?
व्यक्तिगत रुपमा उहाँहरुसँग राजनैतिक नैतिकता छ भने उहाँहरु अहिले जुन जिम्मेवारीमा हुनुहुन्छ त्यो जिम्मेवारी त्याग्न आवश्यक छ । अहिलेनै त्यसका बारेमा पूर्ण छानविन र निष्कर्ष भइसक्यो भनेर हामी पनि भनिरहेका छैनौं । तर अहिले छानविनलाई सहज बनाउनका निम्ति उहाँहरुले आफुले प्राप्त गरेको पदलाई आफैले त्याग्न उपयुक्त हुन्छ झै मलाई लाग्छ ।

छानविनलाई सहज बनाउने र अनियमितता भएको छ भने त्यो अनियमिततालाई छानविन गर्ने सन्दर्भमा व्यक्तिले सहयोग पु¥याउने कुरा अत्यन्तै नैैतिकतामा जोडिएको हुन्छ । त्यसकारण अहिले नै पार्टीले त्यसलाई कारवाही गर्नुपर्छ यो निष्कर्ष हो भनेर भनेका छैनौं तर छानविनलाई सहज बनाउन उहाँहरुले पद त्याग्नु उपयुक्त हुन्छ ।

नेपाली काँग्रेसले पनि आफ्ना नेताहरुलाई बचाउने हो की के लाग्छ यहाँलाई ?
सरकारी आयोग गठन गर्ने विषयलाई विषयान्तर गर्न खोजिएको हो । आफुसँग जोडिएका मानिसहरुलाई बचाउनका निम्ति यसो गरिएको हो भन्न सकिने प्रशस्त आधारहरु पनि भेटिन्छ ।

संसदको उपसमितिले यो गर्नै मिल्दैन । यो प्रमाण पुग्नेगरी भएको नै छैन भन्ने खालका कुराहरु सरकार आफैले कसैले र सरकारका मन्त्रीहरुले गर्न मिल्दैन । सरकारले त्यसलाई छानविन गर्न सहयोग पुग्ने खालको वातावरण बनाउनुपर्छ ।

सरकारभित्रको कोही मान्छे मुछियो भने त्यसलाई जोगाउनका निम्ति थप प्रयत्न गर्न खोजेको र आलटाल गर्न खोजेको देखियो । त्यसैले नेपाली काँग्रेसले यो विषयलाई त्यतिकै छोड्दैन । तपाइले भन्नुभए जस्तै संसदमा, सडकमा यो विषय लिएर हामी जान्छौं । तर हाम्रो भनाइ चाँही के हो भने यसले पूर्णता पाओस् र कोही पनि भ्रष्टाचारी मुक्त हुने स्थिति आएमा सरकारले सच्याउन खोजेपनि नेपाली काँग्रेसले त्यसो हुन दिँदैन । हामीले यो कुरालाई जोडतोड्का साथ उठाउँछौं ।

नेपाली काँग्रेससँग आबद्ध भएका मान्छे जोडिएको परिस्थिति आयो र त्यस्तो पुष्टि भयो भने नेपाली काँग्रेसले त्यस्ता मान्छेलाई कारवाही गरेर छाड्छ ।

जनताको बीचमा जान नेपाली काँग्रेसले अब स्वच्छ छवि बनाएर जानुपर्छ हैन ?
नैतिकताको आधारमा उहाँहरुमाथि पनि प्रश्न गर्न सकिने अवस्था छ भनेर प्रतिवेदनमा भनिएको छ । त्यसैले उहाँहरुले नैतिकता महशुस गरेर आफैले छानविनका निम्ति के सहयोग गर्न सक्नुहुन्छ ? उहाँहरुले सहयोग गर्नुपर्छ । आजको परिस्थितिमा कसैले पनि पार्टीको शक्तिलाई प्रयोग गरेर आफु भ्रष्टाचारबाट जोगिन सक्दैन । त्यसकारण पार्टीको शक्ति भ्रष्टाचारको अन्त्य गर्नको निम्ति प्रयोग हुनुपर्छ । नैतिकवान राजनीति स्थापित गर्नका निम्ति प्रयोग हुनुपर्छ ।

