सरकारले अफ्नो पार्टी पट्टी मात्र ध्यान केन्द्रीत गरेको हुँदा वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकिरहेको छैन – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

सरकारले अफ्नो पार्टी पट्टी मात्र ध्यान केन्द्रीत गरेको हुँदा वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकिरहेको छैन

डा. शेखर कोइराला
नेता, नेपाली काँग्रेस

गिरिजाप्रसाद कोइरालाका राजनीतिक विश्वास पात्रका रुपमा पार्टीभित्र स्थापित हुँदै आएका डा. शेखर कोइराला तत्कालीन माओवादी द्वन्द्व समाधान गर्ने अह्म भुमिकामा रहेका थिए । त्यसैले दुईवटै संविधान सभाको निर्वाचनमा विराटनगबाट निर्वाचित भए । संविधान निर्माण पछि पहिलो आमनिर्वाचनमा भने पार्टीको आन्तरिक द्वन्द्वका कारण पराजित हुन पुगे ।

प्रखर र स्पष्ट वक्ताका रुपमा शेखर कोइरालालाई विराटनगरमा पाउँदा बीपीदेखि जीपीसम्मको नेपालको राजनीतिक यात्रामा कोइराला परिवारको हस्तीको रुपमा रहेका डा. कोइराला यतिबेला पार्टीको देशव्यापी दौडाहमा लागिरहेका छन् ।

पार्टीलाई उर्जाशील बनाउन र कार्यकर्तामा उत्साह थप्न पार्टीको केन्द्रीय समितिभित्र स्पष्ट विचार राख्दै चौधौ महाअधिवेशनलाई जतिसक्दो चाडै गरौं भन्दै आएका डा. शेखर कोइरालासँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंशः

तपाई विदेश भ्रमण गरेर फर्किदै गर्दा देशको राजनीतिक परिस्थिति र सरकारका बारेमा के–कस्तो अनुभव गरिरहनु भएको छ ?
अहिले देशमा दुई तिहाईको सरकार छ । यो दुई तिहाईको सरकारले के गरिरहेको छ र, देश कतातिर धकेलिँदै छ भन्ने कुरा तपाई पत्रकार र म राजनीति गर्ने व्यक्तिले नबुझ्ने कुरै भएन । त्यसैले दुई तिहाईको सरकार जुन रुपमा अगाडि बढ्नु पर्ने हो त्यसरी गएको मैले अनुभव गरिरहेको छैन ।

किनभने हाम्रो मुलुक लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मुलुकले संघीयता पाएको छ । मुलुकको संघीयतालाई राम्ररी कार्यान्वयन गर्न सरकारले गर्न सकेको मैले अनुभुति पाएको छैन । सरकार जनताका लागि बनेकोले जनताको लागि काम गर्ने सरकारले आफ्नो पार्टी पट्टी मात्र ध्यान केन्द्रीत गरेको हुँदा वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकिरहेको छैन ।

तर वर्तमान प्रधानमन्त्रीले त बारम्बार भनिरहनु भएको छ नि, काम भइरहेकोले देश विकास भइरेको छ, अनि तपाई केही पनि भइरहेको छैन भन्नुहुन्छ कसरी ?
कसले के भन्यो भन्दा पनि के काम भइरहेको छ, त्यो हाम्रो चासोको विषय हो । विकास भन्ने चिज एकै दिनमा हुन सक्दैन । तर प्रधानमन्त्रीले कस्तो प्रकारको काम एकाएक गर्छु भन्नुभएको हो ? भन्ने वित्तिकै विकास हुने कुरा पनि होइन । कतैकतै मलाई के लागिराखेको छ भने साना–साना कुुराहरुमा सरकार अल्झिराखेको हो कि जस्तो देखिन्छ ।

