अलोकतान्त्रिक पार्टी, लोकतान्त्रिक विधिबाट सरकारमा आयो विडम्बना यही हो, किनभने नेपाली जनताले चिन्न सकेनन् – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

अलोकतान्त्रिक पार्टी, लोकतान्त्रिक विधिबाट सरकारमा आयो विडम्बना यही हो, किनभने नेपाली जनताले चिन्न सकेनन्

नविन्द्रराज जोशी–नेता, नेपाली काँग्रेस

नेकपाको सरकार गठन भएको एक वर्ष पुगेको छ । सरकार गठन भएदेखि आलोचित हुँदै आएको के.पी ओली नेतृत्वको सरकारले एक वर्षे कार्यकालमा आफुलाई निकै सफल र उत्तरदायी सरकारको दाबी गरेता पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने सरकारको निकै आलोचना गर्दै आएको छ । नेपाली जनताले पनि जति आशा गरेका थिए, त्यो पाउन नसकेपछि निराश हुँदै गएका छन् । देशको आर्थिक स्थिति खस्कदै गएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेको आरोप लागिरहेको छ । सत्तारुढ दलकै अर्का अध्यक्षको अन्तराष्ट्रिय वक्तव्यले गर्दा राजनीतिक तरंग नै उत्पन्न गरायो । ठुला–ठुला भ्रष्टाचारहरु भइरहेको भएतापनि वर्तमान सरकारले ढाकछोप गरिरहेको आरोप लागिरहेको छ । वर्तमान सरकारको नेतृत्वकर्ता के.पी शर्मा ओलीले सरकारको एक वर्षको समीक्षामा सफलता नै सफलता भनिरहँदा नेपाली जनता चाँहि हाँसोको पात्र बनिरहेका छन् ।

यिनै विषयमा प्रमुख प्रतिपक्षी दलको भनाइ कस्तो रहेको छ भनेर नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीसँग नयाँ विकल्प साप्ताहिकको लागि पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अशंः


वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा धेरै उपलब्धी भए भन्नुभयो नि, यहाँलाई के लाग्छ ?
उहाँको बोलीलाई सम्भतः कसैले पनि विश्वास गर्ने आधार समेत उहाँले बनाउन सक्नु भएको छैन, बोल्न त उहाँ माहिर नै हुनुहुन्छ । राम्रो बोल्नुहुन्छ, त्यसमा कुनै शंका छैन तर बोलेर मात्र विकास हुने भएको भए, बोलेर मात्र जनताले राहत पाउने भएको भए, बोेलेर मात्र आर्थिक समृद्धि हुने भएको भए सबै कुरा भइसक्थ्यो होला । तर परिणाम शुन्य छ । यि सबै कुरा बोलीमा मात्रै सिमति हुन् ।

सरकार गठन भएको एक वर्षमा सुशासनमा सुधार भएको, देशको आर्थिक समृद्धि विकास हुँदै गएको हुँदा खाली भाडो आधासम्म आइसकेकोले देश विकास अगाडि बढिरहेको बताउनु भयो नि त ?
कुन आधारमा उहाँले त्यसरी भन्नुभएको हो । तर आर्थिक गतिविधि, आर्थिक वृद्धिदरको कुरा गर्ने हो भने पहिला भन्दा घटेको अवस्था छ । हाम्रो आर्थिक स्थिति एक वर्षको अवधी भित्रमा तल झरेको छ । परराष्ट्रमा आफ्नो देशको हित हुने भन्दा नहुने कुरा अगाडि बढेको पनि अवस्था देखिन्छ । सामाजिक रुपमा हेर्ने हो भने पिडितले न्याय पाएको छैनन् ।

अपराधीहरुलाई लुकाएर राखेको अवस्था पनि छ । निर्मला पन्तको बलात्कार पछिको हत्या काण्डमा मुछिएका बलात्कारी हत्यारालाई अझै सार्वजनिक गर्न सकेको छैन र आठ महिना हुन लागीसक्दा पनि । अर्को कुरा भ्रष्टाचार र भ्रष्टाचारी दिनहुँ बढ्दै गएका छन् । विश्वको मिडियामा भ्रष्टाचारको देश भनेर नेपाल चिनिन्छ ।

