नेविसंघबाट राजनीतिमा उदायका स्थापित नेता हुन् उपेन्द्र पोखरेल । सिन्धुलीका स्थायी वासिन्दा पोखरेल नेपाली कांग्रेसका जिल्ला सभापति एवं कमलाई नगरपालिकाको प्रमुख हुन् । सधैं जनताका कामप्रति दत्तचित्त पोखरेल कर्मठ नेता, समाजसेवी र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् ।

जनताको सेवामा समर्पित पोखरेल जनप्रतिनिधि भइसकेपछि आफुलाई जनताको सेवक ठान्दछन् । ‘हाम्रालाई होइन, राम्रालाई’ अवसर दिनुपर्ने धारणा राख्ने उनी इमानदार नेतामा गनिन्छन् । उनै नगरप्रमुख पोखरेलसँग स्थानीय विकासमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंलाई मत दिएर नगरप्रमुखमा निर्वाचित गराउने मतदातालाई के भन्नुहुन्छ ?
यो जित मेरो मात्रै नभएर सर्वप्रथम सिन्धुली कमलाई नगरपालिकावासीको हो । त्यसपछि नेपाली कांग्रेसको पनि हो । म त त्यसको प्रतिनिधित्व गर्ने व्यक्ति मात्रै हुँ । अहिलेका नागरिक पहिलाका जस्ता हुनुहुन्न । उहाँहरुले निकै विवेक पु¥याएर नै मलाई कमलाई नगरपालिकाको नगरप्रमुखमा विजयी गराउनुभएको हो ।
उहाँहरुले एकदमै सोचविचार गरेर मलाई मत दिनुभएको हो । त्यसप्रति समपूर्ण नगरवासी दाजुभाइ दिदीबहिनी, अग्रज नेता, कार्यकर्ता सबैलाई धन्यवाद दिन चाहन्छु । अब मैले उहाँहरुको इच्छा, आकांक्षा र भावनामा ठेस नपु¥याइ, कतै तलमाथि नहुने गरी काम गर्नुपर्छ । त्यसमा प्रतिवद्ध छु ।
नगरवासीले अनुभूति गर्ने गरी यो पार्टी, ऊ पार्टी नभनी साझा रुपमा काम गर्नुपर्छ । म कुरा गरेर भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने भावना राख्ने व्यक्ति हुँ । यहाँको भूगोल, जनताका इच्छा, आकांक्षा र भावनामा चोट नपुगोस् भनेर मेरो पार्टी नेपाली कांग्रेसले नगर प्रमुखको टिकट दिएको हो ।
अब मैले जेसुकै भए तापनि पार्टीभन्दा एक कदम माथि उठेर सम्पूर्ण नगरवासीको भावना अनुसार काम गर्नुपर्छ । कांग्रेस पार्टीको टिकटमा चुनाव जितेँ । जनप्रतिनिधि भइसकेपछि अब मैले सम्पूर्ण नगरवासीको आवश्यकता, चाहना र भावना अनुसार काम गर्नुपर्छ ।
पार्टीभन्दा माथि उठेर साझा रुपमा कमलामाई नगरवासीको सेवा गर्नुहुृन्छ हो ?