कानुन बनाउने कुरामा सरोकार वालासँग नसोधी काम गर्ने । विकासका कुरा चाँही ठुुला–ठुला गर्ने जस्तैः पानी जहाजको कुरा गर्ने, रेलको कुरा गर्ने तर काठमाडौं भित्रका सडकको खाल्डो पुर्न नसक्ने । चावहिलको बाटो लामो समयदेखि बन्न सकेको छैन । नागढुंगा चेकपोष्ट सडकको हालत पनि उस्तै छ । विकास भनेको उनीहरुलाई कस्तो लागिरहेको छ भने हामीले सिस्टम परिवर्तन ग¥यौ । नयाँ संविधान ल्यायौ ।

संघीयतामा गयौं र विकास आफै भइहाल्छ भन्ने उहाँहरुको सोंच होला तर विकास आफै आफै हुँदैन । विकास गर्नुपर्छ र विकास विस्तारै हुँदै जान्छ । तर विकास गर्नलाई सुशासन दिन सकिरहेको अवस्था छैन । पारदर्शी भएको छ की छैन ? दण्डहिनता अन्त्य भयो कि भएन ? भ्रष्टाचार कम भएको छ कि छैन ? भन्ने जस्ता कुराहरु जनताले एकदम सुक्ष्म ढंगबाट हेरिरहेका छन् ।

त्यसाभए अहिलेको सरकारले काम हेर्दा विकासको र समृद्धिको कुरा भनेको भाषणमा मात्रै हो त यहाँलाई के लाग्छ ?
हो । अहिले त मैले भाषण मात्र गरेर हिँडेको देखिरहेको छुु । यो सरकार भइन्जेल देशले नयाँ काँचुली फेर्ला जस्तो मलाई लाग्दैन । देश विकास गर्ने प्रचुर सम्भावना छ । तर यो सरकार त्यतातिर लागेको जस्तो देखिदैन । त्यसलाई इम्प्लिमेण्ट गराउन तिर लाग्नु प¥यो नि । अहिले यो परिचयपत्र एक अर्ब रुपैयाँमा गरिदिने भनेर एउटा कम्पनीलाई मन्त्री परिषद्ले त्यसै दियो कुनै टेण्डर नगरिकन त्यसपछि त्यसको पुरक कामको लागि ११ अर्ब रुपैयाँ दियो ।

कति धेरै देखादेख भ्रष्टाचार भइरहेको छ । यसले के देखाउँछ भने हामी सिरियस र सिनियर छैनौं । नेपाली राजनीतिक नेता हामीले त्यतातिर ध्यान दिइरहेका छैनांै । शिक्षामा हेर्नुस् । त्यसमा पनि खान कै लागि भागवण्डाको राजनीति हुन्छ । काम गर्ने राम्रो मान्छेलाई उपकुलपति बनाउनु अनि बल्ल त देश अगाडि जान्छ । स्वास्थ्यको कुरा गर्ने हो भने स्वास्थ्यमा पनि त्यस्तै हालत छ । कुनै एउटा सेक्टर बताउनुस् की जहाँ राम्रासँग काम भएको होस् ।

प्रधामन्त्री रोजगार कार्यक्रम आयो त्यो राम्रो नराम्रो भन्ने कुरातिर म जान्न तर त्यसले कस्तो मानिसलाई बाँडिदियो ? म प्युठानतिर घुम्न जाँदा खेरी झारपात काटीरहेको रहेछन् अनि मैले सोधे र सोध्दा उत्तर के पाए भन्दा त्यो त प्रधानमन्त्री रोजगार कोषबाट आएको हो भनेर यसरी पैसा खतम गरिदिने त होइन नि । तर सरकारको अर्थमन्त्री वल्र्ड बैंकमा गएर हामीलाइृ ऋण दिनुप¥यो । संघीयता चलाउनलाई भनेर ऋण मागी रहनु भएको छ । ऋण लिएर संघीयता चलाउने त होइन । देशको अवस्था यस्तो छ ।

