पार्टीले विधि, प्रकृया र कानुनलाई मान्नुपर्छ, राज्यले नै कानुनलाई मानेन भने अरुले कसरी मान्छ ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पार्टीले विधि, प्रकृया र कानुनलाई मान्नुपर्छ, राज्यले नै कानुनलाई मानेन भने अरुले कसरी मान्छ ?

राजकिशोर यादव
संयोजक,राजपा

मधेशवादी घटकहरु एकाएक सरकारसँग चिढिदै गएका छन् । अहिले उपेन्द्र यादवको संघीय समाजवादी बाहेक अन्य मधेशवादी दलहरु सरकारसँग विभिन्न चरणमा गरेको वार्ता विफल भएपछि संसद् घेराउ गर्दै संसद्मा प्रमुख प्रतिपक्षी दलको भुमिका निभाइरहेको काँग्रेससँग नजिक हुन थालेका छन् ।

यही क्रममा राजपाले काँग्रेससँग राजनैतिक वार्तासमेत सुरु गरेको छ । पार्टी सभापति लगायत शिर्ष नेताहरुसँग विभिन्न चरणको छलफलमा नेकपाको सरकारका रवैयाको बारेमा नयाँ रणनीति तयार गरी राजनीतिक सहमति गर्ने गरी वार्ता अगाडि बढाइएको छ । यही रणानीति अनुसार संसद् अवरुद्ध पनि काँग्रेस र राजपाले संयुक्त रुपमा गनै थालेका छन् ।

मधेशवादी दल, सरकार र प्रमुख प्रतिपक्षी दलको भुमिका र काँग्रेससँग सहकार्यको लागि वार्ता चलाइरहेका राजपाका संयोजक राजकिशोर यादवसँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

तपाईहरुले बारम्बार संसद अवरुद्ध गर्दै आइरहनु भएको छ, संसद् अवरुद्ध किन र के का लागि ?
हामीहरुले अहिले जनतालाई परेको पिरमर्काप्रति हामी साह्रै चिन्तित र सरकारलाई जनताप्रति उत्तरदायी बनाउनको लागि चालु संसद् अधिवेशनमा संसद् अवरुद्ध गर्दै आएका छौं । किन अवरुद्ध गर्नुप¥यो भन्दा यो सरकारले नियम, कानुन सबै मिच्दै आफुखुसी चलेको हुँदा संवैधानिक नियमअनुसार संसद् चलाउनका लागि संसद अवरुद्ध गरिरहेका हौ ।

फेरी जुन विषयमा सरकारले किन ध्यान दिइरहेको छैन भनेर हामीले भनिरहेका छौं । जस्तो कि सभामुखले तिन–तिन चोटी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसक्नु भएको छ । सरकारलाई प्रतिवेदन सार्वजनिक गर भनेर निर्देशन दिइसक्दा पनि सरकारले टेर पुच्छर लगाएको स्थिति छैन । सरकारको प्रधानमन्त्रीको प्रतिनिधित्वको रुपमा कानुनमन्त्री आफै आएर रोष्टममा अब केही दिनमा पेस गर्दै छौं भन्ने ।

कानुनमन्त्रीले नै प्रधानमन्त्रीले अध्ययन गर्दै हुनुहुन्छ, त्यो अध्ययन सक्नासाथ त्यो प्रतिवेदन सार्वजनिक गर्छौ । ताकि नेपाली जनताले वास्तवमा सत्यतथ्य जानुन, त्यो के भएको थियो ? कसको कति गल्ती थियो भन्ने कुरा नेपाली जनताले जानुन भनेर भनिरहेका हौ । त्यसैले उक्त प्रतिवेदन जतिसक्दो चाडो सार्वजनिक गरेर सरकारले नै समझदारी बढाउन सके संसद् अवरुद्ध हुँदैन ।

त्यति सानो घटनामा पनि संसदीय छानविन समिति गठन गर्नुपर्छ भनेर तपाईहरु जनतालाई देखाइरहनु भएको छ कि जनतालाई ढाँटिरहनु भएको छ ?
तपाईलाई यो घटना सानो लागेको होला ? मान्छे मार्ने सामान्य घटना हो ? त्यहाँ मान्छेको हत्या भएको छ, हाम्रो संविधानले, कानुनले कसैलाई हत्या गर्न छुट दिएको छैन । त्यसैले त्यहाँ त्यो हत्या किन भयो ? कसरी भयो ? कुनै नेपाली नागरिकको हत्या हुनु त्यो पनि राज्यद्वारा हुन्छ भने यो भन्दा ठुलो अपराध अरु के हुन सक्छ ? उहाँहरुलाई त सामान्यनै लाग्न सक्छ ।