मलाई नेपाली कांग्रेसले टिकट दिइरहँदा मैले पार्टीलाई सिरोपर गर्नुपर्छ । घोषणा पत्रपनि पार्टीकै नीति निर्देशन अनुसार बनाइएको हुन्छ । त्योभन्दा महत्वपूर्ण कुरा पार्टी आफ्नो ठाउँमा सम्मानित छ । त्योभन्दा पनि सम्मानित भनेको यस नगरपालिकाभित्रका नागरिकहरु हुन् । पार्टीले टिकट दिँदैमा म जनप्रतिनिधि भइहाल्ने होइन ।
म कमलामाईको मेयर बन्नको लागि नगरवासीले भोट दिनुपर्छ, त्यो मैले पाएको छु । अब मैले पार्टीभन्दा माथि उठेर यहाँका नागरिकको भावना समेट्न सक्नुपर्छ । त्यसमा मैले निकै हेक्का पु¥याएर काम गर्नुपर्छ । म राजनीतिमा कमाउन र लिन आएको होइन, जनतालाई केही दिनको लागि आएको हुँ ।
हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवा अन्तर्गत विभिन्न क्षेत्रमा काम गर्दै आएको थिएँ । आज कमलामाई नगरपालिकाका नागरिकको भोटले नगर प्रमुखमा निर्वाचित भएको छु । अब मैले काम गर्दा कहिल्यै पनि यो पार्टी, ऊ पार्टी नभनी सबैको भावना समेटेर काम गर्नुपर्छ । आउँदा दिनमा जनताको आवश्यकता र समयको मागअनुसार दत्तचित्त भएर जनसेवामा समर्पित हुने छु ।
तपाईं मेयर भइसकेपछि आगामी कार्ययोजना कस्तो बनाउनुभएको छ ?
यो गर्छु, त्यो गर्छु भनेर आदर्शका कुरा गरेर मात्रै हुँदैन । हामीले मिठा भाषण, आदर्शका नारा यसअघि धेरै ग¥यौं । तर, राजनीतिमा निश्पक्षता कायम गर्न सकेनौं । अबका दिनमा हामीले विकास निर्माणसँगसँगै जनताको मन छुन सक्ने केही न केही आकर्षक काम गरेर देखाउनुपर्छ । जनताको आयआर्जन बढाउने कामहरु अगाडि ल्याउनुपर्छ ।
त्यसको लागि सीपमुलक तालीममार्पmत दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । स्थानीय सीपलाई उत्दानमुखी बनाउनुपर्छ । कृषिलगायत घरेलु सीपलाई व्यवसायिक बनाउनुपर्छ । त्यसको लागि गरीव, जनताजाति, उत्पीडित, दलित, महिला, पिछडा वर्गको पहिचान गरी ठाउँ सुहाउँदो उत्पादनको पहिचान गर्नुपर्छ ।
त्यसो भयोभने सहुलियतमा अनुदान दिएर आयआर्जन बढाउन सकिन्छ । अबका जनता धेरै सोच्ने भइसकेका छन् । हिजोको जस्तो उधारो आश्वासन दिएर पत्याउनेवाला छैनन् । सीपमुलक तालीममा दक्ष जनशक्ति तयार गरी उत्पादनमुखी काममा अगाडि बढ्ने मेरो कार्ययोजना छ ।
अहिलेका युवा नेपालमा सम्भावनै देख्दैननु, सीपमुलक तालीममार्पmत स्वदेशमै रोजगारमुखी बनाउन सकिन्छ भनेर कसरी आस्वस्त तुल्याउनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा त यसमा मलगायत हामी कमलामाई नगरपालिकाका जनप्रतिनिधिको सिंगो टिम नै कामप्रति जवाफदेही हुन जरुरी छ । अब हामीले काम गर्दा पारदर्शी ढंगले विकास निर्माणलगायत नगरपालिकाका सम्पूर्ण कामहरु निष्पक्ष भएर गर्नुपर्छ । त्यसको लागि म दत्तचित्त भएर सबै निर्वाचित साथीहरुसँग छलफल गरिरहेको छु ।
एकजनाको मात्रै प्रयासले कुनै पनि काम अगाडि बढाउन सकिँदैन । कुनैपनि परिणाममुखी काम गर्न सिंगो टिमको आवश्यकता पर्छ । त्यसपछि इच्छाशक्ति चाहिन्छ । आगामी दिनमा म सहित हाम्रो सिंगो टिम एकजुट भएर जनताले अनुभूति गर्नेगरी परिणामुखी काम गरेर देखाउँछौं ।
यसअघिका स्थानीय प्रतिनिधिहरु सुविधाभोगी भए, ठेक्कापट्टादेखि डोजरसम्म खरिद गरे, जनताको काम गरेनन् भन्ने गुनासाहरु थुप्रै थिए नि, त्यसलाई चिर्नेगरी कसरी सुधार ल्याउनुहुन्छ ?