नेपाली काँग्रेसको अवस्था कस्तो छ ? काँग्रेसले प्रतिपक्षीको भुमिका सशक्त रुपमा निभाइरहेको जस्तो लाग्छ यहाँलाई ?
नेपाली काँग्रेस जन्मदेखि नै काँग्रेस सशक्त भुमिकामा रहँदै आएको थियो । तर अहिले म के देखिरहेको छु भने नेपाली काँग्रेस पार्टी अहिले सुस्त भएको जस्तो देखिन्छ । सरकारले बोलेको कुरामा प्रतिकृया मात्र गरेको छ । पञ्चायत कालमा पनि हामी सशक्त थियौ । राजाले शासन गर्दापनि हामी सशत्तै भुमिकामै रह्यौ । त्यतिबेला त्कालीन गिरिजा प्रसाद कोइराललो के भन्नुहुन्छ भनेर अखबारहरुले सोधिरहन्थ्ये । त्यतिबेलाका गिरिजाबाबुले बोलिरहेका कुरा राष्ट्रका लागि ठुलो वहशको विषय बन्थ्यो । त्यो विषयले एउटा राष्ट्रिय नीति तयार हुन्थ्यो ।

तर अहिले त अखबारहरुमा नेपाली काँग्रेसको बारेमा कहि पनि केही देखिदैन  । किन प्रतिपक्षी पार्टीको कुरा आउन सकिरहेको छैन बडो दुुभाग्र्य भइरहेको मैले बुझिरहेको छु । अहिले हाम्रो महाअधिवेशनको लागि केन्दीय समितिको बैठक बसिरहेको छ । त्यसले केही कुरा पास गरेको छ । हामीले चाहेका कुराहरु त भएनन् । तर जे भएपनि पास चाँही भएको छ ।

तपाईले १४औं महाअधिवेशन केही समय अगाडि नै सार्नुपर्छ भनिरहँदा तपाईको कुरा सुनुवाई नभएको हो पार्टीभित्र ?
देशको अवस्था कमजोर भएको बेलामा हामी प्रतिपक्षीमा छौं । प्रतिपक्षीमा भएको बेलामा संगठन मजबुुत बनाउनका लागि महाअधिवेशन चाडै गरौं भन्ने कुरा हो । तर उहाँहरु एकवर्ष लम्ब्याउने प्रयास गरि रहनुभएको छ । एकवर्ष लम्ब्याउन पाउने व्यवस्था विधानमा नै छ । विधानअनुसार सभापतिले एकवर्ष लम्ब्याउने अधिकार पनि छ ।

सभापतिले भनेर केन्द्रीय समितिले पास गर्ने हो । केन्द्रीय समितिमा उहाँहरुको बहुमत छ । अब १९ महिना भन्दा पहिले त महाअधिवेशन हुँदैन । ७ महिना अझै बाँकी छ र १२ महिना अर्को हुन्छ । त्यसैले जति महाअधिवेशन लम्ब्यायो त्यतिनै नेपाली काँग्रेस पार्टीलाई झन् कमजोर बनाउँछ भन्ने हो ।

नेपाली काँग्रेस पार्टीभित्र पार्टी सभापतिले जे गर्नुहुन्छ, त्यो सबै पास हुँदै आएको छ ? त्यसमा तपाईहरुको भुमिका नै देखिदैन नी किन ?
होइन, भुमिकाको कुरै छैन । हाम्रो भुमिका सबैले आ–आफ्नो बनाउने हो । पार्टी सभापतिले जे भन्नुहुन्छ जे गर्नुहुन्छ र गर्दै हुनुहुन्छ, त्यो भइराखेको छ भन्ने कुरा पनि सही हो तपाईले भनेको कुरा । पार्टी सभापतिले भनेका कुरा हुनु पनि पर्छ । पार्टीलाई कसरी संगठन गर्ने भन्ने कुरातिर जानुप¥यो नि । अब केही महिनामा हामीहरु पूर्व महाअधिवेशन प्रतिनिधी हुन्छौं । उहाँहरुलाई प्रशिक्षण दिँदै छौं । जमघट हुन्छ, भेटघाट हुन्छ । त्यो ठिक छ । तर प्रशिक्षण नयाँ आउनेलाई नदिने हो ।