त्योसँग जोडिएर कुनै व्यक्ति भ्रष्टाचारको दाग लाग्ने स्थितिमा पुग्यो भने त्यो बेलामा पार्टीले त्यस्तो व्यक्तिलाई संरक्षण गर्दैन । हाम्रो पार्टीसँग जोडिएका जो कोहीलाई पनि हामीले प्रमाण पुगेको पुष्टि भएको अवस्थामा कारवाही गर्छौ । अहिले चाँही पार्टीले नै गर्नुभन्दा पनि व्यक्ति आफैले नैतिकता स्वीकार गरेर छानविनलाई सहयोग पुग्ने गरि आफ्नो तर्फबाट के गर्न सक्नुहुन्छ त्यो गर्न आवश्यक छ जस्तो मलाई लाग्छ ।

उसोभए वाईडवडि प्रकरणमा नेपाली काँग्रेस सरकारका विरुद्ध सडक र संसदमा संघर्षमा उत्रन्छ त ?
आजको यो पारदर्शी दुनियामा कसैले पनि यसरी प्रमाण पुग्नेगरी विषयवस्तुसँग जोडिसकेपछि त्यो व्यक्तिलाई जतिसुकै शक्तिशाली सरकार भएपनि बचाउन सक्दैन । आजको सन्दर्भ नेपाली समाजले हाम्रो राजनीतिले चाहेको विषय चाँही भ्रष्टाचार न्यूनीकरण गर्ने, सु–शासन स्थापित गर्ने अहिलेको सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री र मन्त्रीहरुले पनि नेपाली जनतालाई यो ढङ्गबाट जिम्मेवार गर्ने कुरा उहाँहरुले प्रष्ट रुपमा धेरै पटक भन्नुभएको छ ।

विगतका काण्डलाई पनि उछिन्ने गरी नयाँ काण्डहरु जसरी आइरहेका छन् यो सन्दर्भमा सरकारले आफुलाई जोगाउन सकेन भने यसले नेपाली राजनीतिको गति विपरित दिशातिर उन्मुख हुन्छ । यसले शासन व्यवस्थालाई लोकप्रिय बनाउन सक्दैन । जनताहरुमा थप निराशा बढेर जान्छ । त्यसैले यसलाई बचाउनका निम्ति पनि आम जनताका निराशालाई चिर्नका लागि पनि नेपाली काँग्रेसले यो विषयलाई लिएर जोड्तोडका साथ अगाडि बढ्र्छ ।

संसदमा मात्र होइन सडकमा पनि यो विषय लिएर जानुपर्छ । नेपाली जनताले महसुस गरेको विषयलाई गम्भीर ढङ्गबाट सरकारले महसुस गर्न सकेन र त्यो सँग जोडिएका व्यक्तिहरु कारवाही गर्ने परिस्थिति बन्न सकेन भने नेपाली काँग्रेस सडकमा आएर पनि यो विषयलाई जोडदार ढङ्गले अगाडि बढाउँछ ।

तर वर्तमान प्रधानमन्त्रीले उपसमितिको क्रियाकलापलाई लिएर आपति प्रकट गर्नुभएको छ नि ?
प्रधानमन्त्रीलाई हाम्रो प्रश्न के यो हुँदै नभएको कुरा आएको हो त ? त्यहाँ आएका कुराहरु जुन जोडिएका छन्, जसरी विषयवस्तु आएको छ त्यो काल्पनिक हो त ? हुँदै नभएको विषयवस्तु वाईडवडी ल्याइएकै थिएन, वाईडवडीसँग अरु विषयहरु जुन उठाइएको छ त्यो हुँदै होइन, महालेखाले भनेको कुरा पनि होइन ।

के उपसमितिले पूर्वाग्रही ढङ्गबाट यो कुरा राखेको हो त ? के त्यो उपसमितिमा नेपाली काँग्रेसका मान्छे मात्रै थिए त ? त्यसैले उहाँमा चेतना छ भने उहाँमा राजनीति विवेक छ भने उहाँले यसरी डिफेन्स गर्न मिल्दैन । उहाँले एउटा कुरा के भन्न सक्नुहुन्छ भने उपसमितिले जुन कुरा सार्वजनिक ग¥यो त्यो कुरा समितिमा प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्नुपथ्र्याे भनेर भन्न सकिने एउटा कुरा हुन सक्छ तर यो विषय नै ठिक होइन । यो एकदम पूर्वाग्रही ढङ्गले ल्याइएको हो । कुनै व्यक्तिलाई अन्त्य गर्नका लागि ल्याइएको हो । सरकारलाई अलोकप्रिय बनाउनका लागि ल्याइएको हो भनेर भन्नु यो त अत्यन्त गैरजिम्मेवार ढङ्गबाट आएको अभिव्यक्ति जस्तो लाग्छ ।