अब त्यस्तो गुनोसो आउने गरी कुनै क्षेत्रमा अनियमितता हुँदैन । म मेयर भएदेखि अनौपचारिक काममा हिड्दा आफ्नै साधन प्रयोग गरेर हिड्छु । कुनै पनि औपचारिक कामबाहेक मैले नगरपालिकाको साधन, स्रोत प्रयोग गरेको छैन ।
गर्नेवाला पनि छैन । औपचारिक कार्यक्रममा मात्रै मैले नगरपालिको सधान प्रयोग गरेको छु । आउँदा दिनमा पनि नगरपालिकाको कामबाहेक कुनै पनि अनौपचारिक काममा नगरपालिकाको साधन प्रयोग गर्ने छैन । हिजोका दिनमा के÷कस्ता अनियमितता भए, म त्यतातिर जान चाहन्न । केही नराम्रा भए होलान्, केही राम्रा पनि भए होलान् ।
तर, तपाईंले उठाएको जस्तै जनताका धेरै गुनासाहरु बाहिर आएकै हो । त्यसबेला उपभोक्त समिति पनि वडा अध्यक्षले बनाउने, अनुगमन समिति पनि वडा अध्यक्षले बनाउने र बजेट विनियोजन गर्दा पनि दुई लाखभन्दा कममा अनुगमन नगर्ने भनेर आपूm–आपूm मिलाएर समिति बनाउने गरेको गुनासो त मैले पनि सुनेको हो ।
मलाई आधिकारिक रुपमा थाहा चाहीं भएन । तर, जनताको गुनासो प्रसस्तै थियो । भोलिका दिनमा त्यस्तो हुँदैन । हामी हिजोको जस्तो कनिका छराई बजेट पनि ल्याउँदैनौं । पादर्शी ढंगले समिति बनाएर मात्रै निर्णय गर्दछौं ।
त्यसोभए जनताले अनुभूति गर्ने गरी परिणाममुखी र दीर्घकालीन काम गरेर अगाडि बढ्नुहुन्छ हो ?
पार्टी राजनीतिमा म नेपाली कांग्रेसको जिल्ला सभापति छु । तर, नगर प्रमुख भइसकेपछि नगरपालिकाको योजना बनाउँदा, ती योजनाहरुको वितरण गर्दा, ठाउँ छनोट गर्दा, जनतालाई प्रत्यक्ष लाभ हुने काम गरेर जनतालाई विश्वास दिलाउन चाहन्छु । त्यसरी काम गर्दा कुनै दलविशेषको नभएर विसुद्ध जनताको जनप्रतिनिधि भएर निष्पक्ष ढंगले काम गर्ने छु ।
म नगरपालिकाभित्र जाँदा दलको प्रतिनिधि होइन कि जनताको जनप्रतिनिधिको हैसियतले जाने छु । र, सबैको काम गरेर उपेन्द्र पोखरेल साच्चीकै जनप्रतिनिधि हो भन्ने देखाउन चाहन्छु । मकहाँ कामको लागि आउँदा सबैले निधक्क भएर आउँदा हुन्छ । म यो दल, ऊ दल नभनी सबैको निष्पक्ष ढंगले काम गर्छु । नगरपालिका सबै नगरवासीको हो । म उहाँकै काम गर्ने सेवक हुँ । उहाँहरुको सेवा गर्नु मेरो कर्तव्य र दायित्व हो ।
ए तपाईंसँग काम गर्न आउँदा मेरो काम हुँदैन कि भनेर कसैले नडराए हुन्छ हो ?
मैले अगाडि पनि भएको छु, मैले गर्न मिल्ने, मेरो अधिकारले भ्याएसम्मको काम गराउन कसैले नहिचकिचाए हुन्छ । निर्धक्क भएर आउनुहोस् यो सबै नगरवासीको काम गराउने थलो हो । उहाँहरुले पलानो पार्टीको मान्छे मेरो काम गर्दैन कि भनेर नसोचे हुन्छ । मैले गर्न मिल्ने सबै नागरिकको काम गरेर छाड्छु । अझ मैले त जनताका पीरमर्काहरु के के छन् ?