तर तपाईहरुले पनि पार्टी सभापतिसँग न सहकार्य गर्नुहुन्छ, न सहमति गर्नुहुन्छ विरोधको लागि विरोध मात्र गरेर पार्टी चल्छ ?
होइन । हामीले विरोध गरेका छैनौं । हामीसँग प्रशिक्षणको बारेमा कहि सोधेको पनि छैन । विरोध त के गर्ने हामीले ? भएको कुरा भन्दा विरोध गरेको हुँदैन । हामीले कसैको विरोध गरेका छैनौ । सभापतिले जे भन्दै हुनुहुन्छ । त्यही गर्दै हुनुहुन्छ । उहाँले जे चाहनु भएको छ, त्यही हुँदैछ भनेर तपाई आफैं भन्दै हुनुहुन्छ । अनि फरी तपाई नै सभापतिलाई काम गर्न दिएन भनेर भनुहुन्छ । कसरी मिल्छ ।

तर सभापतिले बारम्बार भनिरहनुभएको छ नि रामचन्द्र पौडेल, शेखर कोइराला र कृष्ण प्रसाद सिटौलाले काम गर्न दिएनन् भनेर ?
उहाँले केन्द्रीय समितिमा जे भन्यो त्यही पुरा भएको छ । फेरी हामीलाई काम गर्न दिएनन् भनेर भन्न त मिलेन नि । उहाँले केन्द्रीय समितिमा जे चाहनु भएको छ, त्यही भइरहेको छ । काम गर्नुस् कसले रोकेको छ ? हामीले त केही भनेका छैनौ । केन्द्रीय समितिमा उहाँको बहुमत छ । छलफल हुन्छ नि केद्रीय समितिमा उहाँको बहुमत छ, त्यो बहुमतले उहाँले आफ्नो कुरा पास गरिरहनु भएकै छ । काम गरे भइहाल्यो नि तर पार्टी अशक्त हुनुभएन । प्रतिक्रिया मात्रै दिएर पार्टी अगाडि जाँदैन ।

काँग्रेस पार्टीभित्र संजिवनी बुटी प्रदान भएन, कार्यकर्तालाई अक्सिजन पनि प्राप्त भएन नि तपाई के भन्नुहुन्छ ?
हो । एकदम ठिक भन्नुभयो । किन अक्सिजन पाएनन् । किन संजीवनी बुटी पाएनन् भने महाधिवेशनको समय अब एकवर्ष तन्कियो । महाधिवेशन हुने भएको भए समय तोकेर अगाडि बढ्थ्यो । अनि अक्सिजन र संजिवनी बुटी प्राप्त हुन्थ्यो ।

उप निर्वाचनको मुखमा १४औं महाअधिवेशन हुदैछ, पार्टीमा तीन÷चार वटा गुट–उपगुट सक्रिय छन्, त्यो गुटको प्रभाव उप निर्वाचनमा पर्छ कि पर्दैन जस्तो लाग्छ यहाँलाई ?
यो कुरा त म सुरुदेखि भन्दै आएको छु । हाम्रा नेताहरुले, मैले सभापतिलाई मात्र भनेको छैन नेताहरुलाई पनि भनेको छु । नेताहरुले यो कुरा सम्झिनु भएन । मैले त डाटा नै दिएको छु । तर उहाँहरु सुनिरहनु भएको छैन । अधिवेनशको मुुखमा आएर हामीहरुले चुनावमा भाग लिँदा खेरी अधिवेशनको लगत्तै चुनाव भयो भने हामीहरुलाई अप्ठ्यारो छ ।

अन्त्यमा नेपाली काँग्रेसले यस पटकको उपनिर्वाचनमा बाजी मार्ला भन्ने लाग्छ यहाँलाई ?
एउटा कुरा के छ भने यो चोटी राम्रै हुन्छ जस्तो लाग्छ । हामीहरुलाई कहा–कहा खटाइन्छ । हामीलाई खटाउने पार्टीले हो । पार्टीले जहाँ खटाइन्छ हामी त्यहाँ जान्छौं । अहिले सरकारको काम पनि सुस्त अनि शुन्य छ । जे गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन । त्यसकारण ५० वटा उपनिर्वाचन भइरहेको अवस्थामा त्यहाँत्यहाँ नेपाली काँग्रेसको भुमिका राम्रो रहन्छ, जस्तो लाग्छ । अन्त्यमा पत्रिका परिवारलाई पनि विशेष धन्यवाद ।

