
मधेश केन्द्रीत दलबीच एकता गर्ने भन्दै छलफलका लागि तयार भएका नेताहरु पुनः एकता धकेलिएको आशंका गरिरहेका छन् ।
विशेषगरी मधेशको मुद्दा उठाएर समस्या समाधान गर्न भन्दै आम निर्वाचनका बेला टुटफुट र आपसी मतभेदकाबीच जन्मिएका मधेश केन्द्रीत दलहरु यतिबेला फेरी एकता प्रक्रियामा जाने भन्दै छलफलमा जुटिरहेका बेला पूर्वमन्त्री एवं नेता राजकिशोर यादवसँग नयाँ विकल्प साप्ताहिकका लागि ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः
तपाईहरु वार्तामा बसिरहेको अवस्थामा मधेश केन्द्रीत दुइ दलबीच तत्काल एकता महाधिवेशन नहुने भयो हैन त ?
जसरी वार्ता अगाडि बढीरहेको छ, त्यसरीनै एकता महाधिवेशन हुने कुरामा घनिभुत छलफल चलाउन बाँकीनै छ । तर महाधिवेशन कहिले र कसरी गर्ने भन्ने कुराहरु अगाडि बढेको छ तर एकता महाधिवेशनलाई सफल पार्नको लागि संगठनसँग जोडिएको आधारभुत विषयहरु छन्, विभिन्न समितिहरु छन्, ती समितिका बारेमा हामी उपयुक्त निर्णयमा पुग्नु छ ।
वर्तमान समयमा राष्ट्रिय राजनीतिक स्थितिमा राष्ट्रिय जनता पार्टीले के–कस्तो भुमिका खेल्ने त्यसको बारेमा पनि छलफल र निर्णय गर्नुपर्ने हुन्छ । जसरी २ नं. प्रदेशको बारेमा पनि अहिले जे–जस्तो कुराहरु बाहिर आइरहेका छन् । त्यसलाई अझै व्यवस्थित गर्न पनि हामी लागि परेका छौं । त्यसैले प्रभावकारी ढंगले संगठनलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यसको बारेमा पनि निर्णय गर्नुपर्ने हुँदा तत्काल एकता महाधिवेशन हुन्छ भनेर कसरी भन्ने ?
वार्ता हुँदाहुँदै पनि राजपा र फोरमबीचको गठबन्धन तोडिने सम्भावना बढ्यो हैन त ?
तोडिसक्यो भन्दा पनि प्रदेशलाई प्रभावकारी बनाउन र गठबन्धन तोड्ने सम्भावना भनेको दुइवटा अलग–अलग कुरा हुन् । गठबन्धन टुट्यो भने त सरकारनै टुट्छ नि । त्यसैले अहिले प्रदेश नं. २ लाई पार्टीलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुन्छ ।
हालै बारा र पर्साको हुरीबतासबाट जनधनको क्षति भएको र जनताको घर बनाउन सरकारले नेपाली सेनालाई जिम्मा दियो, नेपाली सेनाले जनताको घर समयमै बनाउने अपेक्षा गर्न सकिन्छ हैन ?
जुन बारा र पर्सामा जनधनको ठुलो क्षति भयो । यो एउटा अति संवेदनशील विषय बन्न पुगेको छ । बारा पर्साका जनताहरुलाई हुरीबतासले ठुलो क्षति पु¥याएको छ । धेरै जनताको घरबार बिहिन भएको छ । बर्षायाम पनि सुरु भइसको हुँदो वर्षायामभन्दा अगाडीनै जनताका घरहरु बनिसक्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ ।
संघीय सरकार वा प्रदेश सरकारको बीचमा एउटा समन्वयकारी भुमिकामा एउटा सम्बन्ध स्थापित गरेर गरेको भए अझ राम्रो हुन्थ्यो । तथापि सरकारले अरु नियकाहरुले तत्कालै काम गर्न सक्दैन । त्यसैले सेनालाई दिएर अगाडि बढाउन खोजेको छ भन्ने चाहेको हो ।
सरकारले सबै काममा नेपाली सेनालाई जसरी अगाडि बढाउँदै छ, त्यसमा प्रदेश सरकार हुँदाहुँदै मलाई लाग्छ प्रदेश सरकारलाईनै अलिकति जिम्मेवारी दिएर केन्द्रले हामीलाई सहयोग गर्ने वातावरण मिलाइ दिएको भए अझै राम्रो हुन्थ्यो तथापि पीडितहरुले राहत पाउनुपर्छ र घरबार बिहिन भएकाहरुलाई जतिसक्दो चाडो राहत उपलब्ध गराउन हाम्रा पनि अनुरोध छ ।
किनभने वर्षायाम सुरु भइसकेको कारण मौसमले साथ नदिन सक्छ । त्यस कारण मलाई के लाग्छ भने नेपाली सेनाले जतिसक्दो छिटो परिणाम निकालोस् यसमा हाम्रो पार्टी एकदमै संवेदनशील भएको छ ।
०७२ मा महाभुकम्प जाँदा नेपाली सेनाले निकै जोखिम उठाएर भुकम्प पीडितहरुलाई उद्धार गरेका कारणले पनि बारापर्सामा नेपाली सेनालाई सरकारले जनताको आवास बनाउन दिँदा तपाईहरु खुशी नहुनुको कारण के हो ?