त्यसको समाधानका लागि सबैसँग भेट गर्न मिल्ने गरी मेरो कार्यकक्ष त बाहिरै ट्रष्ट हालेर राखिदिए पनि हुन्छ । उहाँहरु सबैको पीरमर्का बुझेर प्रत्यक्ष भेटेर काम गरिदिने छु । यदि जनताका गर्न मिल्ने काम कुनै कर्मचारीले रोकेका छन् भने मलाई आएर भेट्नुहोस् म आफै गएर तुरुन्त गर्न लगाउने छु ।
यस नगरपालिकाका जनताका के समस्या छन् ?समाधानका लागि मेरो ढोका सधैं खुल्ला रहने छ । यो कुरा मैले पहिलादेखि भन्दै आएको छु । त्यसको लागि म अहिले पनि प्रत्यक्ष रुपमा भेटघाटमै लागिपरेको छु ।
तत्काल गर्नैपर्ने काम चाहीं के देख्नुभएको छ, जुन तपाईं घरदैलो कार्यक्रका क्रममा घुम्दा ?
म जनताका घरदैलोमा पुग्दा आयमुलक बन्ने, स्वरोजगारमुखी बन्ने जस्ता उहाँहरुले अपेक्षा गरेको भन्दा पनि आपैmले महसुस गरेका कामहरु छन् । अहिले पनि फुर्सद हुनेबित्तिकै मोटर साइकिलमा जनताका समस्या बुझ्न घर–घरमा पुगिरहेको हुन्छ । त्यसमा विभिन्न समस्याहरु भेटिन्छन् जस्तो बाटोघाटो, खानेपानी, सरसफाइ, सिंचाईं आदि समस्या समाधानका लागि हेर्दै हिडिँरहेको हुन्छु । यसरी घुम्नेक्रममा जनताका धेरै आशाहरु भएको पाएको छु ।
कमला नदीको समस्या लगायत विपदव्यवस्थापनको लागि कस्तो छ ?
त्यसको लागि म निर्वाचित भएर आइसकेपछि पहिला कमला नदी नियन्त्रण र विपद व्यवस्थापनको लागि हामीले पहिलो कार्यपालिकाको बैठकबाटै निर्णय गरेका छौं । त्यसको लागि तारजाली, रेस्क्युको लागि सेना, प्रहरी, रेक्रससँग सन्वय गरेर अगाडि बढ्ने सहमति गरेका छौं । त्यससँगै त्रिपाल, खाद्यान्न, भाँडाकुडाको व्यवस्थापनको लागि पनि तयारीमा जुटेका छौं ।
कतै पहिराले घर तान्न लाग्यो भने त्यसको उद्दारको लागि पनि तयारी गरेका छौं । बाढी टोलवस्तीमा छिर्न लाग्यो भने त्यसलाई रोकथाम गर्न तारजातीको तयारी गरेका छौं । यसरी मौसमअनुसार आइपर्ने विपदव्यवस्थापनको लागि हामीले उच्च महत्वका साथ तयारी थालेका छौं ।
यो चाहीं काम नगरपालिकाले तत्काल गर्नैपर्ने भनेर खड्किको कुन ठाउँ देख्नुभएको छ ?