किनभने उहाँहरुले यस्ता घटना धेरै गर्दै आउनु भएको छ । त्यसैले हाम्रो देशको संविधान र नीति अनुसार सभ्य कानुनी राज्य हो । कानुनी राज्यमा गरिब भन्दा गरिब या धनि नै किन नहोस् यो सम्पूर्ण नेपाली जनताको सुरक्षाको जिम्मा जसले लिएको छ, त्यही राज्यले यदि नेपाली जनतालाई मार्न थाल्यो भने राज्यको अवस्था के हुन्छ होला ?

देशको अवस्था के हुन्छ होला ? त्यसैले हामी जनताको प्रतिनिधि लोकतन्त्रमा विश्वास गर्ने शक्ति हामीले राज्य विधि, प्रकृया, कानुन अनुसार चल्नुपर्छ, कानुनलाई मान्नुपर्छ । राज्यले नै कानुनलाई मानेन भने अरुले कसरी मान्छ ।

अहिले तपाईहरुले संसद्मा जसरी एजेण्डाहरु प्रस्तुत गरिरहनु भएको छ, तर सरकारले सामान्य रुपमा लिएको हुँदा तपाई यसलाई के भन्नुहुन्छ ?
यहि त दुर्भाग्य हो । यो सत्तापक्ष र विपक्षको कुरै होइन । जनताले कुरा उठाइसकेपछि हामीले सदनमा कुरा उठाइसकेपछि सरकारले तुरन्तै त्यो काम गरिदिएको भए त्यहि कुरा संसदको पटलमा लगिदिएको भए आज संसद् अवरुद्ध गर्ने स्थिति सिर्जना हुँदैनथ्यो ।

यो कुरा उहाँहरुको लागि सत्तापक्षको लागि सानो हुनसक्छ । तरजसको बाबु मरेको छ, त्यसको लागि धेरै ठुलो कुरा हो । जसको पति मरेको छ, त्यसको लागि धेरै ठुलो कुरा हो । त्यसैले सरकारको यो अभिव्यक्ति नै गैर जिम्मेवारीपूर्ण छ । यो ठुलो घटना हुनलाई के त्यहाँ हजार जना मर्न पथ्र्यो ? तिन–तिन जनाको हत्या गरेर पुगेन ? यो कानुनी राज्य हो । यहाँ कानुनको शासन हुनुपर्छ ।

तर सरकार पक्ष नेता देव गुरुङ्गले घटना हुने बित्तिकै छानविन समिति बनाउन उपयुक्त नहुने जस्ता कुरा गर्नुभएको छ नि यहाँ के भन्नुहुन्छ ?
यो उहाँको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति हो । यदि उहाँले यस्तो भन्नुभएको हो भने यसमा हामी खेद प्रकट गर्छौ । म फेरी पनि भन्छु कि यो जंगली राज होइन । यहाँ जंगलमा जस्तो कानुन चल्दैन । कसैले चाहदैमा त्यस्तो जंगली राज चलाउन मिल्दैन । यहाँ कसैलाई बानी लागेको होला अब त्यो बानी उहाँहरुले हटाउनुपर्छ । यो कानुनी राज्य हो । यहाँ कानुन अनुसार विधि अनुसार राज्य सञ्चालन गर्ने हो ।

सरकारमा हुँदैमा या सत्तापक्ष हुँदैमा जे चाहन्छ, त्यो पुरा हुँदैन । हामी पनि यहाँ छौं । हामी पनि जनताको जनप्रतिधिको रुपमा छौं । यहाँ हामी रहुहन्जेलसम्म हामी गलत काम हुन दिन्नौ । यो कुरा स्पष्ट छ । त्यो सानो घटना होइन, त्यहाँ तिन–तिन जनाको हत्या भएको छ । त्यहाँ माफियाले, त्यहाँको प्रशासनदेखि लिएर काठमाडौंसम्म भागवण्डा आउँछ भन्ने जानकारी हामीलाई दिएको छ ।

भागवण्डा खाएर कसैले कसैको कुरा बोल्छ भने हामीलाई भन्नु केही छैन । तर सदनमा प्रमुख प्रतिपक्षी र प्रतिपक्षीले आवाज उठाइसकेपछि यो सामान्य घटना हुँदैन । यो घटना त्यहाँ हप्तौ दिनदेखि त्यहाँ आवाज उठिरहेको थियो । दुई दिनदेखि संसद् ठप्प भएको स्थिति छ ।