मैले पहिलेनै भनिसके कि यो एउटा संवेदनशील विषय हो । नीतिगत विषय पनि हो । भुकम्प आउँदा त्यहाँ प्राविधिकरण बनाएर अन्तराष्ट्रिय डोनर एजेन्सीहरुलाई गुहारेका छौं नि त्यसैले अहिले पनि त्यो जारी छ । अहिले यहाँ जसरी सरकारले नेपाली सेनालाई अगाडि बढाउने काम गरेको छ, यसको बारेमा पार्टीले विभिन्न कोणबाट छलफल, बहस गर्ला र एउटा किसिमको धारणा बनाउला । हामी अहिले तीन तहको सरकारमा रहेको स्थिति छ ।
संविधानलेनै त्यो व्यवस्था गरेको छ । प्रदेशको सरकार हुँदाहुँदै प्रदेश सरकार को हो त ? हामीलाई केन्द्रबाट सँधै यसरी नै काममा हस्तक्षेप गर्दै गयो भने त्यसपछि संघीयताको सवालमा प्रश्न उठ्न सक्छ । प्रदेश सरकारको काम कारवाहीमा प्रश्न उठ्न सक्छ । त्यसैले मलाई के लाग्छ भने अहिले वास्तवमा नेपालको विविधतालाई राजनीतिक रुपमा सम्बोधन गर्नको लागिनै अहिले हामी संघीयतामा गएका हौ । कुनै रहरले गएको होइन ।
त्यसैले यो विषयहरुलाई पनि संघीय सरकारले ध्यान दिनुपर्छ । ध्यान दिएको स्थितिमा संविधानको कार्यान्वयन गर्न सजिलो हुन्छ । बारम्बार सरकार आफैले संघीयताको मर्म विपरित, संविधानको मर्म विपरित कार्यहरु गरेको स्थिति छ ।
वर्षात भन्दा पहिला घरहरु बनाउनुपर्ने भएको हुनाले यो विषयमा बसेर छलफल गरौ । हाम्रा आफ्नै नियकाहरु पनि विकासको लागि नै बनेका छन् । होइनभने सबै खारेज गरेर सबै ठाउँमा नेपाली सेना परिचालन गरे भइहाल्यो नि । किन हामी अरु विभागहरु, निकायहरु राख्ने ?
अहिलेको अवस्थामा तपाइहरु आन्दोलनमा जाने पनि कुरा गर्नुभएको छ यो कतिको सान्दर्भिक छ ? नेपाली जनता आन्दोलनको होइन विकासको पक्षमा छन् नि, तपाई के भन्नुहुन्छ ?
तपाईले नेपाली जनता सबैको ठेक्का लिएर नेपाललाई कति बुझ्नु भएको छ ? तपाई नेपाली जनता, कसलाई भन्नुहुन्छ ? विकास विकास भन्नुहुन्छ ? तपाईको विचारले विकास के हो ? विकास जसले पनि चाहन्छ नि, त्यो त मानव जातीको प्रकृति हो ।
सरकारले के गरेको छ, त्यो त दुनियाँलाई थाहा छ नि । विकास विरोधी को हो ? विकास विरोधी को छ यँहा ? तपाइले जसरी जनताले यो चाहेको छ । जनताले आन्दोलन चाहेको छैन भन्नुहुन्छ । तपाईले कुन जनतासँग भेट्नु भएको छ ? लाखौं जनता आन्दोलनमा गोली खान के–को लागि जान्छन् ? विकासको लागि होइन र ? सबैभन्दा पहिले २१औं शताब्दीमा विश्वको राजनीति कतातिर गइरहेको छ ? त्यसको प्रभाव नेपालमा के परेको छ ? हाम्रो नेपाली समाजलाई यो संविधानले सम्बोधन गरेको छ कि छैन ? यो संविधान पूर्ण छ कि छैन ।
यहाँ दिन दाहाडै लुटतन्त्र मच्चिएको छ । यहाँ ठुला–ठुला काण्डहरु बालुवाटारदेखि लिएर खरिद, बिक्री, घुसपेट भएको स्थिति छ अनि तपाई के विकासको कुरा गर्नुहुन्छ । हो, त्यही कुरा रोक्न र विकासको लागि दबाब दिन हामीले आन्दोलनको कुरा गरेका हौं । विकास निर्माण जनताको चाहना हो । तर सरकारले के गरिरहेको छ, त्यसको हिसाब किताब तपाइहरुले खोज्नुपर्छ ? आज यस्तो ठुला–ठुला भ्रष्टाचारको काण्ड बढिरहेको र भइरहेको छ ।
त्यसको बारेमा सम्बन्धित निकायसँग छलफल चलाउनु पर्दैन ? भ्रष्टाचार र विकास सँगसँगै हुन सक्छ ? जुन सरकार आफैंले भ्रष्टाचार र भ्रष्टाचारीलाई सहयोग गर्ने काम गर्छ । त्यस्तो सरकार भएको देशमा विकासको कुरा गरेर कदापी विकास हुुनेवाला छैन । सरकारका ठुला–ठुला मान्छेहरु भ्रष्टाचारमा लिप्त छन् । वाइडवडीको बारेमा के निष्कर्ष निकाल्नुभयो ?