तर सूचना बाहिर ल्याउनु हुन्थेन प्रतिवेदन गोप्य राख्नुपथ्र्यो भन्ने प्रधानमन्त्रीको भनाई होनी त, होइन र ?
सूचना बाहिर ल्याउनु प्रतिवेदन गोप्य नराख्नु कुरा जघन्य अपराध हो भनेर हामी भन्दैनौ । गोप्य राखेर नै अहिले कति नै कुरा गोप्य रहन सक्छ र ? पत्रकार सम्मेलन गरेर प्रतिवेदन बुझाएको पक्कै होइन । प्रधानमन्त्रीले त्यसलाई अलिकति गोप्य राखेर उसको मर्यादा गर्नुपथ्र्यो भन्ने सम्मका कुरालाई अन्यथा नलिन सकिन्छ । तर त्यो विषयसँग जोडिएको कुराहरु एकदमै गलत हो ।

उपसमितिले एकदमै गलत कुरा गरेको हो, त्यसैले त्यो छानविन गर्नका निम्ति अल्टिमेटम अर्को समिति बनाउनुपर्छ अनि त्यसबाट तथ्य खोजिनुपर्छ । उहाँले अर्को समिति बनाउनु भएको छ यसको अर्थ त्यसलाई तोड्मोड् गरेर वाईडवडिमा केही पनि भएको थिएन भनेर भन्न खोज्नुभएको हो त ? त्योसँग जोडिएका व्यक्तिहरुलाई उहाँले बचाउन खोज्नु भएको हो त ? त्यो वाईडवडि काण्ड एकदमै ठुलो गलत थियो भनेर उहाँहले भन्न खोज्नुभएको हो भने त्यो एकदमै गलत कुरा हो । लामो समयसम्म यो विषय बाहिर आयो त्यतिञ्जेलसम्म प्रधानमन्त्रीले समिति गठन गर्ने कुरालाई आवश्यक ठान्नुभएन ।

लोकतान्त्रिक सरकारले आफुसँग जोडिएका जुनसुकै विषयलाई पनि त्यो विषय उठ्ने बित्तिकै गम्भीर रुपमा लिनुपर्छ । यो कुरा यति लामो समयसम्म मिडियामा आयो । समितिमा छलफल भयो । बाहिर बुद्धिजीवीहरुका बीचमा विभिन्न मञ्चहरुमा यो कुरा व्यापक ढङ्गले उठ्यो । सररकारमा आजभन्दा एकडेढ महिना पहिला यो कुरा उठ्यो त्यो बेला समिति बनाउने आवश्यक किन देखेन ? अहिले उपसमितिले प्रतिवेदन दिएपछि समिति बनाउने आवश्यक यो सरकारले देख्यो ? संघीय सरकार र आफुसँग जोडिएका सबै विषयमा समिति बनाएर छानविन गरेको छ । सुन काण्डको समिति खोई ? ठेकेदार काण्डको समिति खोई ? निर्मला पन्तको बलात्कार पछिको हत्या काण्डको सरकारी तहबाट आजसम्म कहाँ समिति बनेको छ ?

निर्मला पन्तको बलात्कार पछिको हत्या काण्डको विषयलाई लिएर नेपाल प्रहरीले समिति बनाएको छ नि त ?
नेपाल प्रहरीले बनायो, यो नेपाल प्रहरीको दायित्व थियो । उसले छानविनका क्रममा समिति बनाएको हुनसक्छ । नेपाल सरकारले एउटा उच्चस्तरीय समिति बनाएर सरकारी संयन्त्रलाई छानविनका निम्ति परिचालन गर्नेगरी महत्व दिएको देखिएन नि, जनतासँग जोडिएको कुनैपनि विषयमा सरकारले समिति बनाउन आवश्यक नदेख्नी तर आफुसँग जोडिएको एउटा विषय आएपछि चाँही समिति बनाउनुपर्ने ? उपसमितिमा भएका मान्छेहरु के जिम्मेवार मान्छेहरु होइनन् ?