देशको राजनीतिक परिस्थिति र सरकारका बारेमा के–कस्तो अनुभव गरिरहनु भएको छ ?
अहिले देशमा दुई तिहाईको सरकार छ । यो दुई तिहाईको सरकारले के गरिरहेको छ र, देश कतातिर धकेलिँदै छ भन्ने कुरा तपाई पत्रकार र म राजनीति गर्ने व्यक्तिले नबुझ्ने कुरै भएन । त्यसैले दुई तिहाईको सरकार जुन रुपमा अगाडि बढ्नु पर्ने हो त्यसरी गएको मैले अनुभव गरिरहेको छैन ।

किनभने हाम्रो मुलुक लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मुलुकले संघीयता पाएको छ । मुलुकको संघीयतालाई राम्ररी कार्यान्वयन गर्न सरकारले गर्न सकेको मैले अनुभुति पाएको छैन । सरकार जनताका लागि बनेकोले जनताको लागि काम गर्ने सरकारले आफ्नो पार्टी पट्टी मात्र ध्यान केन्द्रीत गरेको हुँदा वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकिरहेको छैन ।

तर वर्तमान प्रधानमन्त्रीले त बारम्बार भनिरहनु भएको छ नि, काम भइरहेकोले देश विकास भइरेको छ, अनि तपाई केही पनि भइरहेको छैन भन्नुहुन्छ कसरी ?
कसले के भन्यो भन्दा पनि के काम भइरहेको छ, त्यो हाम्रो चासोको विषय हो । विकास भन्ने चिज एकै दिनमा हुन सक्दैन । तर प्रधानमन्त्रीले कस्तो प्रकारको काम एकाएक गर्छु भन्नुभएको हो ? भन्ने वित्तिकै विकास हुने कुरा पनि होइन । कतैकतै मलाई के लागिराखेको छ भने साना–साना कुुराहरुमा सरकार अल्झिराखेको हो कि जस्तो देखिन्छ ।

कानुन बनाउने कुरामा सरोकार वालासँग नसोधी काम गर्ने । विकासका कुरा चाँही ठुुला–ठुला गर्ने जस्तैः पानी जहाजको कुरा गर्ने, रेलको कुरा गर्ने तर काठमाडौं भित्रका सडकको खाल्डो पुर्न नसक्ने । चावहिलको बाटो लामो समयदेखि बन्न सकेको छैन । नागढुंगा चेकपोष्ट सडकको हालत पनि उस्तै छ । विकास भनेको उनीहरुलाई कस्तो लागिरहेको छ भने हामीले सिस्टम परिवर्तन ग¥यौ । नयाँ संविधान ल्यायौ ।

संघीयतामा गयौं र विकास आफै भइहाल्छ भन्ने उहाँहरुको सोंच होला तर विकास आफै आफै हुँदैन । विकास गर्नुपर्छ र विकास विस्तारै हुँदै जान्छ । तर विकास गर्नलाई सुशासन दिन सकिरहेको अवस्था छैन । पारदर्शी भएको छ की छैन ? दण्डहिनता अन्त्य भयो कि भएन ? भ्रष्टाचार कम भएको छ कि छैन ? भन्ने जस्ता कुराहरु जनताले एकदम सुक्ष्म ढंगबाट हेरिरहेका छन् ।