कुनै ठाउँविशेष भन्दा पनि सबैतिर भौगोलिक अवस्था अनुसार विविध समस्याहरु छन् । कमलामाई नगरपालिकाका सबै ठाउँमा आ–आफ्नै समस्याहरु देखिएका छन् । कुनैमा ठाउँमा बाटो कालोपत्रे गर्नुपर्ने, कुनै ठाउँमा खानेपानीको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटोको व्यवस्था गर्नुपर्ने, कुनै ठाउँमा बाटो पुगेर पनि राम्रो प्राधिविकहरुको कमी सञ्चालन हुन नसकेका, कतै ढल र नालाको व्यवस्था नभएर बाटो बिग्रिएका छन् ।
कतै पुल नभएर आवतजाओतमा समस्या देखिएका छन् । कतै घरपाएकमा विद्यालय नभएर विद्यार्थी स्कुल जानबाट बञ्चित हुनुपरेको छ । कतै जग्गाजमीन राम्रो छ तर सिंचाईको व्यवस्था नभएर बाँभैm बसेका छन् । कतै बाटो चाहीं पुगेका छ तर प्राविधिक र भौतिक संरचना गतिलो नभएर यातायातमा बाधा पुगेका छन् ।
कर्त खोलाले खतबारी, घरघडेरी कटान गरेर समस्यामा परेका छन् । यो चाहीं क्षेत्र ठीक छ भनेर चित्त बुझाउने ठाउँ छैन । यसरी हरेक क्षेत्रमा जनतालाई समस्याले गाँजेको देखेर म चिन्तित छु ।
यस्तो हुनुमा के दोषी जस्तो लाग्छ ?
यस्तो हुनुमा चाहीं नगरपालिकामा जति कर उठ्छ त्यो भन्दा बढी खर्च हुनेगरी कर्मचारीदेखि अन्य भर्ती केन्द्र बनाउने गरेका यस्तो भएको जस्तो लाग्छ । कामभन्दा पनि एकदमै ‘ओभर स्टाफ’ राखिएको छ । यो हेर्दा मलाई पुरै भर्ती केन्द्र बनाइएको जस्तो लाग्यो । मैले कमलामाई नगरपालिकाका सबै वडाहरुमा देखेँ त्यहाँ जनताका पीरमर्का बुझ्ने र विकास निर्माण गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउने भर्ती केन्द्र बनाएको पाएँ ।
यसभन्दा पहिला नगरपालिका र वडाहरुमा नजताको पसिनाबाट जम्मा गरिएको करबाट आफ्ना कार्यकर्ता, आफन्त पोस्ने गरेको पाएँ । जनताको काम गर्ने दक्ष जनशक्ति छैनन् । खाली जागिर खुवाउने काम गरिएको रहेछ । अब यो प्रवृत्तिको अन्त्य गरेर आफ्नो योग्यता, क्षमता र दक्षको आधारमा कामको प्रकृति हेरेर दक्ष जनशक्तिमार्पmत जनताको सेवा गर्ने थलोको रुपमा नगरपालिका र वडा कार्यालयको विकास गर्नुपर्ने छ ।
यसको समाधानको लागि के गर्नुहुन्छ ?
अब अनावश्यक खर्च कटौती गरेर मितव्ययिता अपनाएर विकास निर्माणमा अगाडि बढ्ने छौं । त्यसको लागि हाम्रा भन्दा पनि राम्रा, योग्य जनताका जल्दाबल्दा समस्या बुझेर काम गर्ने कर्मचारी हुनुपर्छ । आउँदा दिनमा जनताको काम गर्दा चुस्तदुरुस्त ढंगले छिटोछरितो गरी काम गर्ने छौं । कर्मचारीहरुमा पनि अब हामी त्यो अवस्था सिर्जना गर्दछौं । जनताको पसिनाबाट जम्मा भएको कर विकास निर्माण र जनताको सेवामा खर्च गर्ने गरी काम गर्ने छौं । नयाँ विकल्पबाट…
Kun olet kiireisen aikataulun keskellä ja kaipaat välitöntä jännitystä, AllySpin Casino tarjoaa leikkikentän, joka on rakennettu nopeaa toimintaa varten. Alustan...
1. A Rapid‑Fire Welcome When you land on the JeetCity Casino landing page, the first thing that grabs your attention...
Pour les joueurs qui recherchent une action instantanée sans long engagement, la plateforme Sportcashcasino—souvent surnommée Sportcashcasino par la communauté—offre une...