तर सञ्चारमन्त्रीले उपसमितिकै प्रतिवेदन अन्तिम होइन र कोही दोषी प्रमाणित हुँदैन भनेर भन्नुभएको छ नि ?
यो घटनासँग जोडिएका व्यक्तिले आफुलाई बचाउनको लागि भन्ने कुरा एउटा विषय हुनसक्छ । सरकारले नै यसरी बचाउने ? त्यो अन्तिम होइन जसलाई पनि थाहा छ नि त्यो भन्दा अर्को स्टेप समितिबाट आउला, समितिपछि अदालतबाट आउँला, त्यो सबै कुरा हेरेर बस्छ सरकार ?

समितिबाट प्रतिवेदन आएपछि अदालतमा जाला र यो अदालतमा छ, त्यतिञ्जेलसम्म कसैलाई केही नगरौं भनेर सरकार हेरेर बसिरहन्छ ? सञ्चारमन्त्री जस्तो जिम्मेवार व्यक्तिले त्यो ढङ्गबाट बोल्न मिल्छ ? त्यो त राजनीतिक नैतिकतासँग जोडिएका विषय हो । नैतिकतालाई राजनीतिबाट यति धेरै स्खलित गर्ने, छुट्याउन खोजिने त्यो कुरा चाँही स्वभाविक भएन ।

सञ्चारमन्त्रीले जसरी यो कुरालाई ढाकछोप गर्न खोज्नुभयो, यो घटनासँग जोडिएका व्यक्तिलाई जुन ढङ्गबाट बचाउन खोज्नुभयो, त्यो एकदमै गलत छ । व्यत्तिले नै आफ्नो नैतिकता जोगाउनका निम्ति फेरी यो घटनासँग विगतमा अलि स्वच्छ राजनीतिक गर्ने युवा पङ्क्तिका राजनीतिज्ञहरु जोडिनुभएको छ । त्यसैले उहाँहरुले आफुलाई बचाउनको निमित् पनि पद त्याग गरेर छानविनलाई सहयोग पु¥याउने वातावरण उहाँहरुले बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।

नाटकिय शैलीमा केहीदिन अघि मात्रै रेशम चौधरीलाई शपथ गहण गराउन जुन किसिमको विधि अपनाइयो यस विषयमा नेपाली काँग्रेसको धारणा के हो ?
यो पनि आफुलाई बचाउनका निमित राजनीतिक समर्थन र विरोधसँग सरकारको समर्थन र विरोधसँग मात्रै जोडिएको छ जस्तो लाग्छ । आजभन्दा एकवर्ष अगाडि केपी शर्मा ओलीले रेशम चौधरीका बारेमा के भन्नुहुन्थ्यो ? टिकापुर घटनाका बारेमा के भन्नुहुन्थ्यो ? यो घटनाका बारेमा उहाँ कति धेरै गम्भीर हुनुहुन्थ्यो ।

यो कति ठुलो जघन्य अपराध हो भनेर उहाँले कसरी व्याख्या गर्नुहुन्थ्यो ? आज आएर आफ्नो सरकारका प्रति समर्थन कसैले छोड्न भनेर उहाँले कानुनसँग जोडिएर, नैतिकतासँग जोडिएर र घटनासँग जोडिएर होइन की राजपाले सरकारप्रतिको समर्थन फिर्ता गर्नेभयो भनेपछि उहाँ जे पनि गर्न तयार हुनुभयो । उहाँ प्रधानमन्त्री भएकै साँढे १० महिना भइसक्यो, यतिञ्जेलसम्म शपथ ग्रहण नगराई के हेरेर बस्नुभएको थियो ?

सम्बन्धित समाचार

Betify Casino : Gains Rapides et Sessions Courtes pour le Joueur Moderne
  • २०७५ पुष २३, ०९: ५०

L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....

Betify Mobile Gaming : Gains Rapides et Frissons Instantanés
  • २०७५ पुष २३, ०९: ५०

Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...

Golden Crown Casino – Quick‑Hit Slot Action for the Fast‑Paced Player
  • २०७५ पुष २३, ०९: ५०

1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...