त्यसाभए अहिलेको सरकारले काम हेर्दा विकासको र समृद्धिको कुरा भनेको भाषणमा मात्रै हो त यहाँलाई के लाग्छ ?
हो । अहिले त मैले भाषण मात्र गरेर हिँडेको देखिरहेको छुु । यो सरकार भइन्जेल देशले नयाँ काँचुली फेर्ला जस्तो मलाई लाग्दैन । देश विकास गर्ने प्रचुर सम्भावना छ । तर यो सरकार त्यतातिर लागेको जस्तो देखिदैन । त्यसलाई इम्प्लिमेण्ट गराउन तिर लाग्नु प¥यो नि । अहिले यो परिचयपत्र एक अर्ब रुपैयाँमा गरिदिने भनेर एउटा कम्पनीलाई मन्त्री परिषद्ले त्यसै दियो कुनै टेण्डर नगरिकन त्यसपछि त्यसको पुरक कामको लागि ११ अर्ब रुपैयाँ दियो ।

कति धेरै देखादेख भ्रष्टाचार भइरहेको छ । यसले के देखाउँछ भने हामी सिरियस र सिनियर छैनौं । नेपाली राजनीतिक नेता हामीले त्यतातिर ध्यान दिइरहेका छैनांै । शिक्षामा हेर्नुस् । त्यसमा पनि खान कै लागि भागवण्डाको राजनीति हुन्छ । काम गर्ने राम्रो मान्छेलाई उपकुलपति बनाउनु अनि बल्ल त देश अगाडि जान्छ । स्वास्थ्यको कुरा गर्ने हो भने स्वास्थ्यमा पनि त्यस्तै हालत छ । कुनै एउटा सेक्टर बताउनुस् की जहाँ राम्रासँग काम भएको होस् ।

प्रधामन्त्री रोजगार कार्यक्रम आयो त्यो राम्रो नराम्रो भन्ने कुरातिर म जान्न तर त्यसले कस्तो मानिसलाई बाँडिदियो ? म प्युठानतिर घुम्न जाँदा खेरी झारपात काटीरहेको रहेछन् अनि मैले सोधे र सोध्दा उत्तर के पाए भन्दा त्यो त प्रधानमन्त्री रोजगार कोषबाट आएको हो भनेर यसरी पैसा खतम गरिदिने त होइन नि । तर सरकारको अर्थमन्त्री वल्र्ड बैंकमा गएर हामीलाइृ ऋण दिनुप¥यो । संघीयता चलाउनलाई भनेर ऋण मागी रहनु भएको छ । ऋण लिएर संघीयता चलाउने त होइन । देशको अवस्था यस्तो छ ।

नेपाली काँग्रेसको अवस्था कस्तो छ ? काँग्रेसले प्रतिपक्षीको भुमिका सशक्त रुपमा निभाइरहेको जस्तो लाग्छ यहाँलाई ?
नेपाली काँग्रेस जन्मदेखि नै काँग्रेस सशक्त भुमिकामा रहँदै आएको थियो । तर अहिले म के देखिरहेको छु भने नेपाली काँग्रेस पार्टी अहिले सुस्त भएको जस्तो देखिन्छ । सरकारले बोलेको कुरामा प्रतिकृया मात्र गरेको छ । पञ्चायत कालमा पनि हामी सशक्त थियौ ।

राजाले शासन गर्दापनि हामी सशत्तै भुमिकामै रह्यौ । त्यतिबेला त्कालीन गिरिजा प्रसाद कोइराललो के भन्नुहुन्छ भनेर अखबारहरुले सोधिरहन्थ्ये । त्यतिबेलाका गिरिजाबाबुले बोलिरहेका कुरा राष्ट्रका लागि ठुलो वहशको विषय बन्थ्यो । त्यो विषयले एउटा राष्ट्रिय नीति तयार हुन्थ्यो । तर अहिले त अखबारहरुमा नेपाली काँग्रेसको बारेमा कहि पनि केही देखिदैन  ।

किन प्रतिपक्षी पार्टीको कुरा आउन सकिरहेको छैन बडो दुुभाग्र्य भइरहेको मैले बुझिरहेको छु । अहिले हाम्रो महाअधिवेशनको लागि केन्दीय समितिको बैठक बसिरहेको छ । त्यसले केही कुरा पास गरेको छ । हामीले चाहेका कुराहरु त भएनन् । तर जे भएपनि पास चाँही भएको छ ।