करोडौ अर्बौ घोटला गर्ने भ्रष्टाचारीलाई उम्काउन खोज्छ यो सरकारले तै पनि प्रधानमन्त्रीले कुन र के आधारमा खाली भाडो आधा भयो भन्नुभएको हो त्यो त मलाई थाहा छैन । केही दिनअघि मात्रै मलाई एक जनाले भन्दै थिए यो सरकारले बडो राम्रो काम गरेको छ । पहिला लाख र करोडको भ्रष्टाचार हुन्थ्यो अहिले विकास र समृद्धि बढेर अर्बौ र खर्बौको भ्रष्टाचार हुन्छ भनेका छन् । यस्तो भ्रष्टाचार बढेको छ । जनताको ढाड सेक्ने गरी महङ्गी र कर बढेको बढ्यै छ ।

तपाई नेपाली काँग्रेस प्रतिपक्षीको आँखाबाट मात्र यस्तो आरोप लगाएर हुन्छ र, उहाँले आर्थिक र कुटनीतिक रुपमा धेरै प्रगती गरेको छ, यो सरकारले भन्नुभएको छ नि ?
मलाई हाँसो लागेर आउँछ यस्तो कुरा सुन्दा उहाँलाई यि कुराहरु कसले भन्दिन्छ होला । यस्ता हुँदै नभएको कुराहरुलाई उहाँले कसरी प्रगती भएको छ भन्नुभएको होला मलाई अचम्म लागेर आउँछ । प्रधानमन्त्रीलाई मेरो सादर आग्रह छ । अहिले वैदेशिक लगानीको कुरा गर्ने हो भने पहिलोको तुलनामा अहिले ५० प्रतिशत घटेको छ ।

उहाँले कहाँबाट त्यस्तो हुँदै नभएको कुराको तथ्याङ्क लिनुहुन्छ । भ्रष्टाचारको रुपमा हेर्ने हो भनेदक्षिण एसियाकै तेस्रो नम्बरमा नेपाल छ । कार्यालय÷कार्यालयमा भ्रष्टाचार छ । कुनै कुराको दर्ता गर्न जाँदा त्यस्तै समस्या छ । कुनै नयाँ ऐन, कानुन बनाएर त्यसलाई सजिलो बनाउने केही काम भएको छैन । केको आधारमा उहाँले यस्तो भन्नुहुन्छ ? उहाँ तेत्रो राजनीति गरेको मान्छे विद्र्धान पनि हुनुहुन्छ । देश यसरी रसातलतिर जादै छ ।

उहाँले बताइदिनु प¥यो के विकास भयो एक वर्ष भित्रमा ? जनताले कहाँकहाँ राहत पाए ? कति प्रतिशत जनताले राहत पाए ? जनताले अनुभूति विकास, समृद्धि र राहतको आश गर्न छोडिसके । जनताले देश समाप्तिको बाटोतिर जाँदै गरेको अनुभूति गरेका छन् ।

हालै अख्तियार भित्रको भ्रष्टाचार समेत बाहिर आएको छ, आयुक्तनै भ्रष्टाचारमा संलग्न भएको हुँदा जनताले यो देशमा कसरी भ्रष्टाचार समाप्त होला भनेर विश्वास गर्ने ?
त्यसैले त म भन्दैछु, यो दुई तिहाईको सरकारले यि कुराहरुलाई त समाधान गर्नुप¥यो । राजनीतिक स्थायित्व तोड्नेलाई कारवाही खोई कहाँ भएको छ ? सुनकाण्ड कै कुरा गर्ने हो भने खोई त परिणाम ? वाईडवडी प्रकरणको कुरा आएको छ ।

भ्रष्टाचारीलाई लुकाउन नयाँ आयोग गठन भएको छ । प्रा.डा.गोविन्द केसीको मुद्दामा सर्वोच्चताको कुरा गर्नुहुन्छ । अनि त्यहाँ संसद सर्वोच्चता पनि आयोग गठन गर्नुहुन्छ । संविधानमा उल्लेख भएका विषयलाई पनि नाघिएका छन् । आज संघीयतालाई कुन ठाउँमा पु¥याइएको छ । समग्र रुपमा हेर्ने हो भने मेरो निष्कर्ष के हो भन्दाखेरी जति समयसम्म यो सरकार बस्छ त्यति समयसम्म नेपाल र नेपाली जनताको अहित हुने काम मात्रै हुन्छ ।