जुन सरकारले भ्रष्टाचारीलाई भरणपोषण गरिरहेको छ, त्यो सरकारले विकासको कुरा गरिरहेको छ भनेर कसरी भन्न सक्नुहुन्छ ? हो, हुनत विकास भएको छ कसको भन्दा सरकारका ठुल–ठुला मान्छेहरुको ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, समृद्धि र आर्थिक क्रान्ति सँगसँगै लैजानुपर्छ भनेर भनिरहनु भएको छ नि, यसका तपाईको धारणा के हो ?
भाषणमा बोलेर मात्रै विकास र समृद्धि हुँदैन । पहिलो कुरा सरकारले भ्रष्टाचारले विकास भएका ठुलावडा मान्छेहरुलाई ननिचोरिकन देशमा विकास र समृद्धिको कुरा भनेको भाषणमा मात्रै सीमित रहन्छ । अहिलेको सत्यतथ्य के हो ? वस्तुनिष्ठ भएर विश्लेषण गर्नुुपर्छ । हाम्रो आर्थिक अवस्था कस्तो छ, विगतमा हाम्रो जि.डि.पी कति थियो र अहिले कति भयो ? हामीले के कुरामा बहस गर्नुपर्छ भने अहिले आउने बजेटले कसलाई प्राथमिकता दिएको छ, त्यो बुझ्नु जरुरी छ ।
हाम्रो संविधान कतिको कार्यान्वयन भइरहेको छ । संविधान कतिको पूर्ण छ । तराई–मधेशी जनता अधिकार नपाएर तेत्रो छटपटाइ रहेका छन् । संघीयतालाई असफल पार्न विभिन्न प्रकारको षड्यन्त्रहरु भइरहेको छ । संघीय सरकारले प्रादेशीक सरकारलाई काम गर्ने वातावरण बनाइरहेको छैन । कर्मचारीतन्त्रका असन्तुष्टि बढ्दो रुपमा छ ।
केहीदिन अगाडिको कुरा तपाइलाई थाहा नै होला अस्थायी शिक्षकहरु आफ्नो भविष्यको चिन्ताले उदासिनता भइरहेका छन् । युवाहरु बेरोजगारी भएर विदेशिनु परेको छ । विभिन्न प्रकारका आन्दोलनहरु भइरहेका छन् । मलाइ के लाग्छ भने यी तमाम समस्याहरुलाई समाधान गर्नको लागि जबसम्म राज्य संवेदनशील हुँदैन, जबसम्म जनताप्रति उत्तरदायी हुँदैन, तबसम्म यी मुद्दाहरु मिडियामा बहस र छलफलको विषय मात्रै हुन्छन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले काँग्रेस, कम्युनिष्ट र राप्रपा बाहेक सबै शक्तिसँग एकता गर्दैछौं त्यसैले राजपा र फोरमसँग पनि हाम्रो एकता हुनसक्छ भन्नुभयो नि हो ?
राजनीतिमा धेरै सम्भावनाहरु हुन्छन् । एउटा ठुलो सम्भावना के छ भने राजनीति विश्लेषणको आधारमा यो परम्परावादी शक्ति काँग्रेस र कम्युनिष्टले नेपाली जनताको मुक्ति गराउन सक्दैन । जनताको विकासको सपनालाई पुरा गर्न सक्दैन ।
नेपाल र नेपाली जनतालाई माथि पु¥याउन सक्दैन । यिनीहरु नयाँ बोतलमा पुरानै रक्सी जस्तै यिनीहरुको जति चर्का कुरा गरेपनि काम गराइ साँच्ने तरीका, चरित्र, प्रवृत्ति पुरानै भएको हुनाले नेपाली जनताको वास्तविक समस्यालाई सम्बोधन गर्न न त यिनीहरुसँग कुनै योजना छ, न त कुनै इच्छाशक्ति छ । त्यसैले एउटा नयाँ विकल्प दिनेगरी एउटा राजनीतिक शक्तिको आवश्यकता छ ।
त्यसको लागि वैचारिक रुपमा सबैजना तयारी भएर अगाडि बढ्नुपर्ने आवश्यक छ । सबै एउटै दृष्टिकोणमा अगाडि बढ्नुपर्छ । डा. बाबुराम भट्टराईसँग एकता नहोला भन्न सकिन्न । एउटा ठुलो नेताको आवश्यकता छ । नेपाली जनतालाई नयाँ विकल्प दिने नेताको आवश्यकता छ । डा. बाबुराम भट्टराइको पार्टी लगायत अन्य शक्तिसँग पनि एकता हुने प्रवल सम्भावना छ ।
अन्त्यमा नयाँ विकप साप्ताहिक मार्फत केही भन्नु छ कि ?
तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु राख्ने मौका दिनुभएको पत्रिका परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...