तपाईले १४औं महाअधिवेशन केही समय अगाडि नै सार्नुपर्छ भनिरहँदा तपाईको कुरा सुनुवाई नभएको हो पार्टीभित्र ?
देशको अवस्था कमजोर भएको बेलामा हामी प्रतिपक्षीमा छौं । प्रतिपक्षीमा भएको बेलामा संगठन मजबुुत बनाउनका लागि महाअधिवेशन चाडै गरौं भन्ने कुरा हो । तर उहाँहरु एकवर्ष लम्ब्याउने प्रयास गरि रहनुभएको छ । एकवर्ष लम्ब्याउन पाउने व्यवस्था विधानमा नै छ । विधानअनुसार सभापतिले एकवर्ष लम्ब्याउने अधिकार पनि छ । सभापतिले भनेर केन्द्रीय समितिले पास गर्ने हो । केन्द्रीय समितिमा उहाँहरुको बहुमत छ । अब १९ महिना भन्दा पहिले त महाअधिवेशन हुँदैन । ७ महिना अझै बाँकी छ र १२ महिना अर्को हुन्छ । त्यसैले जति महाअधिवेशन लम्ब्यायो त्यतिनै नेपाली काँग्रेस पार्टीलाई झन् कमजोर बनाउँछ भन्ने हो ।

नेपाली काँग्रेस पार्टीभित्र पार्टी सभापतिले जे गर्नुहुन्छ, त्यो सबै पास हुँदै आएको छ ? त्यसमा तपाईहरुको भुमिका नै देखिदैन नी किन ?
होइन, भुमिकाको कुरै छैन । हाम्रो भुमिका सबैले आ–आफ्नो बनाउने हो । पार्टी सभापतिले जे भन्नुहुन्छ जे गर्नुहुन्छ र गर्दै हुनुहुन्छ, त्यो भइराखेको छ भन्ने कुरा पनि सही हो तपाईले भनेको कुरा । पार्टी सभापतिले भनेका कुरा हुनु पनि पर्छ । पार्टीलाई कसरी संगठन गर्ने भन्ने कुरातिर जानुप¥यो नि । अब केही महिनामा हामीहरु पूर्व महाअधिवेशन प्रतिनिधी हुन्छौं । उहाँहरुलाई प्रशिक्षण दिँदै छौं । जमघट हुन्छ, भेटघाट हुन्छ । त्यो ठिक छ । तर प्रशिक्षण नयाँ आउनेलाई नदिने हो ।

तर तपाईहरुले पनि पार्टी सभापतिसँग न सहकार्य गर्नुहुन्छ, न सहमति गर्नुहुन्छ विरोधको लागि विरोध मात्र गरेर पार्टी चल्छ ?
होइन । हामीले विरोध गरेका छैनौं । हामीसँग प्रशिक्षणको बारेमा कहि सोधेको पनि छैन । विरोध त के गर्ने हामीले ? भएको कुरा भन्दा विरोध गरेको हुँदैन । हामीले कसैको विरोध गरेका छैनौ । सभापतिले जे भन्दै हुनुहुन्छ । त्यही गर्दै हुनुहुन्छ । उहाँले जे चाहनु भएको छ, त्यही हुँदैछ भनेर तपाई आफैं भन्दै हुनुहुन्छ । अनि फरी तपाई नै सभापतिलाई काम गर्न दिएन भनेर भनुहुन्छ । कसरी मिल्छ ।