यो सरकारको त चार वर्षसम्म काम गर्न पाउने म्याण्डेड प्राप्त छ, त्यसैले यो झिनामसिना कुराहरु त तपाईको प्रतिपक्षी दलले लगाउने आरोप मात्र होइन र ?
जनता जनार्दन हुन्, जनता निर्णायक शक्ति हो । अलोकतान्त्रिक पार्टीको सरकार लोकतन्त्रबाट आयो विडम्बना यही हो । किनभने नेपाली जनताले चिन्न सकेनन् यतिबेला नेपाली जनता झस्किसके, सचेत भइसके, नेपाली जनताले महसुश गरिसके की हाम्रो निर्णय गलत थियो । गलत पार्टी र जनताको अहित हुने गरी काम गर्ने पार्टी भनेर सबैले चिनिसके, जानिसके र बुझिसके । अब नेपाली जनताले यस्तो निर्णय लिदैनन् भन्ने कुरामा हामी विश्वस्त छौं ।

यो सरकारलाई लोतान्त्रिक प्रक्रियामा नेपाली काँग्रेसले लिएर आएको हो । लोकतन्त्र प्रतिको प्रतिबद्धता हामी यो सरकारबाट चाहन्छौं । तर संविधान प्रतिको प्रतिबद्धता हामी यो सरकारबाट चाहन्छौं । तर यो सरकारले त्यसबाट पनि विचलित हुने कुरा गर्छ । जनताले आजको दिनमा कस्तो किसिमको समस्या झेल्नु परेको त्यतातिर यो सरकारको कुनै ध्यान छैन, चिन्ता छैन । एकदम प्रगती भएको छ भनेर ठुला–ठुला कुरा मात्रै गर्छ ।

यो सरकारले, भ्रष्टाचार गरेर प्रगति भएकोलाई प्रगती भन्नुहुन्छ भने यो सरकारले धेरै ठुलो प्रगती गरेको छ । जनतालाई अन्याय नहुने कुरामा बलात्कारीलाई सजाय नहुने कुरामा प्रगती भएको छ भने हो धेरै ठुलो प्रगती भएको हो ?

तर वर्तमान प्रधानमन्त्रीले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान अक्षरस पालना गरिरहेकाले सरकारको सफलता बढ्दै गएको र भ्रष्टाचार पनि कम हुँदै गएको भन्नुभएको छ, तर तपाई सफल भयो भन्नुहुन्छ कसरी ?
राजनीतिक रुपमा लोतान्त्रिक प्रक्रिया र लोतान्त्रिक व्यवहारका विरुद्धमा सरकार छ । संविधानलाई सरकारले जसरी सम्मान गर्नुपर्ने हो, जसरी संवैधानिक बुंदाहरु यसले राख्नुपर्ने हो सबैलाई थाहा छ प्रतिपक्षी नेतालाई नराखी बैठक बस्छ र निर्णय गर्छ । संविधानको विरुद्धमा यो सरकार लागेको छ । सामाजिक रुपमा हेर्नुहुन्छ भने यत्रो बलात्कार हत्याका घटना बढेका बढ्यै छन् । बलात्कारीलाई सजाय र पिडितलाई न्याय दिन सकिरहेको छैन ।

अपराधीलाई प्रमाण नष्ट गरी लुकाइएको छ । अहिलेको यो गठबन्धन सरकारले कस्तो विकृति ल्यायो भन्दा मैले गल्ती गर्दा पनि म राज्य सरकारबाट संरक्षित हुन्छु र राज्यले मलाई केही गर्न सक्दैन भन्ने खालको अवस्था सिर्जना भएको कारणलेनै दिनहुँ बलात्कार, हत्या, भ्रष्टाचार बढिरहेको छ । सुरक्षाको कुरा गर्ने हो भने पनि कम छ । स्थानीय करले गर्दा जनताको ढाड सेकिएको छ । मूल्य अभिवृद्धि बढ्दो रुपमा छ । आर्थिक रुपमा हेर्नुहुन्छ भने त्यस्तो संकेत कही कतै छैन । यो सरकार अगाडि बढ्ने संकेत देखिएको छैन ।