उसोभए सरकारले छानविन समिति गठन नगरेसम्म संसद चल्न दिनुहुँदैन होइन त ?
अह चल्दैन । सरकार जुन दिन जिम्मेवार बन्छ, त्यो दिन बाटो खुल्छ । सम्माननीय सभामुख पनि कहि न कहि चेपुवामा पर्नुभएको छ । तर हामी साथमा छौं । सभामुखले हामीलाई संसद्को गरिमालाई बचाएर मान राखेर अगाडि बढ्नुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । त्यसमा उहाँलाई सबै सांसद्हरुले साथ दिनुपर्छ र हामीले पनि दिन्छौं ।

प्रमुख प्रतिपक्षी दलको प्रमुख नेता र तपाइहरुको बिचमा वार्ता हुने,तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग तपाईहरुको संवाद किन हुन सकिरहेको छैन ?
त्यो तपाई नै प्रधानमन्त्रीलाई सोध्नुस् यो हामीलाई सोध्ने विषय होइन । उहाँले संवाद गरेको खण्डमा न हाम्रो संवाद हुने हो ।

उहाँले हामीलाई संवादको लागि उचित ठान्नुहुन्छ भने हामी तयार छौं । हामीले कुनै लुकाछिपी गरेका छैनौं । हामीले बरु स्पष्ट शब्दमा भनेका छांै । विविध प्रकृया अनुसार राज्य सञ्चालन हुनुपर्छ । हामी लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएको हुनाले लोकतन्त्रको मर्म र भावना अनुसार अगाडि बढ्नुपर्छ ।

हामी सबै जना यो संविधानद्वारा बाँधिएका हौ । संविधानले निर्दिष्ट गरेको भाव अनुसार अगाडि बढ्नुपर्छ । राज्य चाँही जनताको सेवा गर्नको लागि बनेको संस्था हो । त्यसैले जनतालाई त्यो प्रकारको सुरक्षाको भाव, सेवाको भावका साथै आफु सुरक्षित छु भन्ने अनुभुति गराउनुको सट्टा राज्यद्वारानै जनता मारिन थालियो भने त्यो हामी कस्तो राज्य व्यवस्थामा छौं भन्ने कुरा सोच्न बाध्य हुन्छौं ।

तपाईले शान्ति सुरक्षा र व्यक्ति हत्याको कुरा गरिरहँदा समाधान पनि संसदबाटै खोज्ने होनी होइन र ?
निश्चित रुपमा अरु निकायले काम गर्न सकेन । अरु निकायहरु अरु ठाउँमा प्रभावित हुन थालेपछि जनताको प्रतिनिधिको थलो लोकतन्त्रको मन्दिर भनिन्छ संसद्लाई । त्यहाँ बस्ने मान्छेहरुले त जाग्नु प¥यो नि । वास्तवमा त्यो घटना नै नहुनुपर्ने हो । राज्यले जसलाई सुरक्षाको जिम्मा दिएर त्यहाँ पठाएको छ, तिनीहरुले सुरक्षा गर्नुपथ्र्यो ।

तर तपाईले तिनीहरुको चरित्र हेर्नु भयो भने न १२ वर्षको बच्चा डुबेर मर्छ । न अन्य घटनानै हुन्छ । त्यसैले त्यहाँ राज्यको उपस्थितिनै हामीले देखेनौ । त्यसैले अहिलेसम्म पनि त्यहाँ कुनै छानविन नभएको हो । गृहमन्त्रीले सदनमा भन्नुहुन्छ कि नदिभित्र पोखरी भनेर कहीकतै तपाईले सुन्नुभएको छ ? नदिभित्र पोखरी कहि हेर्न पाउनु भएको छ, कस्तो हो यो राज्य ? त्यसैले त्यहाँ पोखरी खन्दा अरबौको क्षति भएको छ ।

नेपालको बेहाल भएको छ । यसमा राज्यको एउटै दृष्टिकोण निर्माण हुनुपर्छ भनेर भनेका हौं हामीले । अनि सरकारलाई कसले चलाइरहेको छ ? सरकारलाई माफियाहरुले चलाइरहेको छ कि, सरकारलाई जनताको जनप्रतिनिधिहरुले चलाइरहेको छ ? यो ठुलो विवादको विषय बन्दै गएको छ ।