तर सभापतिले बारम्बार भनिरहनुभएको छ नि रामचन्द्र पौडेल, शेखर कोइराला र कृष्ण प्रसाद सिटौलाले काम गर्न दिएनन् भनेर ?
उहाँले केन्द्रीय समितिमा जे भन्यो त्यही पुरा भएको छ । फेरी हामीलाई काम गर्न दिएनन् भनेर भन्न त मिलेन नि । उहाँले केन्द्रीय समितिमा जे चाहनु भएको छ, त्यही भइरहेको छ । काम गर्नुस् कसले रोकेको छ ? हामीले त केही भनेका छैनौ । केन्द्रीय समितिमा उहाँको बहुमत छ । छलफल हुन्छ नि केद्रीय समितिमा उहाँको बहुमत छ, त्यो बहुमतले उहाँले आफ्नो कुरा पास गरिरहनु भएकै छ । काम गरे भइहाल्यो नि तर पार्टी अशक्त हुनुभएन । प्रतिक्रिया मात्रै दिएर पार्टी अगाडि जाँदैन ।

काँग्रेस पार्टीभित्र संजिवनी बुटी प्रदान भएन, कार्यकर्तालाई अक्सिजन पनि प्राप्त भएन नि तपाई के भन्नुहुन्छ ?
हो । एकदम ठिक भन्नुभयो । किन अक्सिजन पाएनन् । किन संजीवनी बुटी पाएनन् भने महाधिवेशनको समय अब एकवर्ष तन्कियो । महाधिवेशन हुने भएको भए समय तोकेर अगाडि बढ्थ्यो । अनि अक्सिजन र संजिवनी बुटी प्राप्त हुन्थ्यो ।

उप निर्वाचनको मुखमा १४औं महाअधिवेशन हुदैछ, पार्टीमा तीन÷चार वटा गुट–उपगुट सक्रिय छन्, त्यो गुटको प्रभाव उप निर्वाचनमा पर्छ कि पर्दैन जस्तो लाग्छ यहाँलाई ?
यो कुरा त म सुरुदेखि भन्दै आएको छु । हाम्रा नेताहरुले, मैले सभापतिलाई मात्र भनेको छैन नेताहरुलाई पनि भनेको छु । नेताहरुले यो कुरा सम्झिनु भएन । मैले त डाटा नै दिएको छु । तर उहाँहरु सुनिरहनु भएको छैन । अधिवेनशको मुुखमा आएर हामीहरुले चुनावमा भाग लिँदा खेरी अधिवेशनको लगत्तै चुनाव भयो भने हामीहरुलाई अप्ठ्यारो छ ।

अन्त्यमा नेपाली काँग्रेसले यस पटकको उपनिर्वाचनमा बाजी मार्ला भन्ने लाग्छ यहाँलाई ?
एउटा कुरा के छ भने यो चोटी राम्रै हुन्छ जस्तो लाग्छ । हामीहरुलाई कहा–कहा खटाइन्छ । हामीलाई खटाउने पार्टीले हो । पार्टीले जहाँ खटाइन्छ हामी त्यहाँ जान्छौं । अहिले सरकारको काम पनि सुस्त अनि शुन्य छ । जे गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन । त्यसकारण ५० वटा उपनिर्वाचन भइरहेको अवस्थामा त्यहाँत्यहाँ नेपाली काँग्रेसको भुमिका राम्रो रहन्छ, जस्तो लाग्छ । अन्त्यमा पत्रिका परिवारलाई पनि विशेष धन्यवाद ।

सम्बन्धित समाचार

betmakerz casino – was das brand wirklich taugt
  • २०७६ भाद्र २, ०६: ०८

Betmakerz Casino: Lizenz, Sicherheit & VIP-Programm im Check. Jetzt entdecken, was das deutsche Angebot wirklich bietet.

Analiza Wkładu NV Polska w Rozwój Gospodarczy: Recenzja Kasyna Online
  • २०७६ भाद्र २, ०६: ०८

Analiza Wkładu NV Polska w Rozwój Gospodarczy: Recenzja Kasyna Online Na wstępie chciałbym przybliżyć temat dotyczący wkładu NV Polska w...

Quick Hits en Fast Exits: Hoe PinoCasino Geschikt is voor Korte, Hoog-Intensieve Sessies
  • २०७६ भाद्र २, ०६: ०८

Sommige spelers blijven uren zitten. Anderen willen vijf minuten, een adrenaline-boost, en weg. PinoCasino, te vinden op pino-casino-online-nl.com, is stilletjes...