प्रतिपक्षीले सरकारको राम्रो कामको कुरा नगर्ने, अनि जहिले पनि सरकारको आलोचना मात्र गरेर हुन्छ ?
राम्रो कुराको हामी प्रंशसा पनि गर्छौ । नभएको कुरा गर्दा आलोचना पनि गर्छौ । वर्तमान सरकारले हुँदै नभएको कुरालाई बढी प्रचारवाजी गरेर तिललाई पहाड बनाएर जुन रुपमा अगाडि बढाइरहेको छ, त्यसले देशको समृद्धि हुँदैन । एउटा कारणले उद्घाटन गर्ने क्रममा समेत करोडौ रुपैयाको प्रचार गरेर नेपाली जनतालाई आँखामा छारो हालिरहेको छ ।

हेर्नुहोस् न अस्ति मात्रैको कुरा हो– पानी जहाज कार्यालय उद्घाटन गर्ने कार्यक्रमको समेत प्रचार र होडिङ्ग बोर्डले नगर रंङ्गिएका छन् । अब तपाई भन्नुस् यो सरकार काम गरिरहेको छ कि हल्ला गरिरहेको छ । कहिले प्रधानमन्त्री बेरोजगार भक्ता कार्यक्रमको उद्घाटन, कहिले पानी जाहाजको उद्घाटन, कहिले मनोरेलको हल्लाले नेपाली जनतालाई मिठो कुराले मात्र हुने भए सबै सरकारले गफ लाउँथें । सरकारले हल्ला गर्ने होइन, काम गर्ने हो । तर वर्तमान के.पी शर्मा नेतृत्वको सरकारले कामभन्दा प्रचार गरेर राज्यको ढुकुटी रित्याइरहेको छ भन्ने लाग्छ मलाई ।

अन्त्यमा तपाइको विचारमा सरकारको एक वर्षे कार्यकाल यस नयाँ विकल्प साप्ताहिक पत्रिका कति सफल कति असफल बताईदिनुहुन्छ की ?
मलाई लाग्छ की भाषण गर्न सफल तर काम गर्न असफल, परिणाम दिन असफल, जनतालाई राहत दिन असफल, जनताको भावना बुझ्न असफल भएको छ । देश कै इज्जत र सम्मान दिन नसक्ने भनेर नेपाली जनतालाई न्याय दिन नसक्ने र भ्रष्टाचार गर्ने मुलुकको नाममा चिन्न थालिसके ।

वर्षोसम्म हत्या, बलात्कारका घटना दोहोरिरहँदा पनि यो सरकारले कारवाही गर्न नसकेको हुँदा हामीले सारा नेपालीको शिर मुलुकभरी निहुरिनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले तपाईको लोकप्रिय नयाँ विकल्प साप्ताहिक पत्रिका मार्फत् वर्तमान सरकारसँग आग्रह गर्न चाहन्छु कि देशलाई समृद्ध बनाउन हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार निर्मुल गर्न सरकार लागि परोस् । धन्यवाद !

सम्बन्धित समाचार

Warum ich mir Bitstarz genauer angesehen habe
  • २०७५ फाल्गुन ६, ०९: ४६

Ich teste Bitstarz als Schweizer Spieler. Krypto-Casino mit schnellen Auszahlungen, grosser Spielauswahl und fairen Bedingungen im Detail analysiert.

Simsino : Redéfinir l’expérience du Casino en Ligne par l’Innovation et le Design Centré sur le Joueur
  • २०७५ फाल्गुन ६, ०९: ४६

Dans le paysage numérique saturé de jeux en ligne, peu de plateformes parviennent à trouver un équilibre parfait entre technologie...

Cafe-schneeweiss und Glorion – mein erster Eindruck
  • २०७५ फाल्गुन ६, ०९: ४६

Cafe-schneeweiss im Test: wie Glorion Casino hier auftritt, was Spieler erwartet und wo es hakt.