वर्तमान प्रधानमन्त्रीले बारम्बार ढिलासुस्ती गर्ने मन्त्री, सचिव सबैलाई कारवाही गर्छु भनेर भनिरहँदा पनि यस्तो घटना हुनुलाई यहाँ के भन्नुहुन्छ ?
कसले के भन्यो भन्दा पनि अहिले रिजल्ट खोज्ने बेला हो । जनतालाई रिजल्ट चाहिएको छ । जनतालाई अब चिल्ला, मिठा भाषणले पेट भराउने दिन गए । राज्यकै मान्छेहरुले दिन–दाहाडै मिलेर भ्रष्टाचार गरिरहेको छ । तिनीहरुलाई अहिलेसम्म कानुनी कारवाही भएको छैन । अरु कहि जानै पर्दैन कुरा के हो भने आजको युगमा तपाई के बोलिरहनु भएको छ भन्दा पनि तपाई के गरिरहनु भएको छ त्यो महत्वपूर्ण कुरा हो भन्ने र गर्ने कुरा मिल्नुपर्छ ।

अहिले सर्लाहीको घटना फलानोले सामान्य घटना भन्यो भन्दैमा त्यो सामान्य घटना हुनै सक्दैन । त्यो नेपालको एउटा प्रतिनिधिमुलक घटना हो । जुन हाम्रो देशमा आजपनि बाढी, पहिरोले भयाभह स्थिति श्रृजना भएको छ । सबै नदिमा माफियाहरुले यसैगरी गिट्टी, ढुङ्गा निकाल्ने र कौडीको भाउमा बेच्ने ।

हाम्रो सबै गिट्टीहरु निकासी भइरहेको स्थिति छ । अनि त्यहाँका राष्ट्रवादी भनौदाहरु खुरुखुरु पैसा खाने, चुप लागेर बस्ने र जनतालाई उल्लु बनाउनको लागि जनतालाई सडकमा उतार्नको लागि ठुलो ठुलो कुरा गर्ने कामहरु मात्र भइरहेको छ ।

त्यसोभए तपाईहरु संसद्लाई बन्दी बनाउने रणनीति बनाउनु भएको छ होइन त ?
यो त भन्नै पर्दैन नी । यो त दुनियाँले जानेको विषय हो । संसद सरकारको हातमा छ । सरकार जिम्मेवार हुने कि नहुने ? सरकारले पीडित जनताहरुलाई न्याय दिने कि नदिने ? सरकार विधि अनुसार सञ्चालन हुन तयार हुने की नहुने ।

यो घटनामा जो दोषी उसलाई कारवाही गर्न सरकार तयार हुने की नहुने ? सरकार न्यायप्रेमी जनताको पक्षमा हुने की, त्यही गुण्डागर्दी, माफिया र भ्रष्टाचार गर्ने भ्रष्टाचारीको पक्षमा हुने ? यो परिक्षाको घडि हो । सरकारले गल्ती गरेको छैन भने त्यसमा डराउनुपर्ने, लुकाउनुपर्ने र पछि हुनुपर्ने कुरै छैन नी । त्यो त त्यही दिन गरिदिएको भए त्यहाँ चारवटा पार्टीको सांसद् जान्थे त्यहाँका जनताहरुसँग कुन परिस्थितिमा के भएको हो भन्ने कुरामा राय–सल्लाह हुन्थ्यो ।

आजसम्म यो गर्न खोजेको हो ? कसरी अगाडि बढ्न खोजेको हो । यसमा भरपर्ने कुरा हो । यो ठुलो घटना हो । यो घटनाले नेपालको राज्यको चरित्रलाई प्रदर्शन गर्छ कि नेपाल सरकार कुन चरित्र बोकेर अगाडि बढिरहेको छ ।

सम्बन्धित समाचार

Die Risiken der Sportwetten ohne OASIS und die Nachteile von Wettanbietern
  • २०७६ श्रावण २०, ०७: ५७

Die Risiken der Sportwetten ohne OASIS und die Nachteile von Wettanbietern Sportwetten sind für viele Menschen ein beliebtes Freizeitvergnügen, doch...

Winbay y su casino en vivo con proveedores como Evolution
  • २०७६ श्रावण २०, ०७: ५७

Winbay reúne en su casino en vivo mesas de Evolution, Pragmatic Play y Playtech, tres nombres que cubren buena parte...

Retiros y verificación en 55Bet Casino: plazos y límites de 10.000 € al día
  • २०७६ श्रावण २०, ०७: ५७

diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...